Wednesday, February 21

National

प्रदेश नम्बर ५ मा प्रदेशसभाको पहिलो बैठक माघ २१ गते आह्वान/ प्रदेशसभा सञ्चालनका लागि संघीय संसद् सचिवालयले दिग्दर्शन बनाएर पठायो

प्रदेश नम्बर ५ मा प्रदेशसभाको पहिलो बैठक माघ २१ गते आह्वान/ प्रदेशसभा सञ्चालनका लागि संघीय संसद् सचिवालयले दिग्दर्शन बनाएर पठायो

National, Politics
प्रदेश ५/पहिलो बैठक प्रदेश नम्बर ५ मा प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ । नेपालको संविधान अनुसार ५ नम्बर प्रदेश प्रमुख उमाकान्त झाले माघ २१ गते अपराह्न १ बजेका लागि बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका सचिव सनतकुमार दवाडीले जानकारी दिनुभयो । बैठक प्रदेशसभा सचिवालय भवन बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बस्ने भएको छ । प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभा बैठकका लागि बुटवल उद्योग वाणिज्य संघ परिसर र सभाहलमा तयारी भइरहेको र संसद् संचालनका लागि केन्द्रबाट खटिएका कर्मचारी आउने क्रममा रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो ।।
राष्ट्रियसभा निर्बाचनमा प्रदेश ४ का उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी रद्द/ प्रदेश ७ का उम्मेदवार शेरीराम पार्कीको उम्मेदवारी भने कायमै

राष्ट्रियसभा निर्बाचनमा प्रदेश ४ का उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी रद्द/ प्रदेश ७ का उम्मेदवार शेरीराम पार्कीको उम्मेदवारी भने कायमै

National, Politics
उम्मेदवारी रद्द/निर्बाचन आयोग निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर ४ का उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर ७ का उम्मेदवार शेरीराम पार्कीको उम्मेदवारी भने कायमै राखेको छ । उम्मेदवार पार्कीलाई नगर समितिको सदस्य भई लाभको पदमा रहेको र थापाले पेश गरेको अपाङ्गताको प्रमाणपत्र उम्मेदवारी दर्तापछि मात्रै बनाएको भनी उजुरी परेको थियो । आयोगको हिजोको बैठकले पार्की नगर समितिको सदस्य भएकै कारणले उम्मेदवारी रद्द गरिरहनु नपर्ने निर्णय गरेको हो । तर प्रदेश नम्बर ४ बाट अपाङ्गताका आधारमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थापाले मनोनयनपत्र साथ पेश गरेको अपाङ्गताको परिचयपत्र अपाङ्ग परिचयपत्र वितरण निर्देशिका, २०५७ बमोजिम भएको तर त्यसलाई सरकारले खारेज गरी अर्को निर्देशिका २०६५ मा जारी गरेको थियो । उम्मेदवार थापाले माघ १
छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत डेढ दर्जन बढि नदी र खोलामा एकै साथ पुल निर्माणको काम शुरु/अब यातायात सेवा सहज हुने बिश्वास

छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत डेढ दर्जन बढि नदी र खोलामा एकै साथ पुल निर्माणको काम शुरु/अब यातायात सेवा सहज हुने बिश्वास

District News, National
जाजरकोट/पुल निर्माण जाजरकोटको छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत डेढ दर्जन बढि नदी र खोलामा एकै साथ पुल निर्माणको काम शुरु गरिएको छ । नदी तथा खोलामा पुल नहुदा यातायात सेवा सहज नभएकोले सल्लीबजारदेखि जाजरकोटसम्म पुल निर्माणको काम तिब्र बनाइएको हो । छेडागाड, कालीखोला, बालीखोला, खोदाखोला, सिम्लेखोला, बनगाड लगायतका नदी तथा खोलामा पुल निर्माणको काम भइरहेको छ । जाजरकोट राष्टिय सडक सञ्जालसंग जोडिएको लामो समय सम्म पनि पुल नहुदा वर्षायाममा यातायात सेवा प्रभाबित हुदै आएको थियो । अब पुल निर्माण भएपछि बाह्रै महिना यातायात सेवा सुचारु भै यात्रा सहज हुने अपेक्षा यात्रुहरुको छ ।।
एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकता संयोजन समितिको बैठक बस्दै/ दुवै दलका अध्यक्षबीच पार्टी एकताका एजेन्डामाथि छलफल

एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकता संयोजन समितिको बैठक बस्दै/ दुवै दलका अध्यक्षबीच पार्टी एकताका एजेन्डामाथि छलफल

