Tuesday, May 22

Tag: जाजरकोट/पुल निर्माण

जाजरकोटको रिम्ना स्थित भेरी नदीमा पुल निर्माण भएपछि सीधा यातायात सेवा शरु/रुकुम पश्चिमदेखि डोल्पा सम्मका सर्वसाधारणलाइ सुविधा

जाजरकोटको रिम्ना स्थित भेरी नदीमा पुल निर्माण भएपछि सीधा यातायात सेवा शरु/रुकुम पश्चिमदेखि डोल्पा सम्मका सर्वसाधारणलाइ सुविधा

District News, National
जाजरकोट/पुल निर्माण भेरी कोरीडोर अन्तर्गत जाजरकोटको रिम्ना स्थित भेरी नदीमा पुल निर्माण भएपछि यातायात सेवा शरु भएको छ । जाजरकोट डोल्पा सडक अन्तर्गत पश्चिम रुकुमको  आठवीसकोटदेखि जाजरकोटको सदरमुकाम खलंगासम्म सिधा यातायात सेवा शुरु भएको हो । पुल बनेपछि स्थानीय व्यापारीलाई सामान ओसारपोसार गर्न र सर्वसाधारणलाई आवतजावतमा सजिलो भएको छ । सुर्खेत तथा नेपालगन्जबट सवारी तथा मालबाहक साधनहरु अहलिे नियमित पश्चिम रुकुम पुग्न थालेका छन ।   जाजरकोटको सदरमुकाम खलंगादेखि पश्चिम रुकुम आठबिसकोट सम्म सडक संजाल जोडिएपछि झन्डै २० किलोमिटर लामो सडक खण्डमा सवारीका साधन चलेका छन ।।
छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत डेढ दर्जन बढि नदी र खोलामा एकै साथ पुल निर्माणको काम शुरु/अब यातायात सेवा सहज हुने बिश्वास

छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत डेढ दर्जन बढि नदी र खोलामा एकै साथ पुल निर्माणको काम शुरु/अब यातायात सेवा सहज हुने बिश्वास

District News, National
जाजरकोट/पुल निर्माण जाजरकोटको छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत डेढ दर्जन बढि नदी र खोलामा एकै साथ पुल निर्माणको काम शुरु गरिएको छ । नदी तथा खोलामा पुल नहुदा यातायात सेवा सहज नभएकोले सल्लीबजारदेखि जाजरकोटसम्म पुल निर्माणको काम तिब्र बनाइएको हो । छेडागाड, कालीखोला, बालीखोला, खोदाखोला, सिम्लेखोला, बनगाड लगायतका नदी तथा खोलामा पुल निर्माणको काम भइरहेको छ । जाजरकोट राष्टिय सडक सञ्जालसंग जोडिएको लामो समय सम्म पनि पुल नहुदा वर्षायाममा यातायात सेवा प्रभाबित हुदै आएको थियो । अब पुल निर्माण भएपछि बाह्रै महिना यातायात सेवा सुचारु भै यात्रा सहज हुने अपेक्षा यात्रुहरुको छ ।।