World News – Nepal Television-Communication for Development
Monday, December 11

World News

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स युएइबीचको दोस्रो खेल हुँदै ।।

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स युएइबीचको दोस्रो खेल हुँदै ।।

Sports, World News
नेपाल-युएई/क्रिकेट आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स युएइबीचको दोस्रो खेल हुँदैछ । आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत सातौ चरणमा नेपाल र युएइबीच हुने दुई खेलमध्ये आजको खेल दोस्रो र अन्तिम हो । नेपाल यसअघिका प्रतियोगितामा पराजित भइसकेकाले युएईसँगको खेल औपचारिकता र प्रतिष्ठाका लागि मात्र हुनेछ । पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको थियो ।।
इजरायलमा रहेको दुतावासलाई जेरुसेलम सार्ने अमेरिकी निर्णयप्रति अरब देशका नेताहरु असहमत/निर्णय सच्याउन राष्ट्रपति ट्रम्पसँग आग्रह ।

इजरायलमा रहेको दुतावासलाई जेरुसेलम सार्ने अमेरिकी निर्णयप्रति अरब देशका नेताहरु असहमत/निर्णय सच्याउन राष्ट्रपति ट्रम्पसँग आग्रह ।

World News
ट्रम्प/जेरुसेलम इजरायलमा रहेको राजदुतावासलाई जेरुसेलम सार्ने अमेरिकी निर्णयले भयानक अवस्थाको सृजना गर्ने भन्दै अरब नेताहरुले अमेरिकालाई निर्णय सच्याउन भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब नेताहरुलाई टेलिफोन गरी तेल अभिभ स्थित आफ्नो दुतावास जेरुसेलम सार्ने जानकारी गराए लगत्तै अरब नेताहरुले त्यसो नगर्न अमेरिकालाई सचेत गराएका हुन् । अमेरिकी निर्णयले बिश्वभर रहेका मुस्लिम समुदायलाई आन्दोलित गराउने भन्दै साउदी अरेवियाका राजा सलमानले अमेरिकालाई निर्णय सच्याउन भन्नुभएको छ । अमेरिकी निर्णय बिरुद्ध इजरायल र टर्कीले आन्दोलन गर्ने घोषणा गरेका छन् । अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधीको मान्यता दिन आफ्नो दुतावास सार्न लागेको भन्दै अरब नेताहरुले आपत्ति जनाएका हुन । तेल अभिभबाट दुतावास सार्ने सम्वन्धमा राष्ट्रपति ट्रम्पले आज सम्वोधन गर्नुहुने विविसिले जनाएको छ ।
भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता

भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता

World News
भारत/राहुल गान्धी भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराउनु भएको छ । आगामी पार्टी महाधिवेशनका लागि अध्यक्ष पदमा उहाँको एकल उमेद्वारी परेको छ । पार्टीको अध्यक्ष पदका लागि उहाँको एकल उम्मेदवारी परेसँगै गान्धी नै पार्टीको अध्यक्ष हुने लगभग निश्चित छ । उम्मेदवारी दर्ता गराउनु भन्दा अगाडि राहुलले भारतीय पुर्व राष्ट्रपति प्रणव मुखर्जी, पुर्व प्रधानमन्त्री मनमोहन सिंह लगायतका नेतासँग भेट गर्नुभएको समाचारमा उल्लेख छ । कंगेसले विभिन्न आन्तरिक कारण देखाउदै विगत दुइ वर्ष देखि महाधिवेशनको मिति सार्दै आएको थियो । राहुलकी आमा सोनिया गान्धीले सन् १९९८ बाट भारतीय कंग्रेसको अध्यक्ष पद सम्हाल्दै आउनुभएको छ । राहुल गान्धी पाँच वर्ष अघि निर्विरोध पार्टीको उपाध्यक्ष पदमा चयन हुनुभएको थियो ।।
युरोपेली संघबाट अलग हुने बेलायतको निर्णयबारे अर्को चरणको वार्ता अनिश्चित/वार्ता सम्बन्धी सहमतिमा पुग्न दुवै पक्ष असफल ।।

