Sports – Nepal Television-Communication for Development
Monday, December 11

Sports

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स युएइबीचको दोस्रो खेल हुँदै ।।

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स युएइबीचको दोस्रो खेल हुँदै ।।

Sports, World News
नेपाल-युएई/क्रिकेट आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स युएइबीचको दोस्रो खेल हुँदैछ । आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत सातौ चरणमा नेपाल र युएइबीच हुने दुई खेलमध्ये आजको खेल दोस्रो र अन्तिम हो । नेपाल यसअघिका प्रतियोगितामा पराजित भइसकेकाले युएईसँगको खेल औपचारिकता र प्रतिष्ठाका लागि मात्र हुनेछ । पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको थियो ।।
डोपिङ प्रकरणपछि रसियालाई आउँदो हिउँदे ओलम्पिकमा प्रतिबन्ध/डोपिङमा नपरेका रुसी खेलाडीले भने तठस्थ झन्डामुनी सहभागिता जनाउन सक्ने ।।

डोपिङ प्रकरणपछि रसियालाई आउँदो हिउँदे ओलम्पिकमा प्रतिबन्ध/डोपिङमा नपरेका रुसी खेलाडीले भने तठस्थ झन्डामुनी सहभागिता जनाउन सक्ने ।।

Sports
रसिया/ओलम्पिक निलम्बन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आगामी वर्ष पेङ्चङ्मा हुने हिउँदे ओलम्पिकमा रसियालाई भाग लिन प्रतिबन्ध लगाएको छ । तर आफूलाई स्वच्छ सावित गर्न सक्ने रसियाली खेलाडिलाई भने दक्षिण कोरियामा तटस्त झण्डा मुनी बसेर खेल्न दिइने निर्णय गरिएको छ । सन् २०१४ मा सोचिमा भएको खेलमा रसियाले राज्यकै तर्फबाट डोपिङ गराएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । ओलम्पिक कमिटिको सो निर्णयको रसियामा सर्वत्र विरोध जनाइएको छ । केही राजनीतिज्ञले खेल बहिस्कार गर्नुपर्नेमा जोड दिएका छन् भने केही खेल अधिकारीले भने स्वच्छ खेलाडिलाई खेलमा सहभागी हुन दिने निर्णयको स्वावगत गरेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले डोपिङका विषयमा भएको १७ महिना लामो   अध्ययनको प्रतिवेदनका आधारमा सो निर्णय गरेको जनाइएको छ  ।।
पुर्वी एसिया अन्तर्गत थाइल्याण्डमा हुने एसिसि यु- १६ छनोट खेल खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली विगत एक साता देखी बन्द प्रशिक्षणमा छ ।

पुर्वी एसिया अन्तर्गत थाइल्याण्डमा हुने एसिसि यु- १६ छनोट खेल खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली विगत एक साता देखी बन्द प्रशिक्षणमा छ ।

Sports
एसीसी अन्डर-१६/क्रिकेट पुर्वी एसिया अन्तर्गत थाइल्याण्डमा हुने एसिसि यु- १६ छनोट खेल खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली विगत एक साता देखी बन्द प्रशिक्षणमा छ । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रशिक्षणमा १८ जना खेलाडी प्रशिक्षणमा रहेका छन् । बैंककमा यहि मंसिर २४ गते देखि ७ दिनसम्म जारी रहने छनोट प्रतियोगितामा नेपाल लगायत हङकङ, थाइल्याण्ड, मलेसिया, भुटान, म्यानमार, चीन र शिङ्गापुर ले भाग लिएका छन् । छनोटमा शिर्ष हुने टिमले एसिसि यु-१६ को अन्तिम चरणमा खेल्न पाउनेछ । बन्द प्रशिक्षणका लागि आर्थिक कठिनाइ उत्पन्न भएपछि नेपाली राष्ट्रिय यु-१६ टोलिलाइ सुशिल कोइराला मेमोरियल फाउन्डेशनले आर्थिक सहयोग गरेको छ । बन्द प्रशिक्षणमा रहेका खेलाडीलाइ प्रशिक्षण गर्दै आएका पुर्व राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरीले उपलब्ध साधन स्रोत र समयमा सक्दो राम्रो प्रशिक्षण भैरहेको बत
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अघिको दोस्रो अभ्यास खेलमा नेपाल विजयी/केन्या ६ विकेटले पराजित ।।

