Friday, April 20

District News

मनाङ मस्याङदी क्लब मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको सेमी फाइनलमा/नेपाल पुलिस क्लब २–१ गोल अन्तरले पराजित

मनाङ मस्याङदी क्लब मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको सेमी फाइनलमा/नेपाल पुलिस क्लब २–१ गोल अन्तरले पराजित

District News, Sports
रुपन्देही/मदन भण्डारी फुटबल बुटवलमा जारी मदन भण्डारी अन्तराष्ट्रिय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत विहीबार भएको अन्तिम क्वाटरफाइनलमा मनाङ्ग मस्र्याङ्गदी क्लव विजयी भएको छ । नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले हराउदै मनाङ्ग मस्र्याङ्गदीले सेमीफाइनलको यात्रा पक्का गरेको हो । आजको पहिलो सेमिफाइनल खेल आयोजक मदन भण्डारी स्र्पोटस क्लव र थ्री स्टार क्लवबीच हुने छ ।।
दुधकोशी एकबार सडक निर्माणको काम अबरुध्द/ सडक खन्दा पहिरोले वस्तीलाई जोखिममा पार्ने भएपछि स्थानीयको अबरोध

दुधकोशी एकबार सडक निर्माणको काम अबरुध्द/ सडक खन्दा पहिरोले वस्तीलाई जोखिममा पार्ने भएपछि स्थानीयको अबरोध

Business, District News
ओखलढुङ्गा/दुधकोशी सडकदुधकोशी एकबार सडक निर्माणको क्रममा पहिरोले वस्तीलाई जोखिममा पार्ने भएपछि स्थानीयको अबरोधका कारण सडक निर्माण अबरुद्ध भएको छ । पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको स्थानीयले बताएका छन् ।
औद्योगिक करिडोरबाहेक कहिंपनि विद्युत कटौती नभएको प्राधिकरणको भनाइ/वैशाखपछि करिडोरमा समेत विद्युत कटौती अन्त्य गर्ने तयारी

औद्योगिक करिडोरबाहेक कहिंपनि विद्युत कटौती नभएको प्राधिकरणको भनाइ/वैशाखपछि करिडोरमा समेत विद्युत कटौती अन्त्य गर्ने तयारी

District News, National, Politics
औद्योगिक करिडोर/विद्युत नेपाल विद्युत् प्राधिकरणले औद्योगिक करिडोरबाहेक मुलुकका कुनै पनि स्थानमा विद्युत्भार कटौती नभएको जनाएको छ । प्राविधिक समस्याले विद्युत् कटौती हुनुलाई विद्युत्भार कटौती भन्न नमिल्ने भन्दै प्राधिकरणले विद्युत् आपूर्तिका हिसाबले कही कतै पनि समस्या नभएको जनाएको छ । यसैबीच सरकारले नयाँ साल नयाँ उत्साह र नयाँ सञ्चार नयाँ सरकारको अवधारणासहित आगामी वैशाखको अन्तिम सातादेखि औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य गर्ने भएको छ । उद्योगी तथा व्यवसायीले औद्योगिक क्षेत्रमा हाल पनि दैनिक चार घण्टा विद्युत्भार कटौती भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि ऊर्जा मन्त्रालयको तर्फबाट त्यसको तयारी गरिएको हो ।।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ आजबाट /परीक्षामा ४ लाख ८५ हजार भन्दा बढी परीक्षार्थी सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ आजबाट /परीक्षामा ४ लाख ८५ हजार भन्दा बढी परीक्षार्थी सहभागी हुँदै

District News, National
एसइइ/परिक्षा शुरु यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) आजबाट शुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले अहिले विहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ परिक्षा सुरु हुने जनाएको छ । एसइइ परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी हिजै सवै परीक्षा केन्द्रमा पुगेर तयारी पूरा गरेको जानकारी परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले दिनुभएको छ । यसवर्षको एसइइ परीक्षामा सहभागिताका लागि चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् । देशभर एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ ।।
पाल्पाको हार्थोक छहरा तीनगिरे सडकको स्तरोन्नती नहुँदा त्यस भेगमा गाडी चलाउन सास्ती/रुकुमको सडक एक वर्ष नपुग्दै भत्किएर जीर्ण

