Politics – Nepal Television-Communication for Development
Monday, December 11

Politics

पहिलो चरणमा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम सुरु/मनाङ र मुस्ताङमा एमाले तथा रुकुम पूर्वमा माओवादीका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा बिजयी ।

पहिलो चरणमा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम सुरु/मनाङ र मुस्ताङमा एमाले तथा रुकुम पूर्वमा माओवादीका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा बिजयी ।

National, Politics
मतगणना/बिजयीहरु पहिलो चरण अन्तर्गत मंसिर १० गते भएको निर्वाचनको मत परिणाम आउन थालेको छ । हाल सम्म प्रतिनीधिसभातर्फ ३ वटा जिल्लाको परिणाम आएको छ । प्राप्त परिणाम अनुसार रुकुम पूर्वमा माओवादी केन्द्रका कमला रोका विजयी हुनु भएको छ । रोकाले १० हजार ४ सय ३४ मत प्प्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका हरिशंकर घर्तिले ४ हजार ४ सय ६ मत प्राप्त गर्नुभएको छ । यसैगरी  मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । तुलाचन ३५४४ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मत प्राप्त गर्नुभयो । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थकाली विजयी हुनुभएको थियो । मुस्ताङकै प्रदेश ‘क’ बाट एमालेकै उम्मेदवार इन्द्रधारा विष्ट र ख बाट पनि एमालेकै महेन्द्रबहादुर थकाली विजयी
४५ जिल्लामा हिजो सम्पन्न निर्वाचनको मतपेटिका संकलन प्रायः सकियो/सबै जिल्लामा मतगणना आजैबाट सुरु गर्ने तयारी ।

४५ जिल्लामा हिजो सम्पन्न निर्वाचनको मतपेटिका संकलन प्रायः सकियो/सबै जिल्लामा मतगणना आजैबाट सुरु गर्ने तयारी ।

National, Politics
मतपेटिका संकलन/गणना सुरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत हिजो मतदान सम्पन्न भएका ४५ जिल्लाका मतपेटिकाहरु गणना स्थलमा संकलन गर्ने काम प्रायः सकिएको छ । मतपेटिका संकलनसँगै गणनाका लागि आज बिहानैबाट सर्वदलीय बैठक बस्न थालेको छ । हिजोको मतदानमा ६७ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अयोगका अनुसार १२८ प्रतिनिधिसभा र २५६ प्रदेशसभा सदस्यका लागि ४५ जिल्लामा रहेका ७ हजार ७५२ मतदान स्थल र १५ हजार ३४४ मतदान केन्द्रमध्ये एक मतदान स्थलबाहेक सबैमा शान्तिपूर्ण मतदान भयो । तर अर्घाखाँचीको सन्धीखर्कस्थित नेटा मतदान स्थलमा रहेका मतदान केन्द्रको मतदान रद्ध गरिएको छ । त्यहाँ केहि दिनपछि मतदान गरिने निर्वाचन आयोगले जनाएको छ ।।
पहिलो चरणको निर्वाचनको गणना जारी/जारी गणनामा बाम गठबन्धनका उम्मेदवारहरुको अग्रता ।

पहिलो चरणको निर्वाचनको गणना जारी/जारी गणनामा बाम गठबन्धनका उम्मेदवारहरुको अग्रता ।

National, Politics
मतगणना/अपडेट पहिलो चरणमा मतदान सम्पन्न भएका ३२ जिल्लामा हिजो साँझबाट नै मतगणना सुरु गरिएको छ । ३२ जिल्लामध्ये प्रतिनिधिसभातर्फ ३ वटा जिल्लाको परिणाम प्राप्त भइसकेको छ भने बाँकी जिल्लाहरुमा गणना जारी छ । त्यसैगरी प्रदेशसभातर्फ २ वटा जिल्लाको परिणाम प्राप्त भइसकेको छ । प्राप्त परिणाम अनुसार नेकपा एमालेले प्रतिनिधिसभामा २ र प्रदेशसभामा ३ स्थानमा बिजयी हासिल गरेको छ । त्यसैगरी माओवादी केन्द्रले १ स्थानमा बिजयी हासिल गरेको छ भने नेपाली कांग्रेस प्रदेशसभामा १ स्थानमा बिजय हासिल गरेको छ । जारी मतगणनामा नेकपा एमालेले १८ स्थानमा अग्रता हासिल गरिरहेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १२ स्थानमा नेपाली कांग्रेसले ४ स्थानमा अग्रता लिएको छ ।।
प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा / ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह ।

