Friday, April 20

District News

ललितपुरको रातो मछिन्द्रनाथको जात्रा

ललितपुरको रातो मछिन्द्रनाथको जात्रा

District News, National
सबैभन्दा लामो जात्राको रुपमा रहेको ललितपुरको रातो मछिन्द्रनाथको जात्रा मनाउने क्रममा आज याकः मिसा भुज्याः अर्थात एक महिलाको जात्रा मनाईयो । जात्रा मनाउने क्रममा आज बिहान झिसमिसे उज्यालोमा लगनखेलको थतिटोलबाट करिब २ सय मिटर तल इतिटोलसम्म महिलाहरुले रथ तानेर जात्रा मनाएका थिए । यो जात्राले परापूर्वकालदेखि महिलाहरुलाई पनि पुरुष सरह अधिकार दिएको पाइन्छ । खासगरी एकल महिलाहरुलाई आजको दिन रमाइलो गराउन र उनिहरुको दुःख बिर्साउने उद्देश्यले यो जात्रा सुरु गरिएको हो । आजभोलि विवाहित अविवाहित जोसुकै महिला पनि रथ तान्न सहभागी भई रमाइलो गर्ने गरेका छन् । रथ तान्नका लागि आज बिहानै झिसमिसे उज्यालोदेखि काठमाडौ, ललितपुर र भक्तपुरका बिभिन्न स्थानबाट महिलाहरु जम्मा भएका थिए ।।
गोरखा/चेपाङ आवास

गोरखा/चेपाङ आवास

District News
  गोरखा भुम्लीचोक थुम्काका भूकम्प पीडित चेपाङहरुका लागि तयार पारिएका घरहरु हस्तान्तरण गरिएको छ । थुम्का आवास निर्माण उपभोक्ता समितिले भूकम्प प्रतिरोधी भवन निर्माण गरेको हो । क्लिनिक नेपालको आर्थिक सहयोग, स्थानीय जनश्रमदान र निर्माण सामग्री गरी करिव २ करोड ४ लाख रुपैयाँमा एउटा सामुदायिक भवनसहित ३२ वटा घर निर्माण गरिएको हो । स्थानीय स्तरमा आयोजित कार्यक्रममा नेपाली सेनाका उपरथी रमीन्द्र क्षेत्रीले आवास हस्तान्तरण गर्नुका साथै विपन्न चेपाङहरुलाई आर्थिक सहायता समेत प्रदान गर्नुभयो । क्लिनिक नेपालका अध्यक्ष हरि भण्डारीले नयाँ घरमा होम स्टे संचालन गरी आय आर्जन समेत बढाउन सकिने बताउनु भयो।।
धादिङ/खानेपानी समस्या

धादिङ/खानेपानी समस्या

District News
भुकम्प पश्चात खानेपानीको समस्या भोग्दै आएका उत्तरी धादिङको रुविभ्याली गाँउपालीका स्थित लापाका स्थानीयहरु अब भने सो समस्याबाट मुक्त भएका छन् ।भुकम्प पश्चात पिउने पानीको ट्याङ्की भत्कीनुका साथै गाँउमा भएका सबैजसो धाराहरु भत्कीएपछी त्यहाँका स्थानीयहरुले लामो समयदेखी पिउने पानीको समस्या भेग्दै आएका थिए ।गाउँमा एकलाख लिटरको पिउने पानी जम्मा गर्ने ट्याङ्की निर्माण गरी गाँउका सबै जासो टोलमा धारा निर्माण भएपछी उनीहरु पिउने पानीको समस्याबाट मुक्त भएका हुन् । भुकम्प पश्चात कतिपय स्थानहरुमा मुल समेत सुक्दै गएकोमा गाँउलाई सहज हुने उपयुक्त स्थानहरुमा पानीको मुहान खोजी गाँउ-गाँउमा पिउने पानीको सुविधाका लागी पाईप राख्ने काम भई रहेको समेत उत्तरी धादिङका स्थानीयको भनाई छ । लापाका करिव २ सय घरका लागी शुद्ध पिउने पानीको उचित व्यबस्था भएको छ ।।
आकाशे पुल निर्माण/रुपन्देही