पाल्पाको हार्थोक छहरा तीनगिरे सडकको स्तरोन्नती नहुँदा त्यस भेगमा गाडी चलाउन सास्ती/रुकुमको सडक एक वर्ष नपुग्दै भत्किएर जीर्ण

District News, National
पाल्पा/सडक समस्या पश्चिम पाल्पाको हार्थोक छहरा तीनगिरे सम्मको सडकको स्तरोन्नतीको काम एक वर्ष हुदा सम्म पुरा हुन नसक्दा सो भेगका यात्रु तथा चालकले सास्ती भोग्न बाध्य छन् । पाल्पा सदरमुकाम तानसेन र बुटवलबाट पाल्पाको पश्चिम हुदै अर्घाखाची सम्म दैनिक सयौ साना ठूला सवारी साधन गुड्ने मुख्य सडक चौडा पार्ने सम्झौता गरेपनि कामले तिव्रता भने पाउन सकेको छैन । राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम अन्तर्गत विश्व बैंकको सहयोगमा ८ करोड २२ लाख ७४ हजार ३ सय ६६ रुपैयाँ लागतमा सडकको स्तरोन्नती गर्न सम्झौता भएको थियो । सडक स्तरोन्नतीको काम समयमै नसकिँदा सडक कहिले हिलाम्ये, कहिले धुलाम्ये हुने भएका कारण सवारी चलाउन समस्या भएको चालकहरुको गूनासो छ । विभिन्न वाहाना देखाउँदै ठेकेदारले काममा ढिलाई गरेको बाटो उपभोक्ता समितीका सदस्य खुमप्रसाद पोखरेलले बताउनुभयो । सडक स्तरउन्नती भएमा दु
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा/परीक्षामा बाधा पुग्ने गरी अमर्यादित कार्य    गर्नेलाई एक लाख रुपैयासम्म जरिवाना

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा/परीक्षामा बाधा पुग्ने गरी अमर्यादित कार्य गर्नेलाई एक लाख रुपैयासम्म जरिवाना

District News, National
एसइइ परीक्षा/तयारी कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यही चैत ८ गते बिहान ८ बजेदेखि शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै उहाँले परीक्षाका लागि देशभर १ हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको बताउनुभयो । साधारणतर्फको परीक्षा १७ गते र प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका लगायत अन्य सामग्री जिल्ला जिल्लामा पठाउने कार्य सम्पन्न भइसकेको छ । आगामी वर्षदेखि प्रदेशस्तरमा एसइई परीक्षा सञ्चालन गर्ने तयारी शुरु गरिएको जानकारी दिँदै बोर्
वागचौर नगरपालिकास्थित ब्यापारिक केन्द्र बाँगेलाखुरीमा आगलागी हुँदा ९ वटा घर जलेर नष्ट भएका छन् ।

वागचौर नगरपालिकास्थित ब्यापारिक केन्द्र बाँगेलाखुरीमा आगलागी हुँदा ९ वटा घर जलेर नष्ट भएका छन् ।

District News
सल्यान/आगोलागी अपडेट वागचौर नगरपालिकास्थित ब्यापारिक केन्द्र बाँगेलाखुरीमा आगलागी हुँदा ९ वटा घर जलेर नष्ट भएका छन् । हिजो दिउँसो भएको आगलागिमा परी ब्यापारिक केन्द्रका नास्ता पसल, टेलरिङ सेन्टर, सुनचादी पसल, कोल्ड स्टोर, किराना पसल जलेर नष्ट भएका हुन् । आगलागीले २ करोड ५० लाख बराबर क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दिँउसो लागेको आगो स्थानीय र प्रहरीको सकृयतामा साँझपख नियन्त्रणमा आएको थियो । यसैवीच आगलागी भएको स्थानमा कर्णाली प्रदेश सभा सदस्य गुलाव जंग शाह, वागचौर नगरपालिकाका नगरप्रमुख लोकमान वुढाथोकी सहितको टोलीले आगलागि भएको वजार पुगेर पीडित संग भेट गर्नु भएको छ ।।
पूर्वाञ्चलमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकहरुको आन्दोलन स्थगित/लक सिस्टमबारे अध्ययन गर्न टोली गठन गर्ने सहमति

