Monday, February 19

National

नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै

नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै

National
ग्याल्बो ल्होसार/सन्देशहरु नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्बो ल्होसारका अवसरमा दिनुभएको सन्देशमा शेर्पा समुदायले मनाउने चाडपर्व र साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपतिले सन्देशमा ल्होसारले सबै नेपालीमा उत्साह एवम् उमङ्ग बढाउँदै नेपालीबीचको एकता, सद्भाव एवम् मित्रता कायम राख्न प्रेरणा प्रदान गरोस पनि भन्नुभएको छ । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले शेर्पा समुदायको महान् चार्ड ग्याल्बो ल्होछारका माध्यमबाट नेपालीको आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि हुँदै जाने व
नवनियुक्त प्रधानमन्त्री ओलीबाट पद बहाली/नेपाल शान्ति, समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ ।

नवनियुक्त प्रधानमन्त्री ओलीबाट पद बहाली/नेपाल शान्ति, समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ ।

National, Politics
प्रम/पदबहाली प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ति, समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हिजो साँझ पदबहाली गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले मान्यता दिएका प्राविधिक शिक्षालय स्थापना गर्ने पनि बताउनुभयो । प्रधानमन्त्रीले सरकारले आगामी दुई वर्षभित्र संघीय व्यवस्थापिका–संसद्को भवन निर्माण गर्ने गरी काम समेत शुरु गरेको जानकारी दिनुभयो । रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक आर्थिक रुपमा समानता, न्याय, समानताको व्यावहारिक कार्यान्वयन गर्ने एवं शासकीय सुधार तथा भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ सरकार कटिबद्ध भएर लाग्ने प्रधानमन्त्रीले बताउनुभयो । मन्त्रिपरिषद्/बैठक प्रधानमन्त्री केपी
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनभित्रै गर्ने निर्वाचन आयोगको तयारी/राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्न दलहरु सहमत ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनभित्रै गर्ने निर्वाचन आयोगको तयारी/राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्न दलहरु सहमत ।

National, Politics
राष्ट्रपति निर्वाचन/दलहरु सहमति राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा राजनीतिक दलका प्रतिनिधिसंग विस्तृतरुपमा छलफल भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विभिन्न सरोकारवालासँग छलफल गरेर फागुन महिनाभित्रै निर्वाचन सम्पन्न गर्ने गरी आयोगले मिति घोषणा गर्ने जानकारी दिनुभयो। राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने र संघीय संसदका सद
आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल उपविजेता/हिजो भएको खेलमा युएईसँग ७ रनले पराजित

आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल उपविजेता/हिजो भएको खेलमा युएईसँग ७ रनले पराजित

National, Sports
डिभिजन टु क्रिकेट आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले उपविजेतामा चित्त बुझाएको छ । नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएइसँग पराजित भएपछि उपविजेतामा सीमित बनेको हो । २ सय ७८ रनको लक्ष्य पच्छाएको नेपाल युएइसँग सात रनले पराजित भएको हो । कप्तान पारस खड्काले एक सय १२ रन वनाए पनि जितका लागि पर्याप्त भएन । एक सय तीन बल खेलेका पारसले आठ छक्का र ३ चौकाको मद्दतमा अविजित १ सय १२ रन बनाएका हुन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै २ सय ७७ रन बनाएको थियो । ६ खेलमा १७ विकेट लिएका सन्दिप लामिछाने प्रतियोगिताको सर्वोकृष्ट खेलाडि घोषित भए भने कप्तान पारस खड्का सवै भन्दा बढि रन वनाउने खेलाडि वने । उनले प्रतियोगिता भरी २ सय ४१ रन वनाएका थिए ।।
बाम एकता संयोजन समितिको बैठक आज बस्दै/वैचारिक तथा सांगठनिक सहमति खोज्न एउटा समिति गठन गर्ने तयारी ।

बाम एकता संयोजन समितिको बैठक आज बस्दै/वैचारिक तथा सांगठनिक सहमति खोज्न एउटा समिति गठन गर्ने तयारी ।

