National – Page 48 – Nepal Television-Communication for Development
Monday, December 11

National

नेटिभि/मुद्दा

नेटिभि/मुद्दा

National
  काठमाडौ जिल्ला अदालतले नेपाल टेलिभिजनमा नक्कली बैंक ग्यारेन्टी पत्र तयार गरी ठगी गरेको अभियोगमा वर्ल्ड भिजन मिडिया बाइङ हाउस प्रालिका अध्यक्ष दिनेश श्रेष्ठलाइ ३ वर्ष ६ महिलना कैदको फैसला गरेको छ । त्यसैगरी ठगीको विगोको हिसाबले ५ करोड ८ लाख ७७ हजार रुपैयाँ जरिवाना समेत तोकेको छ । जिल्ला अदालतका न्यायाधिश हरिष चन्द्र ढुंगानाको इजलासले गरेको फैसलामा श्रेष्ठको बयानमा केही गम्भीर र सार्वजनिक सरोकारको विषय उठेकाले सोको ध्यानाकर्षणका लागि वयानको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने निर्णय समेत गरेको छ । त्यसैगरी नेपाल टेलिभिजनसंगको सम्झौता अनुसारको रकम सम्बन्धी अर्को मुद्दामा वर्ल्ड भिजन मिडिया बाइङ हाउस प्रालिका अध्यक्ष श्रेष्ठलाइ ३ करोड ८ लाख ८९ हजार २ सय ८ रुपैयाँ नेपाल टेलिभिजनले भराइ लिन पाउने फैसला गरेको छ । यसका साथै चेक अनादर सम्बन्धी मुद्दामा वर्ल्ड भिजन मिडिया वा
प्रम/नेताहरु छलफल

प्रम/नेताहरु छलफल

National, Politics
सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधान न्यायाधीश शुशिला कार्की लाइ काममा फर्कन अदालतले दिएको अन्तरीम आदेशले संसदको विशेष अधिकार हनन् भएको ठहर गरेको छ । हिजो साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको सत्ता साझेदार दलको शीर्ष बैठकले अन्तरीम आदेशले संसदको विशेष अधिकारमा हस्तक्षेप गर्ने काम गरेको ठहर गरेको हो । संसदले चालेको कदमलाइ अदालतले रोक्ने काम गम्भिर विषय भएको भन्दै आदेश बदर गर्न रिट हालिने तथा लिखित जवाफ मागका लागि संसदमा विशेष अधिकार समिति गठन गरी कारवाही अगाडी बढाउने बैठक पछि माओवादी सांसद रामनारायण विडारीले बताउनु भयो ।
सर्वोच्च अदालत/आदेश

सर्वोच्च अदालत/आदेश

Breaking News, National
सर्वोच्च अदालतले निलम्वित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्काउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव सुविधा सन्तुलनको आधारमा निवेदनको टुङ्गो नलागेसम्म यथावत राख्न र प्रधान न्यायाधीश कार्कीलाइ हिजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको हो । अदालतमा विचाराधीन रहेको प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दालाई आधार मानी अभियोग लगाइएको देखिए पनि त्यसको आधार स्पष्ट नभएको र संविधानको मर्म तथा भावना अनुकूल नभएको ठहर इजलासले गरेको छ । अधिबक्ता सुनिलरंजन सिंहले ब्यवस्थापिका संसदलाइ विपक्षी बनाउदै प्रधान न्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोग बिरुद्ध सर्वोच्चमा रिट दायर गर्नु भएको थियो । यसैबीच प्रधानन्यायाधिश कार्कीले हिजैबाट काम सुरु गर्नुभएको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधिश कार्कील
सार्वजनिक लेखा समिति

सार्वजनिक लेखा समिति

National
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले स्थानीय निकायको सम्पति व्यवस्थापन र हस्तान्तरणको खाका तत्काल तयार पार्न सरकारलाइ निर्देशन दिएको छ ।समितिको आज वसेको वैठकमा साँसदहरुले संक्रमणकालमा सार्वजनीक सम्पतिहरुको दुरुपयोग हुन सक्ने बताउनुभएपछि समितिले व्यवस्थापन र हस्तान्तरणको खाका तत्काल तयार पार्न निर्देशन दिएको हो । वैठकले स्थानीय निकायको आर्थिक कारोवार अनिवार्य वैंकिङ् च्यानल मार्फत गर्न, वेरुजु र लेखा परिक्षणको लागि खास निकाय तय गर्न पनि निर्देशन दिएको छ । वैठकमा साँसदहरुले स्थानीय निकायलाइ प्रभावकारी र वित्तिय रुपमा अनुसाशित स्थानीय सरकारको रुपमा स्थापित गर्न भविष्यमा आउन सक्ने चुनौतीहरुको समाधान खोज्नु पर्नेमा जोड दिनु भएको थियो ।सांसदहरुले विभिन्न विचार राखेपछि मुख्य सचिव डाक्टर सोमलाल सुवेदीले केन्द्र सरकारको मन्त्रालयको संख्या घटाए १६ वटा प्रस्ताव गर्न लागिएको, मौलिक हकलाइ स्थानीय
राष्ट्रपति/सभामुख भेट

