Tuesday, May 22

Tag: ओली/प्रचण्ड वार्ता

बाम एकता संयोजन समितिको बैठक आज बस्दै/वैचारिक तथा सांगठनिक सहमति खोज्न एउटा समिति गठन गर्ने तयारी ।

बाम एकता संयोजन समितिको बैठक आज बस्दै/वैचारिक तथा सांगठनिक सहमति खोज्न एउटा समिति गठन गर्ने तयारी ।

National, Politics
ओली/प्रचण्ड वार्ता नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता प्रक्रियालाई गति दिन आज पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । संयोजन समितिको बैठकमा पार्टी एकताका सम्बन्धमा हालसम्म भएका प्रगति तथा भावी कार्ययोजनाका विषयमा छलफल गरी वैचारिक तथा राजनीतिक विषयमा मतैक्यता कायम गर्न र सांगठनिक पद मिलाउन एउटा समिति गठन गर्ने तयारी भएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो भएको बार्तामा यस्तो सहमति बनेको हो । राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताका विभिन्न पक्षबारे बार्तामा छलफल भएको अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिनुभयो । राष्ट्रियसभा निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढेका सन्दर्भमा पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याउने विष