Friday, April 20

Politics

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको संयुक्त बैठकलाइ सम्बोधन/आर्थिक समृद्धिका लागि समर्पित भएर लाग्न सांसदहरुलाइ आग्रह

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको संयुक्त बैठकलाइ सम्बोधन/आर्थिक समृद्धिका लागि समर्पित भएर लाग्न सांसदहरुलाइ आग्रह

National, Politics
राष्ट्रपति सवोधन राष्ट्रपति विद्यादेवी भण्डारीले समातामुलक, समाजबाद उन्मुख पूर्णलोकतान्त्रिक एकताबद्ध र समृद्ध मुलुकका रुपमा  देशलाई चिनाउने कार्यमा समर्पित हुन संघीय सदनका सांसदहरुलाइ आग्रह गर्नु भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गर्नुभयो । मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने राष्ट्रपतिको भनाइ थियो ।  संविधान कार्यान्वयनका लागि निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको अपेक्षानुरूप समृद्धिको यात्रामा एक भएर लाग्न आग्रह गर्नु भएको हो । राष्ट्रपति भण्डारीले  विभिन्न तहका निर्वाचनमा आम जनताले अभिव्यक्त गरे
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ हप्ता भित्र स्थानीय तहमा कर्मचारी खटाउन शुरु गर्ने/चैत अन्त्यसम्म ८० प्रतिशत कर्मचारी पुग्ने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ हप्ता भित्र स्थानीय तहमा कर्मचारी खटाउन शुरु गर्ने/चैत अन्त्यसम्म ८० प्रतिशत कर्मचारी पुग्ने

Politics
संघीय मन्त्रालय/कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि स्वीकृत गरेको दरवन्दी अनुसार १ हप्ता भित्र कर्मचारी खटाउने कार्य शुरु गर्ने जनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको दरवन्दी अनुसार चैत मसान्तसम्म ८० प्रतिशत कर्मचारी खटाइसक्ने गरि मन्त्रालयले तयारी थालेको हो । स्थानिय तहमा आवश्यक पर्ने संङख्याका आधारमा १ हप्ता भित्र कर्मचारीलाई खटाइने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । स्वीकृत ५७ हजार ३५४ कर्मचारीको दरवन्दी अनुसार केही कर्मचारी त्यही स्थानीय तहमा रहेकोले १६ हजार ८० जना मात्र नयाँ कर्मचारी खटाइने उहाँको भनाइ छ । स्वीकृत भएको दरवन्दी अनुसार ३७ हजार ६९६ महानगर,उपमहानगर,नगरपालिका र गाउँपालिकाका कार्यालय तथा वडा कार्यालयमा र १९ हजार ५५८ कर्मचारी स्थानीय तहका स्वास्थ्यचौकी, पशुकेन्द्र शिक्षा, वन
प्रधानमन्त्रीद्वारा सरकारका नीति, प्राथमिकता र योजनाहरुबारे अन्तर्राष्ट्रिय समुदायलाइ जानकारी/बृहद अन्तर्राष्ट्रिय सद्‍भाव र सहयोगमा जोड

प्रधानमन्त्रीद्वारा सरकारका नीति, प्राथमिकता र योजनाहरुबारे अन्तर्राष्ट्रिय समुदायलाइ जानकारी/बृहद अन्तर्राष्ट्रिय सद्‍भाव र सहयोगमा जोड

National, Politics
प्रम/विदेशी कुटनीतिज्ञ भेट प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको चाहना पूरा गर्ने सरकारको योजनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाइ आह्वान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौस्थित कुटनीतिक तथा दातृ समुदायका प्रतिनिधिहरुलाइ सम्बोधन गर्दै वर्तमान सरकारका नीति, प्राथमिकता र योजनाहरुबारे जानकारी गराउने क्रममा यस्तो आह्वान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनीतिक विकास क्रम, नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरिरहेको राजनीतिक स्थायित्व र आर्थिक समृद्धि तथा सो उद्देश्य प्राप्तिका लागि बृहद अन्तर्राष्ट्रिय सद्‍भाव र सहयोगमा जोड दिनुभयो । प्रधानमन्त्रीले नेपाल सरकारको कुटनीतिका ६ मुख्य स्तम्भहरु रहेको पनि कुटनीतिक समुदायलाइ अवगत गराउनुभयो । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्ड
स्थानीय तह करार जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४ स्वीकृत/ आवश्यक विभिन्न जनशक्ति करामा लिन स्थानीय तहलाई बाटो खुला

स्थानीय तह करार जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४ स्वीकृत/ आवश्यक विभिन्न जनशक्ति करामा लिन स्थानीय तहलाई बाटो खुला