राष्ट्रपति/सभामुख भेट

National, Politics
राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्ती बीच संसद्‍मा दर्ता भएको महाअभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भयो । राष्ट्रपति भवन शितलनिवासमा भएको भेटमा महाअभियोगको विषयमा यसअघि सदनमा स्थापित नजिरका आधारमा अगाडि बढ्ने र दलहरुबीचको सहमतिका आधारमा संविधान संशोधनमाथि छलफल स्थगित भएको जानकारी सभामुखले राष्ट्रपतिलाइ गराउनुभयो । सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रमुख तीन दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँगको छलफलपछि सभामुखले राष्ट्रपति भण्डारीसंग भेट गर्नुभएको हो ।।
मोरङ/रगत अभाव

मोरङ/रगत अभाव

National
विराटनगरस्थित क्षेत्रीय रक्त संचार सेवा केन्द्रमा ए, बी र एबी समूहको रगतको अभाव भएको छ । विगत एक साता देखि क्षेत्रीय ब्लड बैंकमा रगत अभाव भएपछि विराटनगरका अस्पतालहरुमा शल्यक्रिया समेत प्रभावित भएको छ । यस केन्द्रबाट दैनिक ६० पीन्ट सम्म रगत वितरण हुँदै आएकोमा रगत अभाव भएपछि सम्बन्धित विरामीका आफन्तहरुले हैरानी खप्नु परेको छ । सो केन्द्रबाट सिरहा, सप्तरी, सुनसरी, झापा तथा भारतको जोगबनी, पूर्णिया, फारबिसगंजका विरामीहरुलाई समेत रगत आपूर्ति हुदै आएको थियो ।।
मन्त्रीपरिषद/बैठक

मन्त्रीपरिषद/बैठक

National
सरकारले निजगढ-काठमाडौं द्रुतमार्ग निमार्णको जिम्मा नेपाली सेनालाइ दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहदरवारमा हिजो बसेको मन्त्रीपरिषद बैठकले फास्ट ट्र्याक निमार्णको काम नेपाली सेनालाइ दिने  निर्णय गरेको हो । यसैगरि बैठकले करार सेवामा रहेका कर्मचारीहरुलाइ अन्य कर्मचारीसरह समाजिक सुरक्षा, विमा, उपदान र उपचार खर्च प्रदान गर्ने निर्णय गरेको सुचना तथा संचार मन्त्री एवं सरकारका प्रवत्ता सुरेन्द्र कुमार कार्कीले जानाकारी दिनु भयो ।।
व्यवस्थापिका/संसद वैठक

व्यवस्थापिका/संसद वैठक

National, Politics
व्यवस्थापिका–संसद्को हिजोको बैठक पनि स्थगित भएको छ । हिजो बस्ने बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची थियो । संसद्को कार्यसूचीका विषयमा प्रमुख दलबीच सहमति हुन नसकेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाअभियोगको प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेको छ । यता संविधान संशोधन प्रस्तावमा समेत दलहरुबीच सहमति बन्न सकेको छैन । बैठक आज वस्ने कार्यक्रम छ ।।
प्रम/ओली भेट

प्रम/ओली भेट

National, Politics
 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीबीच प्रधान न्यायाधीश विरुध्दको महाअभियोग प्रस्ताव तथा नयाँ बजेट र दोस्रो चरणको निर्वाचनको तिथिमितिबीच तालमेल मिलाउनेबारे हिजो छलफल भयो । भेटपछि पत्रकारसंगको कुराकानीमा एमालेका अध्यक्ष ओलीले संविधान संसोधनको लागि संसदमा प्रस्तुत विधयकमा आफ्नो दलको समर्थन नरहने, संविधनमा उल्लेख भए अनुसार बजेट जेठ १५ गते ल्याउनुपर्ने र प्रधानन्यायाधीश विरुध्दको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने कुरा आफुले प्रधानमन्त्री समक्ष राखेको बताउनु भयो ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले महाअभियोग प्रस्तावका साथै बजेट र दोस्रो चरणको निर्वाचनलाइ कसरी मिलाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो 
प्रमुख आयुक्त/निर्वाचन कार्यालय निरीक्षण

प्रमुख आयुक्त/निर्वाचन कार्यालय निरीक्षण

ELECTION SPECIAL, National, Politics
प्रमुख निर्वाचन आयुक्त डा आयोधिप्रसाद यादवले काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ललितपुर जिल्ला निर्वाचन कार्यालयको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले स्थानीय तहमा उम्मेदवारी दर्ता गराउन आएका उम्मेदवारसँग कुराकानी गर्दै उम्मेदवारी दर्तालाई सहज वातावरण बनाउन कर्मचारीहरुलाइ निर्देशन दिनुभयो । डा यादवले वैशाख ३१ गते हुने निर्वाचनका लागि उत्साहपूर्वक सहभागिता भएको बताउदै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो ।।