युरोपेली संघबाट अलग हुने बेलायतको निर्णयबारे अर्को चरणको वार्ता अनिश्चित/वार्ता सम्बन्धी सहमतिमा पुग्न दुवै पक्ष असफल ।।

World News
युके / ईयू ब्रेक्जिक टक बेलायत र युरोपेली युनियन ब्रिक्स वार्ताको अर्को चरणमा प्रवेश गर्ने सम्बन्धी सम्झौता गर्न असफल भएको बेलायती प्रधानमन्त्री तेरेजा मेले बताउनु भएको छ । प्रधानमन्त्री मे ले वार्ता सकारात्मक रुपमा अघि बढेको भए पनि सम्झौता हुन नसकेको बताउँदै साताको अन्त्य सम्ममा वार्ताले सकारात्मक रुप लिने विश्वास व्यक्त गर्नुभयो । आयरल्याण्डसँगको सीमाका विषयमा त्यहाँको डेमोक्रेटिक युनिअनिस्ट पार्टीले आफ्नो अडान नछोडेपछि वार्ता भंग भएको बताइएको छ ।।
पूर्व अमेरिकी सुरक्षा सल्लाहकार माथिको अनुसन्धानको बिषय पुन विवादमा/ अनुसन्धानलाई प्रभावित पार्ने काम नगरेको राष्ट्रपति ट्रम्पको भनाइ ।

पूर्व अमेरिकी सुरक्षा सल्लाहकार माथिको अनुसन्धानको बिषय पुन विवादमा/ अनुसन्धानलाई प्रभावित पार्ने काम नगरेको राष्ट्रपति ट्रम्पको भनाइ ।

World News
ट्रम्प/रसिया ट्वीटर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले संघीय गुप्तचर विभाग एफबिआईका पूर्व निर्देशक जेम्स कोमेलाई पूर्व अमेरिकी सुरक्षा सल्लाहकार मिखायल फ्लिन माथिको अनुसन्धान अघि नबढाउन भनेको भन्ने भनाईको पुनः खण्डन गर्नुभएको छ । आइतबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफूले कोमीलाई अनुसन्धान रोक्न कहिल्यै नभनेको दाबी गर्नुभयो । एफ.बि.आई. का पूर्व निर्देशक कोमेले तत्कालिन समयमा आफूले एफबिआईलाई झुटो विवरण दिएको भन्दै माफी मागेपछि यो विषय चर्चामा आएको हो । राष्ट्रपति ट्रम्पले सन् २०१५ मा भएको राष्ट्रपति निर्वाचनमा आफूले मस्कोसँग सहकार्य गरेको भन्ने कुरा निराधार रहेको पुनः दोहोर्‍याउनु भयो ।।
सिरियामा जारी गृहयुद्ध समाधान गर्न रसियाका राष्ट्रपति पुटिनद्वारा आफ्नो योजना सार्वजनिक/सहयोगका लागि सरकार र प्रतिपक्षी दललाई आग्रह ।।

सिरियामा जारी गृहयुद्ध समाधान गर्न रसियाका राष्ट्रपति पुटिनद्वारा आफ्नो योजना सार्वजनिक/सहयोगका लागि सरकार र प्रतिपक्षी दललाई आग्रह ।।