National, Politics
स्थानीय तह/जनशक्ति व्यवस्थापन स्थानीय तहको सेवालाई प्रभावकारी बनाउन स्थानीय तह करार जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४ स्वीकृत भएको छ । स्थानीय तहबाट हुने कामलाई प्रभावकारी तथा नियमित सेवा प्रवाह गर्न स्थानीय तहलाई तुरुन्तै कर्मचारीको आवश्यकता परेकाले कार्यविधि स्वीकृत गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले स्थानीय तह सञ्चालनका लागि कर्मचारीको आवश्यकतालाई ध्यानमा राख्दै संविधानको प्रावधान अनुरुप तीनै तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा कर्मचारी समायोजन ऐन नियमावलीअनुरुप कर्मचारी व्यवस्थापन गर्न लागिएको जानकारि दिनुभयो । स्वीकृत नमूना कार्यविधि अनुरुप कुनै पनि संगठनको दरबन्दीअनुसार स्थानीय तहले अपनाउनुपर्ने विधि तथा स्थानीय तहलाई आवश्यक पर्ने विभिन्न सेवा कृषि, पशु, वन स्वास्थ्य, इञ्जिनीयरिङ सम्
बाम एकता सम्बन्धी राजनीतिक प्रतिवेदनलाई पर्सी बुधबार अन्तिम रुप दिने कार्यदलको निर्णय/नेताहरुको सुझाव लिएर प्रतिवेदनलाई परिमार्जन गरिंदै

बाम एकता सम्बन्धी राजनीतिक प्रतिवेदनलाई पर्सी बुधबार अन्तिम रुप दिने कार्यदलको निर्णय/नेताहरुको सुझाव लिएर प्रतिवेदनलाई परिमार्जन गरिंदै

National, Politics
बाम एकता/कार्यदल बैठक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले पर्सी बुधबार प्रतिवेदनलाई अन्तिम रुप दिने निर्णय गरेको छ । कार्यदलको हिजो बसेको बैठकमा उपसमितिको मस्यौदा प्रस्तावमा छलफल गर्दै केहि परिमार्जनको लागि नेताहरुको सुझाव लिएर परिमार्जन सहित १४ गते बुधबार टुङ्गोमा पु¥याउने समहति गरेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । देशको समग्र परिस्थिती, कम्युनिष्ट क्रान्तिको चरीत्र, राजनीतिक पार्टीको विश्लेशण, पार्टीको कार्यभार के हुने ,पार्टी निर्माण कसरी गर्ने र सामाजिक आर्थिक रुपान्तरण कसरी गर्ने लगायतका विषय मस्यौदा प्रतिवेदनमा समेटिएका छन् ।।
औद्योगिक करिडोरबाहेक कहिंपनि विद्युत कटौती नभएको प्राधिकरणको भनाइ/वैशाखपछि करिडोरमा समेत विद्युत कटौती अन्त्य गर्ने तयारी

औद्योगिक करिडोरबाहेक कहिंपनि विद्युत कटौती नभएको प्राधिकरणको भनाइ/वैशाखपछि करिडोरमा समेत विद्युत कटौती अन्त्य गर्ने तयारी

District News, National, Politics
औद्योगिक करिडोर/विद्युत नेपाल विद्युत् प्राधिकरणले औद्योगिक करिडोरबाहेक मुलुकका कुनै पनि स्थानमा विद्युत्भार कटौती नभएको जनाएको छ । प्राविधिक समस्याले विद्युत् कटौती हुनुलाई विद्युत्भार कटौती भन्न नमिल्ने भन्दै प्राधिकरणले विद्युत् आपूर्तिका हिसाबले कही कतै पनि समस्या नभएको जनाएको छ । यसैबीच सरकारले नयाँ साल नयाँ उत्साह र नयाँ सञ्चार नयाँ सरकारको अवधारणासहित आगामी वैशाखको अन्तिम सातादेखि औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य गर्ने भएको छ । उद्योगी तथा व्यवसायीले औद्योगिक क्षेत्रमा हाल पनि दैनिक चार घण्टा विद्युत्भार कटौती भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि ऊर्जा मन्त्रालयको तर्फबाट त्यसको तयारी गरिएको हो ।।
नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज देखि शुरु हुदै/३ महिना अघि सम्पन्न निर्बाचनको समिक्षा बैठकको प्रमुख एजेण्डा

नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज देखि शुरु हुदै/३ महिना अघि सम्पन्न निर्बाचनको समिक्षा बैठकको प्रमुख एजेण्डा

