Friday, April 20

Politics

प्रम/ओली भेट

प्रम/ओली भेट

National, Politics
 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीबीच प्रधान न्यायाधीश विरुध्दको महाअभियोग प्रस्ताव तथा नयाँ बजेट र दोस्रो चरणको निर्वाचनको तिथिमितिबीच तालमेल मिलाउनेबारे हिजो छलफल भयो । भेटपछि पत्रकारसंगको कुराकानीमा एमालेका अध्यक्ष ओलीले संविधान संसोधनको लागि संसदमा प्रस्तुत विधयकमा आफ्नो दलको समर्थन नरहने, संविधनमा उल्लेख भए अनुसार बजेट जेठ १५ गते ल्याउनुपर्ने र प्रधानन्यायाधीश विरुध्दको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने कुरा आफुले प्रधानमन्त्री समक्ष राखेको बताउनु भयो ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले महाअभियोग प्रस्तावका साथै बजेट र दोस्रो चरणको निर्वाचनलाइ कसरी मिलाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो 
प्रमुख आयुक्त/निर्वाचन कार्यालय निरीक्षण

प्रमुख आयुक्त/निर्वाचन कार्यालय निरीक्षण

ELECTION SPECIAL, National, Politics
प्रमुख निर्वाचन आयुक्त डा आयोधिप्रसाद यादवले काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ललितपुर जिल्ला निर्वाचन कार्यालयको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले स्थानीय तहमा उम्मेदवारी दर्ता गराउन आएका उम्मेदवारसँग कुराकानी गर्दै उम्मेदवारी दर्तालाई सहज वातावरण बनाउन कर्मचारीहरुलाइ निर्देशन दिनुभयो । डा यादवले वैशाख ३१ गते हुने निर्वाचनका लागि उत्साहपूर्वक सहभागिता भएको बताउदै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो ।।
बार /ध्यानाकर्षण

बार /ध्यानाकर्षण

National, Politics
प्रधान न्यायाधीश शुशिला कार्की उपर ब्यवस्थापिका संसदमा दर्ता महाअभियोगको सम्वन्धमा उच्च अदालत बार एसोसिएसनले नेपाल बार एशोसिएसनको ध्यानआर्कषण गराएको छ । प्रधान न्यायाधीश शुशिला कार्की उपर लागाइएको महाअभियोग सम्वन्धमा  नेपाल बार मौन बसेको भन्दै उच्च अदाल बार एशोसिएशन पाटनको नेतृत्वमा पुगेको टोलीले साकेतिक विरोध सरुप नेपाल बारका अध्यक्ष शेर बहादुर केशीलाई ध्यान आर्कषण पत्र बुझाएको हो । न्यायपालिकालाई कमजोर बनाउने पूर्वग्राही उदेश्यले महाअभियोग प्रस्ताब दर्ता गरिएको सो प्रस्ताबले लोकतान्त्रीक मुल्य मान्यतामाथी निर्मम प्रहार गरेको उच्च अदालत बार एसोसिएसनको ठहर छ । ध्यान आर्कषण पत्र बुझदै बारका अध्यक्ष शेर बहादुर केशीले प्रधान न्यायाधीश शुशीलाकार्की माथी महाभियोग प्रस्ताब दर्ता गभिर विषय भएको भन्दै यस सम्वन्धमा थप छलफल गरि छिटै नेपाल बारले धारणा सार्वजनिक गर्ने बताउनु भयो ।।
सर्वोच्च/सुनुवाइ स्थगित

सर्वोच्च/सुनुवाइ स्थगित

National, Politics
नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासमा आज हुने भनिएको सुनुवाई स्थगित भएको छ । महानिरीक्षक नियुक्ति बदरको माग गर्दै प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटको सुनुवाइ आजका लागि तोकिएको थियो । गत चैत २८ गते सरकारले प्रहरी महानिरिक्षकमा प्रकाश अर्याललाइ नियुक्त गरेपछि सिलवालले कार्यसम्पादन मुल्यांकनमा आफ्नो नम्बर अर्यालको भन्दा बढि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।।
महानगर निर्वाचन कथा

महानगर निर्वाचन कथा

Politics
देशका चारवटै महानगरमा पहिलो चरणमै स्थानीय तहको निर्वाचन हुँदैछ । काठमाडौ, ललितपुर, कास्कीको पोखरा लेखनाथ र चितवनको भरतपुर महानगरपालिकामा हुने निर्वाचनमा विभिन्न दलहरुका साथै स्वतन्त्र उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । काठमाडौ महानगरपालिकामा केन्द्रीय नेताहरुको नाम चर्चामा आएपनि ठूला दलहरुले स्थानीय तहकै राजनीतिमा सक्रिय नेताहरुलाइ उम्मेदवार बनाएका छन् ।
निर्वाचन मनोनयन  कथा

निर्वाचन मनोनयन कथा

Breaking News, Politics
स्थानीय तह निर्वाचनका लागि पहिलो चरणको उम्मेदवारी मनोनयन दर्ता आज सम्पन्न भएको छ । यही वैशाख ३१ गते आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि ३, ४ र ६ नम्बर प्रदेशका २ सय ८३ स्थानीय तहका लागि आज मनोनयन दर्ता भएको हो । मनोनयन दर्तासँगै लोकतन्त्रको आधार स्तम्भको रुपमा रहेको निर्वाचनलाई अगाडि बढाउन सरकारले गरेको पहल र प्रयत्न साकार हुने चरणमा पुगेको छ । करिव २ दशकपछि हुन लागेको निर्वाचनका लागि आज शान्तिपूर्ण र उत्साहजनक रुपमा मनोनयन दर्ता सम्पन्न भएको हो ।