National, Politics
भक्तपुर/ओली–प्रचण्ड भेट दुइ दल बीचको एकताका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । त्यसअघि एकताका एजेन्डा तय गर्न हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । भक्तपुरको बालकोटस्थित ओली निवासमा भएको वार्तामा दुवै दलको संयुक्त कार्यदलले प्रस्ताव गरेको बिषयमाथि दुई अध्यक्षबिच छलफल भएको थियो । पार्टी एकता, राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार निर्माणलगायत विषयमा पनि छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो ।।
प्रदेश प्रमुख चाँडै तोक्न निर्वाचन आयोगको आग्रह/माघ ७ भित्र प्रमुख नतोकिए राष्ट्रियसभा निर्वाचनलाई असर नपर्ने गरी आयोग अगाडि बढ्ने आयुक्तको भनाइ

प्रदेश प्रमुख चाँडै तोक्न निर्वाचन आयोगको आग्रह/माघ ७ भित्र प्रमुख नतोकिए राष्ट्रियसभा निर्वाचनलाई असर नपर्ने गरी आयोग अगाडि बढ्ने आयुक्तको भनाइ

National, Politics
मोरङ/प्रमुख निर्वाचन आयुक्त प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले माघ ७ गतेभित्र प्रदेश प्रमुख नतोकिए राष्ट्रियसभाको निर्वाचन प्रक्रियालाई असर नपर्ने गरी निर्वाचन आयोग अगाडि बढ्न बाध्य हुने बताउनुभएको छ । विराटनगरमा क्षेत्रीय निर्वाचन कार्यालय भवन उद्घाटन गर्ने क्रममा वहाँले प्रदेश प्रमुख नतोकिँदा निर्वाचनसम्बन्धी कानुनी जटिलता उत्पन्न भएकाले चाँडै प्रदेश प्रमुख तोक्न सरकारसँग आग्रह पनि गर्नुभयो । प्रमुख आयुक्त डाक्टर यादवले प्रदेश प्रमुख नतोकिँदा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूची बुझाउने तथा प्रदेशसभा सदस्यको शपथ ग्रहणमा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले सबै निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने पनि बताउनुभयो ।।
कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयको नियमन गर्ने नीतिको अभाव/त्यस्ता विद्यालय क्रमशः बन्द गराउन उच्चस्तरीय शिक्षा आयोगको सुझाव

कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयको नियमन गर्ने नीतिको अभाव/त्यस्ता विद्यालय क्रमशः बन्द गराउन उच्चस्तरीय शिक्षा आयोगको सुझाव

National
शिक्षा आयोग/शिफारिश उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएकोले त्यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको हो । आयोगको विज्ञ समूहले गत पुस ४ गते आयोगका अध्यक्ष एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई बुझाइएको प्रतिवेदनमा कूटनीतिक नियोगको प्रयोजनका लागि खोलिएका विद्यालयमा नेपाली विद्यार्थीलाई भर्ना निषेध गर्ने तथा विदेशी पाठ्यक्रम पढाउन क्रमशः बन्द गराउने सुझाव पनि दिएको छ । कूटनीतिक नियोगका लागि एउटा मात्रै विद्यालय खोल्न पाइने प्रावधान शिक्षा ऐनमा समेत छ । तर हाल भारतीय दूतावासको केन्द्रीय विद्यालयसहित भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्डको सम्बन्धनमा १४ विद्यालय नेपालमा सञ्चालित
डडेलधुराको लिटिरी गाउँमा पिउने पानीको अभाव/हुम्लामा विद्युत सेवा अवरुद्ध हुँदा हिजो दिनभर संचार र सरकारी कार्यालयको काम प्रभावित

डडेलधुराको लिटिरी गाउँमा पिउने पानीको अभाव/हुम्लामा विद्युत सेवा अवरुद्ध हुँदा हिजो दिनभर संचार र सरकारी कार्यालयको काम प्रभावित