World News
पुटिन/सिरिया संकट सिरियामा जारी छ बर्ष लामो गृह युद्ध समाधानका लागि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो योजना सार्वजनिक गर्नु भएकोछ । ईरानी राष्ट्रपति हसन रोउहानी र टर्कीका राष्ट्रपति रिसेफ ईर्डोगान संगको बार्तापछि राष्ट्रपति पुटीनले आफ्नो योजना सार्वजनिक गर्नुभएको हो । बार्तापछी जारी संयुक्त विज्ञप्तिमा तिनै जना राष्ट्रपतिले सिरियाको सरकार र प्रतिपक्षी दललाई रचनात्मक पहलका लागि आग्रह गर्नुभएको छ । सिरिया संकट समाधानका लागि रसियामा बस्न लागेको पश्चिमा मुलुकको संयुक्त बैठकमा पेश गर्ने गरी योजना बनाईएको समाचारमा उल्लेख छ । संकट समाधानकै लागि आगामी हप्ता संयुक्त राष्ट्र संघको पहलमा छलफल समेत हुँदैछ । यसअघी बसेका राष्ट्र संघ बैठकमा रसियाले लागातार भिटो शक्ति प्रयोग गरेपछी सिरिया संकटका सम्वन्धमा ठोस योजना पारित हुन सकेको छैन । संकट समाधानका लागि पहल स्वरुप साउदी
कृतिम प्रकाशको बढ्दो प्रयोगले पृथ्वीका बस्ने जिवजन्तुमा नकारात्मक प्रभाव पारिरहेको एक अध्ययनले देखाएको छ ।

कृतिम प्रकाशको बढ्दो प्रयोगले पृथ्वीका बस्ने जिवजन्तुमा नकारात्मक प्रभाव पारिरहेको एक अध्ययनले देखाएको छ ।

World News
विज्ञान/कृतिम प्रकाश कृतिम प्रकाशको बढ्दो प्रयोगले पृथ्वीका बस्ने जिवजन्तुमा नकारात्मक प्रभाव पारिरहेको एक अध्ययनले देखाएको छ । साईन्स जर्नलमा प्रकाशित अध्ययनले रातीको समयमा पृथ्वीमा अत्यधिक मात्रामा प्रयोग भईरहेको कृतिम प्रकाशले रातको अवस्था अन्त्य गरेकोले मानव सहित सबै प्राणीहरुमा त्यसको नकारात्मक असर देखिन थालेको जनाएको छ । अध्ययनले सन २०१२ देखि २०१६ सम्म रातको समयमा २ प्रतिशतका दरले बाहिरी प्रकाशको प्रयोग बढेको पनि उल्लेख गरेको छ । स्याटलाईटका माध्यमबाट खिचिएका रातको समयको फोटोमा समेत पृथ्वी झलमल्ल देखिनुले रात सकिन लागेको निष्कर्ष अध्ययनले निकालेको छ । अध्ययन प्रतिबेदनमा अमेरिका र स्पेनमा सबैभन्दा बढी कृतिम प्रकाशको प्रयोग भईरहेको र पछिल्ला बर्ष युरोप, एशिया र अफ्रिकाका मुलुकहरुमा समेत राती कृतिम प्रकाशको प्रयोग बढेको उल्लेख छ ।।
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेद्वारा पदबाट राजिनामा/सत्तारुढ दल जानु पिएफकै उपाध्यक्ष इमर्शन माङगाग्वा राष्ट्रपति बन्नुहुने ।

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेद्वारा पदबाट राजिनामा/सत्तारुढ दल जानु पिएफकै उपाध्यक्ष इमर्शन माङगाग्वा राष्ट्रपति बन्नुहुने ।

World News
जिम्वावे/राजीनामा जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजिनामा दिनुभएको छ । राजिनामासँगै जिम्बाबेमा मुगाबेको ३७ वर्ष लामो शासन समाप्त भएको छ । केहिदिन अघि सेनाले जिम्बाबेको शासन अधिनमा लिएपछि मुगाबे घरमै नजरबन्दमा हुनुहुन्थ्यो । जिम्बाबेको संसदको सभामुखले राष्ट्रपति मुगाबेले स्वेच्छाले राजिनामा दिनुभएको जानकारी संसदमा गराउँदै राजिनामापछि अब स्वभाविकरुपमा सत्ता हस्तान्तरण नयाँ नेतृत्वमा हुने बताउनुभयो । राष्ट्रपति मुगाबे विरुद्ध उहाँको पार्टी जानु पिएफले संसदमा महाअभियोग समेत दर्ता गरेको थियो । जानु पिएफ पार्टीले अब पार्टीका उपाध्यक्ष इमर्शन माङगाग्वा राष्ट्रपति बन्ने जनाएको छ । मुगाबे सन् १९८० देखि जिम्बाबेको सत्तामा हुनुहुन्थ्यो । मुगाबेको राजिनामापछि जिम्बाबेमा सर्वसाधारणले सडकमा आएर खुशियाली मनाएका छन् ।।
जिम्वाब्बेका राष्ट्रपति मुगाबेलाई सरकारमा रहेकै दलबाट महाअभियोग लगाउने तयारी/मुगाबेले संविधानको उल्लंघन गरेको सत्तारुढ दलकै निष्कर्ष ।