National, Politics
ओली/प्रचण्ड वार्ता नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता प्रक्रियालाई गति दिन आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । संयोजन समितिको बैठकमा पार्टी एकताका सम्बन्धमा हालसम्म भएका प्रगति तथा भावी कार्ययोजनाका विषयमा छलफल गरी वैचारिक तथा राजनीतिक विषयमा मतैक्यता कायम गर्न र सांगठनिक पद मिलाउन एउटा समिति गठन गर्ने तयारी भएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो भएको बार्तामा यस्तो सहमति बनेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताका विभिन्न पक्षबारे बार्तामा छलफल भएको अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिनुभयो । राष्ट्रियसभा निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढेका सन्दर्भमा पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याउने विष
४ सय १० मेघावाटको जलाशययुक्त नलसिंहगाड जलबिद्युत आयोजना निर्माणको    काम ओझेलमा/१ बर्ष देखि निर्माण कार्यले गति लिन सकेन ।

४ सय १० मेघावाटको जलाशययुक्त नलसिंहगाड जलबिद्युत आयोजना निर्माणको काम ओझेलमा/१ बर्ष देखि निर्माण कार्यले गति लिन सकेन ।

District News, National
जाजरकोट/नलसिंहगाड जलविद्युत देशकै ठुलो मध्येको एक ४ सय १० मेघावाट क्षमताको जलाशययुक्त नलसिंहगाड जलबिद्युत आयोजना निर्माणको काम अलपत्र परेको छ । विकास समिति मार्फत संचालन भईरहको आयोजनाको काम कम्पनी मोडेलमा लगिए संगै कामले गति लिन नसकेको हो । १ बर्ष अघिदेखि जग्गाको मुआव्जा वितरण, पुर्वाधार निर्माण लगाएतका कार्य रोकिएको छ । त्यस्तै  विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) निर्माणको कार्य पनि पुरा हुन सकेको छैन । आयोजना विकास समितिलाई नलगाड हाईड्रो पावर कम्पनीमा परिवर्तन गरे यता आयोजना ओझेलमा परेको स्थानीयले बताएका छन् । आयोजनाका लागि ६ हजार रोपनी जग्गा अधिग्रहण गर्नु पर्नेमा हालसम्म २ सय ८१ रोपनी जग्गाको मात्र मुआब्जा वितरण गरिएको छ । निर्माण स्थल आसपासको २ सय रोपनी जग्गाको मुआब्जाका लागि तत्काल आवश्यक १२ करोड रुपैया समेत व्यवस्था हुन सकेको छैन । त्यस्तै बाँधस्थल सम्मको पहुँच मार्ग
एमालेले ४-४ र माओवादीले २-२ मुख्यमन्त्री र सभामुख लिने कार्यदलमा सहमति/ प्रदेश सरकारमा ७०/३० को बाँडफाँड

एमालेले ४-४ र माओवादीले २-२ मुख्यमन्त्री र सभामुख लिने कार्यदलमा सहमति/ प्रदेश सरकारमा ७०/३० को बाँडफाँड

National, Politics
वाम कार्यदल/बैठक नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले मुख्यमन्त्री, सभामुख र उपसभामुख पद बाँडफाँडको टुंगो लगाएको छ । कार्यदलको हिजो बसेको बैठकमा प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री पद एमालेले लिने तथा ६ र ७  माओवादी केन्द्रले लिने सहमति भएको छ । यसैगरी एमालेले प्रदेश नम्बर १, ३, ६ र ७ सभामुख लिने तथा माओवादीले ४ र ५ लिने सहमति पनि भएको छ । प्रदेश ४ र ५ उपसभामुख एमालेले र १, ३, ६ र ७ माओवादी केन्द्रले लिने सहमति कार्यदलमा भएको छ । यसैबीच मन्त्रिपरिषद्को संख्या प्रदेश सभाको अनुपातमा ७ देखि ११ को बिच रहने पनि बैठकमा सहमति भएको कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले बताउनुभयो । यसैगरी प्रदेशको मन्त्रिपरिषदमा एमालेको ७० र माओवादी केन्द्रको ३० प्रतिशतको अनुपातमा रहने पनि नेता नेम्वाङले बताउनुभयो ।।
राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारहरुलाई निर्वाचन चिन्ह दिइने/प्रदेश नम्बर २ बाट आठैजना राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारहरुलाई निर्वाचन चिन्ह दिइने/प्रदेश नम्बर २ बाट आठैजना राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित

National, Politics
प्रदेश २/निर्विरोध निर्वाचित राष्ट्रियसभा निर्वाचन अन्तरगत प्रदेश नम्बर २ को सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । सो प्रदेशबाट निर्वाचित हुने ८ जनामा ९ जनाको उम्मेदवारी दर्ता भएको थियो । यसैबीच संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मोहम्मद अख्तर हुसेनले उम्मेदवारी फिर्ता लिएपछि ८ जना निर्विरोध भएका हुन् । निर्विरोध निर्वाचित हुनेहरुमा महिलातर्फ संघीय समाजवादी फोरमकी प्रमिला कुमारी, नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव र माओवादी केन्द्रकी शशीकला दाहाल हुनुहुन्छ । यस्तै दलिततर्फ संघीय समाजवादी फोरमका रामप्रित पासवान र अल्पसंख्यकतर्फ राजपाका बृखेशचन्द्र लाल हुनुहुन्छ । यसैगरी खुलातर्फ नेपाली कांग्रेसका जितेन्द्रनारायण देव, राजपाका रमेशप्रसाद यादव र एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिनुभएको छ ।।
प्युठानमा शैक्षिकसत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन्/विद्यार्थीहरु शिक्षकले भनेको र सुनेको भरमा वार्षिक परीक्षा दिने तयारीमा

प्युठानमा शैक्षिकसत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन्/विद्यार्थीहरु शिक्षकले भनेको र सुनेको भरमा वार्षिक परीक्षा दिने तयारीमा

District News, National
प्युठान/पाठ्यपुस्तक अभाव शैक्षिक सत्रको अन्त्यमा हुने बार्षिक परिक्षा नजिक आउँदासम्म पनि प्यूठानका कतिपय बिद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन । २०७३ असार श्रावणको बाढिपहिरोबाट पिडीत प्यूठानको फोप्लीस्थित अम्बिका माध्यमिक बिद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक नपुगेको बिद्यालयले जनाएको छ । प्राथमिक तहका अनिबार्य बिषयहरु नेपाली, गणीत र कक्षा ८ को अनिबार्य बिषय सामाजिक शिक्षा, कक्षा ९ र १० का केही ऐक्षिक बिषयहरुको पुस्तक नपाएको बिद्यार्थीहरु बताउँछन् । गतबर्ष पनि प्यूठानका सबै बिद्यालयका सबै बिद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेकाथिए ।।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको बाध्यकारी अवस्थाका कारण आफूले सत्ता छाड्न नसकेको भन्दै त्यसमा अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गर्नुभएको छ

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको बाध्यकारी अवस्थाका कारण आफूले सत्ता छाड्न नसकेको भन्दै त्यसमा अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गर्नुभएको छ

National
प्रम/वीपी अस्पताल प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको बाध्यकारी अवस्थाका कारण आफूले सत्ता छाड्न नसकेको भन्दै त्यसमा अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गर्नुभएको छ । निर्वाचनबाट प्राप्त जनमत अनुसार सत्ता हस्तान्तरणका लागि आफू आतुर रहेको भएपनि राष्ट्रिय सभा निर्वाचन सम्पन्न नभई सरकार परिवर्तन हुँदा संवैधानिक समस्या आउने भएका कारण त्यस्तो हुन नसकेको प्रधानमन्त्रीले बताउनुभयो । वीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको नव निर्मित भवनको उद्घाटन एवं नयाँ भवनबाट सेवारम्भ गर्नुभएपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । सरकार र आफू स्वयं पनि आचार संहिता पालनामा दृढ रहेको उल्लेख गर्नुहुदै प्रधामन्त्री देउवाले आचार संहिताका कारणले गर्दा पनि धेरै काम गर्न नसकेको बताउनुभयो ।।