पूर्वाञ्चलमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकहरुको आन्दोलन स्थगित/लक सिस्टमबारे अध्ययन गर्न टोली गठन गर्ने सहमति

District News, National
मोरङ/ट्याङ्कर आन्दोलन स्थगित डेढ महिना भित्र लक सिस्टमबाट हुने समस्या बारे अध्ययन गर्न टोली गठन गर्ने सहमति भएपछि पूर्वाञ्चलमा ट्यांकर चालकहरुले गरेको आन्दोलन स्थगित भएको छ । सिलिगुडीबाट आयात हुने पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लक सिस्टम शुरु गरेपछि पूर्वाञ्चलका ट्यांकर चालकहरुले बिहिवार देखि ढुवानी बन्द गरेका थिए । ढुवानी बन्द हुँदा पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको अभाव भएको थियो । ट्यांकर चालकहरुले भने आफुहरुले लकिंग सिस्टमको विरोध नगरेको जनाएका छन् । उनीहरुले ताल्चा लगाएपछि पनि तेल घटेमा जिम्मेवारी कस्ले लिने भन्ने विवाद भएकाले आफुहरुले ढुवानी बन्द गरेको बताएका छन् । नेपाल आयल निगमले सिलिगुडीबाट झापाको चारआली सम्म ढुवानी गर्ने ट्यांकरहरुमा चैत्र १ गते देखि लकिंग सिस्टम शुरु गरेको थियो । नेपाल आयल निगमको क्षेत्रीय डिपो विराटनगर र मेची डिपो अन्तर्गत करिब ४
इलामको गाग्रेभञ्ज्याङबाट जीतपुर नवमी सोयाक चिसापानी जोड्ने सडक सुधार भएपछि स्थानीयबासीलाई सुविधा भएको छ

इलामको गाग्रेभञ्ज्याङबाट जीतपुर नवमी सोयाक चिसापानी जोड्ने सडक सुधार भएपछि स्थानीयबासीलाई सुविधा भएको छ

District News
इलाम/सडक निर्माण इलामको गाग्रेभञ्ज्याङबाट जीतपुर नवमी सोयाक चिसापानी जोड्ने सडक सुधार भएपछि स्थानीयबासीलाई सुविधा भएको छ । पहिलो खण्ड अन्तर्गत गाग्रे भञ्ज्याड. देखि सिद्धिथुम्काको नामथला सम्म नाली, कल्भर्ट र टेवा पर्खाल निर्माण गरी ग्राभल गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर ओमराज ढुंगानाले आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । सडक बनेसँगै पश्चिमी इलामका बासीन्दालाई तराई सम्पर्क सहज भएको छ । कृषि उपज लान र बजार जान आउन सहज भएको हो । सडक निर्माण सँगै दैनिक बस र ट्याक्सीहरु झापा विर्तामोडसम्म चल्न थालेका छन् । यस अघि झापा जान सदरमुकाम इलाम बजार हुदै जानुपर्ने बाध्यता स्थानीयको थियो ।।
कैलालीको घोडाघोडी नगरपालिका—५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जना अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ

कैलालीको घोडाघोडी नगरपालिका—५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जना अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ

District News
कैलाली/आरोपीहरु पक्राउ कैलालीको घोडाघोडी नगरपालिका—५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जना अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । सोही नगरपालीकाका नगर प्रमुख ममता प्रसाद चौधरीलाई गोली र खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका चार जनालाई पनि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्बजनिक गरेको छ । बोक्सी आरोपमा राधालाई कुटपिट गर्ने आरोपमा प्रहरीले घोडाघोडी नगरपालिकाका रामबहादुर चौधरी, किस्मती चौधरी, बेदप्रसाद चौधरी, स्मारिका चौधरी, चनकला चौधरी र सितारानी चौधरीलाई सार्वजनिक गरेको हो । नगर प्रमुखमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका घोडाघोडी नगरपालिकाका कमल क्षेत्री, भरतबहादुर शाह, धनगढी उपमहानगरपालिकाका पुर्णप्रसाद खनाल र टिकापुर नगरपालिकाका हृदयराज बोगटीलाई पनि सार्वजनिक गरिएको छ । नगरप्रमुखमाथि आक्रमण गर्ने अरु ९ जनाको