आकाशे पुल निर्माण/रुपन्देही

District News
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल बेलहिया निर्माणाधिन नमुना ६ लेन सडक खण्डमा १० वटा आकाशे पुल निर्माण गरिने भएको छ । तिब्र रुपमा बृद्धि भएको सवारी साधन र यात्रुको चापलाई मध्येनजर गर्दै सो नमुना ६ लेन सडक खण्डमा आकाशे पुलको निर्माण कार्य शुरु भएको हो । बुटवलदेखि बेलहियासम्म प्रति पुल १ करोड २५ लाख रुपैयाँको दरले १२ करोड ५० लाख रुपैयाँको लागतमा ति आकाशे पुलहरु निर्माण हुने सडक बिभागले जनाएको छ । आगामी १५ महिनाभित्र निर्माण सम्पन्न भै संचालनमा आउने शर्तमा ठेकेदारसँग सम्झौता भैसकेको बुटवल बेलहिया सडक बिस्तार आयोजनाका ईन्जिनियर लिलाबहादुर भण्डारीले बताउनु भयो ।।
डडेलधुरा/पुल निर्माण

डडेलधुरा/पुल निर्माण

District News
डडेल्धुराको वुडर-जोगवुढा सडक खण्डको सुनखोलमा ३ महिनामै पक्की मोटरेवल पुल निर्माण गरिएको छ । डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकालाई जिल्ला सदरमुकामसंग जोड्ने एक मात्र वुडर-जोगवुढा सडकको सुनखोलामा निर्माण गरीएको पक्की मोटरेवल पुल ३ महिनामै सम्पन्न भएको हो । स्थानिय पुर्वाधार कृषि सडक आयोजना अन्तर्गत जिल्ला समन्वय समिति डडेल्धुराको १ करोड ७३ लाख रुपैंयाको  लागतमा  निर्माण भएको सो पुलको लम्वाई २५ मिटर रहेको छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता  भएपनि निर्माण शुरु गरेको ३ महिनामै काम पूरा भएको जिल्ला समन्वय समिति डडेल्धुराले जनाएको छ ।।
भोजपुर/एयरपोर्ट संचालन

भोजपुर/एयरपोर्ट संचालन

District News
बन्द भएको ५ महिनापछि भोजपुर विमानस्थल सञ्चालनमा आएको छ । विमानस्थल सञ्चलनमा आएसंगै भोजपुरका सिकिस्त विरामी, गर्भवती महिलाहरुलाई अन्य जिल्लाका अस्पातलमा जान सहज भएको छ ।।
सुनसरी/रेसम उद्योग बन्द

सुनसरी/रेसम उद्योग बन्द

District News, National
दक्षिण कोरियाको आर्थिक सहयोगमा झण्डै २० बर्षअघि सुनसरीको इटहरीमा स्थापित रेशम अनुसन्धान कार्यालय ३ बर्षदेखि ठप्प छ । उपसचिव सरहको कार्यालय प्रमुखको दरबन्दी रहेको रेशम अनुसन्धान कार्यालय २ बर्षदेखि कार्यालय प्रमुख विहिन भएको छ । कार्यालयले किसानद्धारा उत्पादन भएको कोकुन खरिद र त्यसको प्रशोधन कार्य गर्न छाडेपछि दक्षिण कोरियाबाट आयात भएको रेशम धागो प्रशोधन उपकरण खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन् । किसानहरुबाट उत्पादित कोकुन खरिद नहुनु र मुल्य बृद्धि समेत नहुँदा किसानहरु त्यसतर्फ किम्वुखेतीबाट विस्थापित भएका हुन् ।।
धनकुटा/किसान फोन

धनकुटा/किसान फोन

District News
कृषि विकास मन्त्रालयले धनकुटाका ४३ जना अगुवा किसानलाई कृषि सूचना आदानप्रदान गरि कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्ने उदेश्यले निशुल्क मोवाइल फोन लगायतका सूचना सामग्रि वितरण गरेको छ । मन्त्रालयद्धारा धनकुटामा आयोजित कार्यक्रममा १४ लाख १९ हजार रुपैयाँ मुल्य पर्ने ४३ थान एनड्रोईड मोवाईल, तिनमा लाग्ने सीमकार्ड र बर्षात्को पानी नाप्ने रेनगेज उपकरण बितरण गरिएको हो । पहिलो चरणमा जिल्ला कृषि बिकास कार्यालय र पशुसेवा कार्यालयको सिफारिसमा परेका अगुवा किसानलाई ‘मेरो कृषि’ नामक एप मार्फत् कृषि सम्बन्धि सूचनाहरु उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । यसकालागि सरकारले किसानहरुलाई मासिक रुपमा १५ एमबी ईन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने छ ।।