District News, National
डडेलधुरा/खानेपानी अभाव डडेलधुराको अमरगढी नगरपालीका लिटिरी गाउका दलित परिवारले लामो समय  देखि खानेपानीको अभाव झेल्दै आएका छन् । करिब ४० घर परिवार रहेको सो बस्तीमा खानेपानीको अभाव हुँदा उनीहरु नालाको फोहर पानी पिउन बाध्य भएका छन् । पानीको अभावमा स्थानिय वासीन्दालाई दैनिक जनजीवन सञ्चालन गर्नका लागि समस्या भएको छ । नालामा समेत पानीको सतह घटेकोले समस्या झनै बढेको हो । खानेपानी योजना निर्माणका लागि पटक पटक सरोकारवाला निकायसँग आग्रह गर्दा पनि सुनवाई नभएको स्थानीय बासिन्दाको गुनासो गरेका छन् । विस्तृत अध्ययन विना निर्माण गरिएकाले भएका धाराहरुबाट पनि पानी नआउने स्थानीयहरु बताउनछन् । निर्वाचनका बेला नेताहरुले घर घरमा धारा निर्माण गरिदिने आश्वासन दिएपनि निर्वाचन पछि कोहि नआउने स्थानीय जसु देवी पार्कीले गुनासो गरेकी छन् ।।
मध्य तराईका जिल्लाहरुमा शीतलहरले जनजीवन प्रभावित/बारामा ५ दिनका लागि विद्यालयहरु बन्द

मध्य तराईका जिल्लाहरुमा शीतलहरले जनजीवन प्रभावित/बारामा ५ दिनका लागि विद्यालयहरु बन्द

District News, National
बारा/शित लहर केही दिनयताबाट बढेको चिसोले मध्य तराईको जनजीवन प्रभावित छ । खासगरी बारा, पर्सादेखि बाँकेको नेपालगञ्जसम्मका तराईका बिभिन्न ठाउँहरुमा चिसो बढेको हो । मध्यान्हसम्म पनि हुस्सु लाग्ने भएकाले सर्वसाधारण चिसोबाट बढी प्रभावित भएका हुन् । यसैबीच शीतलहर र बढ्दो चिसोका कारण बारामा पाँच दिनका लागि विद्यालय बन्द गर्ने गरिएको छ । शिक्षा समितिको बैठकले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको बाराका जिल्ला शिक्षा अधिकारी लालबाबु साहले जानकारी दिनुभयो । शीतलहरका कारण अत्यधिक जाडो बढेपछि बालबालिकालाई पठनपाठनमा कठिनाइ भएकाले हिजोबाट पुष २१ गतेसम्म पाँच दिनका लागि विद्यार्थीलाई बिदा दिई विद्यालय बन्द गरिएको छ ।।
प्रतिनिधिसभा समानुपातिक निर्वाचन परिणाम सार्वजनिक गर्न बाम गठबन्धनको आग्रह/विधि र प्रक्रिया पुर्‍याएर चाँडै सार्वजनिक गर्ने आयोगको प्रतिवद्धता

प्रतिनिधिसभा समानुपातिक निर्वाचन परिणाम सार्वजनिक गर्न बाम गठबन्धनको आग्रह/विधि र प्रक्रिया पुर्‍याएर चाँडै सार्वजनिक गर्ने आयोगको प्रतिवद्धता

National, Politics
एमाले-माओवादी/ निर्वाचन आयोग राष्ट्रिय सभा निर्वाचनका कारण सत्ता हस्तान्तरणको समय लम्बिँदै गएकोप्रति सत्तारुढ र बाम गठबन्धन दलहरुको आ-आफ्नै तर्क छ । उता निर्वाचन आयोगले भने राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि मात्रै प्रतिनिधिसभा समानुपातिक तर्फको अन्तिम परिणाम घोषणा गर्ने जनाइसकेको छ । यसैबीच निर्वाचन आयोगका पदाधिकारी र बाम गठबन्धनका नेताहरुबीच राष्ट्रिय सभाको निर्वाचन तथा प्रतिनिधिसभा समानुपातिक तर्फको अन्तिम परिणाम सार्वजनिक गर्ने लगायतका विषयमा निर्वाचन आयोगमा छलफल भएको छ ।।
पेट्रोलियम पदार्थको मूल्य दुई हप्तामै दोस्रोपटक बढाइयो/पेट्रोलको १०२ र खाना पकाउने ग्यासको १३७५ रुपैयाँ मूल्य कायम

पेट्रोलियम पदार्थको मूल्य दुई हप्तामै दोस्रोपटक बढाइयो/पेट्रोलको १०२ र खाना पकाउने ग्यासको १३७५ रुपैयाँ मूल्य कायम

Business, National
पेट्रोल भाउ/वृद्धि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ मूल्य बढाइएको निगम प्रवक्ता विरेन्द्र गोइतले जानकारि दिनु भएको छ । यसैगरी खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ । नयाँ मूल्य अनुसार पेट्रोल एक लिटरलाई १ सय २ रुपैयाँ पर्ने छ भने डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९/७९ रुपैयाँ पुगेको छ । यसैगरी खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्ने छ । नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ ।।