Tuesday, May 22

Tag: अफगानिस्तान/काबुल आक्रमण

कम्तीमा चार जना बन्दुकधारी प्रवेश गरी अफगानिस्तानको काबुल स्थित एउटा होटेलमा आक्रमण/ जबाफि कारबाहिमा दुई जना आक्रमणकारीको मृत्यु

कम्तीमा चार जना बन्दुकधारी प्रवेश गरी अफगानिस्तानको काबुल स्थित एउटा होटेलमा आक्रमण/ जबाफि कारबाहिमा दुई जना आक्रमणकारीको मृत्यु

World News
अफगानिस्तान/काबुल आक्रमण अफगानिस्तानको एउटा इन्टर कन्टिनेन्टल होटेलमा कम्तीमा चार जना बन्दुकधारी प्रवेश गरी आक्रमण गरेको अफगानी अधिकारीहरुले जनाएका छन् । स्पेसल फोर्सले दुई जना आक्रमणकारीलाई मारेको र अन्यको खोजी भइरहेको अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ताले जनाएका छन् । बन्दुकधारीहरुले शनिबार साँझ होटलमा प्रवेश गरी पाहुनाहरुलाई लक्षित गरी बन्दुक पड्काउनुका साथै ग्रिनेट देखाएर आतंकित बनाएका थिए । घटनामा कम्तीमा ५ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । कति जना मारिए भन्ने बारेमा स्पष्ट पारिएको छैन । स्थानीय समय अनुसार राति ९ बजे बन्दुकधारीहरु होटेलका सुरक्षा गार्डलाई बन्दुक हानेर पाँच तत्ले होटेलमा प्रवेश गरेका थिए ।।