प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा / ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह ।

National, Politics
निर्वाचन/तयारी पूरा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी सहित सबै सामग्री मतदान केन्द्रमा पुगेको छ । ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा भोली हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनका लागि एक लाख ५५ हजार कर्मचारी खटिएका छन् । यसैबीच प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले केही समययता भएका विष्फोटनका घटना निन्दनीय रहेको बताउदै सरकारले सुरक्षा व्यवस्थालाइ प्रभावकारी बनाइसकेकाले ढुक्क भएर मताधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो ।। निर्वाचन आयोग/फलोअप यसैबीच निर्वाचन आयोगले प्रतिनिसभा र प्रदेश तर्फको मतपरिणाम ४ दिनमा सार्वजनिक गरि सक्ने जनाएको छ । आयोगले हिजो गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले प्रतिनिधिसभा र प्रदेशस
मौन अवधि सुरु भएसँगै दलहरुले अब चुनावी प्रचारप्रसार गर्न नपाउने/निर्वाचन सुरक्षासहितको सबै तयारी पुरा भएको आयोगको भनाइ ।

मौन अवधि सुरु भएसँगै दलहरुले अब चुनावी प्रचारप्रसार गर्न नपाउने/निर्वाचन सुरक्षासहितको सबै तयारी पुरा भएको आयोगको भनाइ ।

National, Politics
मौन अवधी/आचार संहिता दोस्रो चरणमा पर्सी निर्वाचन हुने ४५ जिल्लाका उम्मेदवारहरुले अब कुनैपनि प्रकारको चुनावी प्रचार प्रसार गर्न पाउने छैनन् । गएराति १२ बजेबाट मौन अवधि सुरु भएकाले उम्मेदवारहरुले प्रचारप्रसार गर्न नपाउने भएका हुन् । मौन अवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय एवं सामाजिक सञ्जाल मार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न पनि आयोगले सरोकारवालासँग आग्रह गरेको छ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा पर्सी बिहिबार मतदान हुँदैछ । पहिलो चरणमा मंसीर १० गते ३२ जिल्लामा निर्वाचन सम्पन्न भइसकेको छ ।।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान हुन अब ३ दिन बाँकी/आज मध्य रातीबाट मौन अवधि शुरु हुने/सबै तयारी पूरा भएको निर्वाचन आयोगको भनाइ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान हुन अब ३ दिन बाँकी/आज मध्य रातीबाट मौन अवधि शुरु हुने/सबै तयारी पूरा भएको निर्वाचन आयोगको भनाइ ।

District News, National, Politics
निर्वाचन आयोग/पत्रकार प्रतिनीधिसभा तथा प्रदेशसभा सदस्यको यही मंसीर २१ गते हुने निर्वाचनको मतदान हुन अव ३ दिन मात्र बाँकी छ । आउँदो विहिवार हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा उम्मेदवारहरूले प्रचारप्रसार गर्न र भोट माग्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ । यसैबीच निर्वाचनका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन आयोगले हिजो गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डाक्टर अयोधीप्रसाद यादवले अब निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभएको हो । प्रमुख आयुक्त डा. यादवले २१ गते मतदान सम्पन्न भएपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लाको मतगणना सुरु हुने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा निर्वाचन आय
निर्वाचन प्रचार प्रसारका लागि आज अन्तिम दिन/निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदानकेन्द्रहरुमा पुग्दै ।

निर्वाचन प्रचार प्रसारका लागि आज अन्तिम दिन/निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदानकेन्द्रहरुमा पुग्दै ।

National, Politics
उम्मेदवार/प्रचारप्रसार अन्तिम यही मंसीर २१ गते हुने निर्वाचनका लागि आज प्रचारप्रसारको अन्तिम दिन हो । त्यसैले आज राजनीतिक दल तथा उम्मेदवारहरुले घरदैलोका साथै अन्तिम चुनावी सभा आयोजना गर्दैछन् । प्रचारप्रसारको आज अन्तिम दिन भएकाले सबै तथा उम्मेदवारले आज प्रचारप्रसारलाई व्यापक र प्रभावकारी बनाउने तयारी गरेका छन् । दोस्रो तथा अन्तिम चरणमा पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन हुँदैछ । प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ स्थानका लागि बिहिबार मतदान हुँदैछ । दोस्रो चरणमा करिब १ करोड २२ लाख ३६ हजार मतदाता रहेका छन् । त्यसैगरी प्रतिनिधिसभातर्फ १६ सय ६३ र प्रदेशसभातर्फ २८ सय १९ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । मतदानका लागि आयोगले सबै तयारी पूरा गरेको छ भने निर्वाचन कर्मचारीहरु मतदान केन्द्रमा पुग्न थालेका छन् । पहिलो चरणमा उच्च पहाडी तथा हिमाली क्षेत्रका ३२ जिल्लामा
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन/भोजपुरमा पूर्वमन्त्री शेरधन राई सवार गाडीमाथि आक्रमण।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन/भोजपुरमा पूर्वमन्त्री शेरधन राई सवार गाडीमाथि आक्रमण।