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अघिको दोस्रो अभ्यास खेलमा नेपाल विजयी/केन्या ६ विकेटले पराजित ।।

Sports
केन्या-नेपाल/अभ्यास खेल आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीपका लागि संयुक्त अरब इमिरेट्स युएइमा रहेको नेपाली राष्ट्रिय टोलीले अभ्यास खेलमा केन्यालाइ ६ विकेटले पराजित गरेको छ । युएइको आबुधावीमा भएको खेलमा पहिले ब्याटिङ गरेको केन्याले ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदै नेपाललाई १ सय ११ रनको लक्ष दियो । जवाफमा ब्याटिङ गरेको नेपालले १९ ओभर ५ बलमा ४ विकेटको क्षतिमा बिजय लक्ष्य भेट्टायो । नेपालको लागी दीपेन्द्रसिंह ऐरीले ४६ र शरद भेषवाकरले ३१ रनको योगदान गरे । केन्यालाइ सस्तैमा समेट्न ललित भण्डारीले ४ विकेट लिए। पहिलो अभ्यास खेलमा नेपाल अमेरिकासंग ५ विकेटले पराजित भएको थियो । आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत सातौ चरणमा नेपालले युएइ विरुद्ध मंसिर २० र २२ गते २ वटा खेल खेल्दै छ ।।
आइ सि सि वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत संयुक्त अरव इमिरेट्स युएइ विरुध्दको खेलको लागी दोस्रो चरणको शिविरमा पर्ने २० खेलाडिको नाम सार्वजनिक भएको छ

आइ सि सि वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत संयुक्त अरव इमिरेट्स युएइ विरुध्दको खेलको लागी दोस्रो चरणको शिविरमा पर्ने २० खेलाडिको नाम सार्वजनिक भएको छ

Sports
क्रिकेट/नाम छनौट आइ सि सि वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत संयुक्त अरव इमिरेट्स युएइ विरुध्दको खेलको लागी दोस्रो चरणको शिविरमा पर्ने २० खेलाडिको नाम सार्वजनिक भएको छ । युएइमा आउँदो डिसेम्बर ६ र ८ तारिखमा हुने विश्व लिग च्याम्पियनशिपको लागी २० खेलाडीको नाम सार्वजनिक गरिएको हो । आइसीसी प्रतिनिधी अनिमुल इस्लाम, नेपाली प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले आज २० खेलाडिको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको २० खेलाडिमा अनिलकुमार शाह र हसिम अन्सारिले पहिलो पटक स्थान बनाएका छन । चोटको कारण महबुब आलम र सौरव खनालले आफ्नो नाम फिर्ता लिएको छनोट समितिले जनाएको छ । अब यो २० खेलाडीबाट अन्तिम १४ खेलाडीको नाम घोषणा हुने छ ।।
झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकप प्रतियोगितामा मनाङ्ग मस्र्यादी क्लब फाइनलमा प्रवेश/आयोगक स्पोर्टिगं क्लब २-१ गोल अन्तरले पराजित ।।

झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकप प्रतियोगितामा मनाङ्ग मस्र्यादी क्लब फाइनलमा प्रवेश/आयोगक स्पोर्टिगं क्लब २-१ गोल अन्तरले पराजित ।।

Sports
फुटबल/झापा झापाको झिलझिलेमा जारी दोस्रो सताशी गोल्डकप प्रतियोगितामा मनाङ्ग मस्र्यादी क्लब फाइनलमा प्रवेश गरेको छ । आयोजक सतासीधाम स्पोर्टिगं क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको मनाङका तर्फबाट विमल राना तथा विशाल राईले गोल गरेका थिए । आयोजक टिमका तर्फबाट रजिन सुब्बाले २७ औं मिनटमा गोल गरेका थिए । फाइनल खेल भोलि मनाङ्ग र नेपाल त्रिभुवन क्लबबीच हुने छ ।।
महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको छनोटमा आज नेपाल र हङकङबीच खेल हुने/वर्षाले खेल रद्द हुँदा पहिलो खेलमा नेपालले थाइल्याण्डसँग अंक बाँड्यो ।।

महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको छनोटमा आज नेपाल र हङकङबीच खेल हुने/वर्षाले खेल रद्द हुँदा पहिलो खेलमा नेपालले थाइल्याण्डसँग अंक बाँड्यो ।।

Sports
महिला विश्वकप छनौट/क्रिकेट आइसिसि महिला ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको एसियाली छनोट अन्तर्गत आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि हिजो नेपाल र थाइल्याण्डबीचको खेल वर्षाका कारण रद्द भएपछी दुबै टिमले एक-एक अंक बाडेका छन । हिजोको खेलमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले ९१ रनको बनायो । जवाफमा ब्याटिङ गरेको नेपालले वर्षाका कारण खेल रद्द हुनु अघि ३ ओभर ३ बल खेल्दै विना कुनै क्षति १० रन बनायो । त्यसपछि वर्षा खेल रद्द हुँदा नेपाल र थाइल्याण्डले अंक बाँडेका हुन् ।।
अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गरेका छन्

अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गरेका छन्

Sports
हङकङ/नेपाललाइ स्वर्ण अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गरेका छन् । त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै चारजना धावकहरु पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घण्टा एक मिनेटको समयमा पूरा गरी नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । प्रतियोगितामा विश्वका विभिन्न देशका पाँच हजार खेलाडीले भाग लिएका थिए । हङकङको साई कुङदेखि ट्युन मुनसम्मको दूरीमा सम्पन्न सो विश्वप्रतिस्पर्धा हङकङमा निकै प्रख्यात मानिन्छ ।।
मलेशियामा जारी एसिसि यु-१९ एसिया कपको सेमिफाइनलमा नेपाल र अफगानिस्तानबीचको प्रतिस्पर्धा जारी/नेपाल ब्याटिङ गर्दै ।

मलेशियामा जारी एसिसि यु-१९ एसिया कपको सेमिफाइनलमा नेपाल र अफगानिस्तानबीचको प्रतिस्पर्धा जारी/नेपाल ब्याटिङ गर्दै ।

Sports
एसिसि यु-१९/एसिया कप एसिसि यु-१९ एसिया कपको सेमिफाइनलमा नेपाल र  अफगानिस्तानवीच मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा अहिले खेल भइरहेको छ । समुह ए बाट नेपाल उप विजेत भइ सेमिफाइनल प्रवेश गरेको हो भने अफगानिस्तान समुह विजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको हो । जारी खेलमा अफगानिस्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । समूह चरणमा भारतलाई पराजित गर्दै सेमिफाइनल पुगेको नेपाली खेलाडीहरु उच्च मनोबलका साथ मैदानमा उत्रिएका छन् ।
शिवसताक्षी गोल्डकप फुटबलमा विभागिय टिम एपीएफद्वारा भारतको डाइमण्ड अफ फुटबल एकाडेमी शुन्यका विरुद्ध ४ गोलले पराजित ।।

शिवसताक्षी गोल्डकप फुटबलमा विभागिय टिम एपीएफद्वारा भारतको डाइमण्ड अफ फुटबल एकाडेमी शुन्यका विरुद्ध ४ गोलले पराजित ।।

Sports
झापा/शिवसताक्षी फुटबल झापाको झिलझिलेमा सञ्चालित दोस्रो सताक्षी गोल्डकपमा एपीएफ क्लब काठमाडौंले भारतको डाइमण्ड अफ फुटबल एकाडेमी मध्य प्रदेशलाई ४-० गोल अन्तरले पराजित गरेको छ । एपीएफका लागि रञ्जन विष्टले २ तथा रुप बहादुर लामा र टोप विष्टले १-१ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच एपीएफका रुप बहादुर लामा भएका छन् । आजको खेल आयोजक स्पोटिंग क्लब भिलझिले र चर्च बोइज काठमाण्डौविच हुनेछ । विजेताले नगद ५ लाख तथा ट्र्फी र उपविजेताले नगद २ लाख ५० हजार हात पार्ने छन् ।।