जिम्वाब्बेका राष्ट्रपति मुगाबेलाई सरकारमा रहेकै दलबाट महाअभियोग लगाउने तयारी/मुगाबेले संविधानको उल्लंघन गरेको सत्तारुढ दलकै निष्कर्ष ।

World News
जिम्बाबे/राष्ट्रपति महाअभियोग सेनाको नजरबन्दमा रहेर पनि सत्ता नछोड्नु भएका जिम्वाब्बेका राष्ट्रपति रोबर्ट मुगाबेलाई सरकारमा रहेको दलले महाअभियोग लगाएर हटाउने तयारी सुरु गरेको छ । राष्ट्रपति मुगाबे र उँहाकी श्रीमतीले देशको संविधान उलङ्घन गरेको आरोप लगाउदै सरकारमा रहेको दल जानु पि एफ ले महाअभियोग लगाउने तयारी गरेको हो । मुगाबेको दल जानु पि एफले मुगाबेलाई सत्ता छाड्न सोमबार सम्मको समय सिमा दिएको थियो । तर मुगाबेले सत्ता नछोड्ने अडान लिए संगै सो दलले आज बस्ने संसद बैठकमा राष्ट्रपति मुगाबे विरुद्ध महाअभियोगको प्रताव दर्ता गर्न लागेको हो ।   संसदले महाअभियोगको पक्षमा निर्णय गरेमा मुगाबे राष्ट्रपति पदबाट स्वत बर्खास्त हुनुहुनेछ । यस अघी मुगाबेलाई हटाएर त्यहाका उपराष्ट्रपतिलाई राष्ट्रपति बनाउन भएको प्रयास उहाले सत्ता नछाडेपछि सफल हुन सकेको थिएन् । जिम्बाब्बेको संविधानले संब
मरोक्कोको एक गाउँमा खाद्य राहत सामग्रि बितरणका क्रममा भएको भागदौडमा परी कम्तिमा १५ जनाको मृत्यु/मृत्यु हुनेमा अधिकांश बृद्धबृद्धा र महिलाहरु ।।

मरोक्कोको एक गाउँमा खाद्य राहत सामग्रि बितरणका क्रममा भएको भागदौडमा परी कम्तिमा १५ जनाको मृत्यु/मृत्यु हुनेमा अधिकांश बृद्धबृद्धा र महिलाहरु ।।

World News
मोरक्को/भागदौड मरोक्कोको एक गाउँमा खाद्य राहत सामग्रि बितरणका क्रममा भएको भागदौडमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । भागदौडमा च्यापिएर अन्य कयौं घाईते भएका छन् । मृत्यु र घाईतेहुनेमा अधिकांश बृद्ध बृद्धा र महिलाहरु रहेको जनाईएको छ । सिदि बोउ लालम राज्यमा एक निजी संस्थाले खाद्य सामाग्रि सहितको राहत वितरण गरिरहेका बेला भागदौड मच्चिएपछी उक्त हताहती भएको थियो । भागदौड के कारणले भएको हो भन्ने अनुसन्धान भईरहेको जनाईएको छ । ८ हजार मानिसहरुको बसोबास रहेको उक्त राज्यमा यस बर्ष खाद्य संकट उत्पन्न भई भोकमरी बढेकोले राहत सामाग्रि वितरण गरिएको थियो । मरोक्कोका राजा मोहम्मद छैठौले घटनाको छानविन संगै घाईतेहरुको उपचारमा तदारुकता देखाउन आदेश दिनुभएको समाचारमा उल्लेख छ ।।