Tuesday, May 22

Tag: जाजरकोट/नलसिंहगाड जलविद्युत

४ सय १० मेघावाटको जलाशययुक्त नलसिंहगाड जलबिद्युत आयोजना निर्माणको    काम ओझेलमा/१ बर्ष देखि निर्माण कार्यले गति लिन सकेन ।

४ सय १० मेघावाटको जलाशययुक्त नलसिंहगाड जलबिद्युत आयोजना निर्माणको काम ओझेलमा/१ बर्ष देखि निर्माण कार्यले गति लिन सकेन ।

District News, National
जाजरकोट/नलसिंहगाड जलविद्युत देशकै ठुलो मध्येको एक ४ सय १० मेघावाट क्षमताको जलाशययुक्त नलसिंहगाड जलबिद्युत आयोजना निर्माणको काम अलपत्र परेको छ । विकास समिति मार्फत संचालन भईरहको आयोजनाको काम कम्पनी मोडेलमा लगिए संगै कामले गति लिन नसकेको हो । १ बर्ष अघिदेखि जग्गाको मुआव्जा वितरण, पुर्वाधार निर्माण लगाएतका कार्य रोकिएको छ । त्यस्तै  विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) निर्माणको कार्य पनि पुरा हुन सकेको छैन । आयोजना विकास समितिलाई नलगाड हाईड्रो पावर कम्पनीमा परिवर्तन गरे यता आयोजना ओझेलमा परेको स्थानीयले बताएका छन् । आयोजनाका लागि ६ हजार रोपनी जग्गा अधिग्रहण गर्नु पर्नेमा हालसम्म २ सय ८१ रोपनी जग्गाको मात्र मुआब्जा वितरण गरिएको छ । निर्माण स्थल आसपासको २ सय रोपनी जग्गाको मुआब्जाका लागि तत्काल आवश्यक १२ करोड रुपैया समेत व्यवस्था हुन सकेको छैन । त्यस्तै बाँधस्थल सम्मको पहुँच मार्ग