National, Politics
बाँके/प्रम कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले निर्बाचनलाई भयरहित बाताबरणमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आबश्यक सुरक्षा ब्यबस्था मिलाउन प्रशासनिक तथा सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । ५ नम्बर प्रदेश अन्तरगतका १६ वटा जिल्लाका सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरुको सुरक्षा बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले प्रतिनिधि तथा प्रदेशसभाको निर्बाचन सम्पन्न गर्नु मुलुकको राष्ट्रिय प्राथमिकता भएको बताउनु भयो । केही जिल्लाहरुमा निर्बाचनलाई असर पुराउने किसिमका घटनाहरु भएको बताउनुहुँदै प्रधानमन्त्री देउवाले त्यस्ता घटनाहरु दोहोरिन नदिनका लागि सुरक्षा ब्यबस्थालाई थप प्रभबाकारी बनाउन आबश्यक भएको बताउनु भयो । सुरक्षा बैठकमा ५ नम्बर प्रदेश अन्तरगतका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल, राष्ट्रिय अनुसन्धानका साथै नेपाली
मनोनयन दर्ताका लागि थोरै समय बाँकी रहँदा पनि उम्मेदवारको टुङ्गो लगाउन दलहरु अन्तिम गृहकार्यमा/ठूल दलका शीर्ष नेताहरु आज मनोनयन दर्ता गर्दै ।

मनोनयन दर्ताका लागि थोरै समय बाँकी रहँदा पनि उम्मेदवारको टुङ्गो लगाउन दलहरु अन्तिम गृहकार्यमा/ठूल दलका शीर्ष नेताहरु आज मनोनयन दर्ता गर्दै ।

National, Politics
लोकतान्त्रिक गठबन्धन/छलफल यसैबीच नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुबीच सिट बाँडफाँडको अन्तिम गृहकार्य अझै पनि भइरहेको छ । लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय प्रजातान्त्र पार्टीसँग सहमतिको प्रयास अझै जारी राखेको छ । गठबन्धनमा आवद्ध दलहरुले उम्मेदवारी नदिने जिल्लाहरुमा भने काँग्रेसले उम्मेद्वारको टुङ्गो लगाइसकेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ भने बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ मा उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ ।। एमाले स्थायी कमिटी/बैठक यसैगरी आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाम गठबन्धनले भने उम्मेदवारहरुको टुङ्गो लगाइसकेको छ । गठबन्धनमा आवद्ध नेक
दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराउँदै/ मनोनयन दर्तामा उत्साहका साथ सहभागी हुन निर्वाचन आयोगको आह्वान ।

दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराउँदै/ मनोनयन दर्तामा उत्साहका साथ सहभागी हुन निर्वाचन आयोगको आह्वान ।

National, Politics
दोस्रो चरण निर्वाचन/मनोनयन प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज अर्को महत्वपूर्ण दिन हो । किनकी दोस्रो चरणमा हुने निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराउँदैछन् । प्रदेशसभा र प्रतिनिधिसभाका लागि दोस्रो चरण अन्तरगत ४५ जिल्लामा आउदो मंसिर २१ गते मतदान हुनेछ । दोश्रो चरणमा प्रतिनिधिसभाका लागि १ सय २८ र प्रदेश सभाका लागि २ सय ५६ स्थानका लागि निर्वाचन हुँदैछ । मनोनयनपत्र दर्ता अहिले बिहान १० देखि ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गर्न सकिने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । मनोनयन दर्तामा उत्साहका साथ सहभागी हुन निर्वाचन आयोगको आह्वान गरेको छ ।  यसैबीच निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भइसकेको र प्रत्यक्ष तर्फका लागि प्रतिनिधिसभा र प्रदेशसभाका अलग-अलग मतपत्र छाप्ने काम भइरहेको जनाएको छ ।।