Friday, April 20

Tag: उत्तर-दक्षिण कोरिया/बैठक

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको व्यवस्थापकीय तहको बैठक बिहीबार बस्दै/ शिखर सम्मेलनको तयारीमा बैठक केन्द्रित हुने

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको व्यवस्थापकीय तहको बैठक बिहीबार बस्दै/ शिखर सम्मेलनको तयारीमा बैठक केन्द्रित हुने

World News
उत्तर-दक्षिण कोरिया/बैठक उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुको बैठक बिहीबार बस्ने भएको छ । यसै महिनाको अन्त्यतिर हुन लागेको दुई कोरियाको शिखर सम्मेलनको तयारीका लागि उनीहरुको बैठक हुन लागेको हो । उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका बीचमा पहिलो पटक यही अप्रिल २७ मा भेटवार्ता हुँदैछ । दुई कोरियाबीचको संघर्ष अन्त्य गर्न आयोजना गरिएको शिखर सम्मेलनका क्रममा उहाँहरुको भेटवार्ता हुन लागेको हो । त्यही सम्मेलनको तयारीका लागि व्यवस्थापकीय तहको बैठक बिहीबार बस्न लागेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । मर्यादाक्रम, सुरक्षा व्यवस्था, सञ्चारमाध्यमको व्यवस्थापन लगायतका विषयमा यो बैठकमा छलफल हुने बताइएको छ । सम्मेलनमा सहभागी हुने नेता किमको यातायात व्यवस्थापनका विषयमा पनि बैठक केन्द्रीत हुने भएको छ ।