National, Politics
नेपाली कांग्रेस/बैठक ३ महिना अघि सम्पन्न निर्बाचनको समिक्षा गर्न नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज देखि शुरु हुदैछ । पार्टी कार्यालय सानेपामा आज बिहान ११ बजे शुरु हुने बैठकमा बिशेषगरी निर्बाचनमा पार्टीले भोग्नुपरेको पराजयको कारण खोजिने नेताहरुले बताएका छन् । पराजय हुनुको दोष कंग्रेस नेताहरुले एकले अर्कालाइ दिदै आएका छन् । पार्टीले अनपेक्षित ढंगले हार बेहोरेपछि निर्बाचन लगत्तै केहि नेताहरुले निर्बाचनको समिक्षा गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । तर यस बीचमा केन्द्रीय समिति बैठक बसेपनि निर्बाचनकै बिषयमा केन्द्रित भएर छलफल हुन सकेको थिएन । तर आज शुरु हुने बैठक भने निर्बाचनको समीक्षा, पराजयको कारण र भाबि रणनीतिमा केन्द्रित हुने बताइएको छ । केहि नेताहरुले बिशेष महाधिबेशनको माग गरिरहे पनि यो बैठकले महासमिति बैठक बोलाउने सम्भाबना रहेको कंग्र
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे युरोपेली सङ्घद्वारा जारी प्रतिवेदन निर्वाचन आयोगद्वारा अस्वीकार/प्रतिवेदन तथ्यहीन भएको ठहर

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे युरोपेली सङ्घद्वारा जारी प्रतिवेदन निर्वाचन आयोगद्वारा अस्वीकार/प्रतिवेदन तथ्यहीन भएको ठहर

National, Politics
निर्बाचन आयोग/इयु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणबारे युरोपेली सङ्घद्वारा जारी प्रतिवेदन निर्वाचन आयोगले अस्वीकार गरेको छ । इयुको प्रतिवेदन र उसले जारी गरेको प्रेस विज्ञप्ति भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिता विपरीत समेत देखिएकाले पूर्णतः अस्वीकार्य रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इयुबाट पेश भएको निर्वाचन पर्यवेक्षण प्रतिवेदन आयोगसँग गत कात्तिक ७ गते भएको समझदारीपत्र र सो समझदारीपत्रका साथ संलग्न निर्वाचन पर्यवेक्षण आचारसंहिताका १२ बुँदाको गम्भीर उल्लंघन गरी तयार गरिएको आयोगको भनाइ छ । पर्यवेक्षणको सीमा बाहिर गई पर्यवेक्षण गर्ने र आगामी दिनमा निर्वाचन पर्यवेक्षण गर्ने संस्थालाई अनुमति प्रदान गर्दा अझ गम्भीर हुने निर्बाचन आयोगले जनाएको छ ।।
कर्मचारीको स्वेच्छिक अवकाश सम्बन्धी निवेदन स्वीकृत नहुने सामान्य प्रशासनमन्त्री पण्डितको भनाइ/खटाएको स्थानमा जान कर्मचारीलाइ निर्देशन

कर्मचारीको स्वेच्छिक अवकाश सम्बन्धी निवेदन स्वीकृत नहुने सामान्य प्रशासनमन्त्री पण्डितको भनाइ/खटाएको स्थानमा जान कर्मचारीलाइ निर्देशन

National, Politics
मोरङ/लालबाबु संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको स्वेच्छिक अवकाश सम्बन्धी निवेदन स्वीकृत नहुने बताउनुभएको छ । मन्त्रि पण्डितले निजामती कर्मचारीको तालीम, विदेश अध्ययन भ्रमण अनुसार राज्यलाई प्रतिफल दिनुपर्नेमा जोड दिँदै स्वेच्छिक अवकास अधिकार होइन, सुविधा मात्र हो भन्नुभयो । वर्तमान सरकार कर्मचारीको सेवा र सुविधा वृद्धि गर्न तयार रहेको बताउदै उहाँले तर कर्मचारी पहिला खटाएको स्थानमा जानुपर्ने अनि मात्रै सेवा र सुविधा वृद्धि गरिने स्पष्ट पार्नुभयो । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित कार्यालय प्रमुखहरुको भेलामा मन्त्रि पण्डितले उच्च मनोबलका साथ आफ्नो पदीय जिम्मेवारी वहन गर्न कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।।
प्रधानमन्त्रीको सल्लाहकार  र सचिवालयमा रहनेको संख्या कटौति गरिने/ संघीयता कार्यान्वयनका लागि श्वेतपत्र जारी गरिने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालयमा रहनेको संख्या कटौति गरिने/ संघीयता कार्यान्वयनका लागि श्वेतपत्र जारी गरिने प्रधानमन्त्रीको भनाइ

National, Politics
प्रम/मुख्यमन्त्री छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि सरकारले श्वेतपत्र जारी गर्ने बताउनुभएको छ । सातवटै प्रदेश सरकारका मुख्य मन्त्रीसँग विद्यमान अवस्थाको जानकारी लिने क्रममा प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रतिस्पर्धात्मक विकासमा लाग्न आग्रह गर्नुभयो ।  प्रधानमन्त्री ओलीले सात वटै प्रदेशको समान विकासका लागि केन्द्रिय सरकारले ध्यान दिने पनि बताउनुभएको छ । प्रदेश सरकारलाई परेका समस्या महान्यायाधिवक्ताको संयोजनमा बनेको सहजीकरण समितिमार्फत सुल्झाउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीका राजनितिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।