Tuesday, May 22

Tag: जापान/पैसा चोरी

जापानको एउटा मनि एक्सचेञ्जको इन्टरनेट नेटवर्क ह्याकिङ गरी साढे पाँच अर्ब रुपैया बराबरको रकम चोरी भएको छ

जापानको एउटा मनि एक्सचेञ्जको इन्टरनेट नेटवर्क ह्याकिङ गरी साढे पाँच अर्ब रुपैया बराबरको रकम चोरी भएको छ

World News
जापान/पैसा चोरी जापानको एउटा मनि एक्सचेञ्जको इन्टरनेट नेटवर्क ह्याकिङ गरी साढे पाँच अर्ब रुपैया बराबरको रकम चोरी भएको छ । क्वाइन चेक नाम गरेको जापानकै ठूलो मध्येको एक मनी एक्सचेञ्जको नेटवर्कमा पसेर ह्याकरले करिब साढे पाँच करोड अमेरिकी डलर चोरेको मनी एक्सचेञ्जले जनाएको छ । ह्याकरले नेटवर्कबाट आफ्नो खातामा पैसा सारेको एक्सचेञ्जका अधिकारीहरुले बताएका छन् । तर पैसा कसले र कहाँ लग्यो भन्ने बारे भने थाहा हुन सकेको छैन । पैसा चोरीएको पुष्टी भएमा यो प्रविधीको दुरुपयोग गरी भएको विश्वको हालसम्मकै ठूलो चोरी हुने छ । यस अघी पनि सन् २०१४ मा जापानमा त्यस्तै चोरीको घटनामा टोकियो एक्सचेञ्जको करिव चार करोड अमेरिकी डलर चोरी भएको थियो । क्वाइन चेकको नेटवर्कबाट चोरिएको रकम इन्टरनेटकै गोप्य खातामा राखिएको अनुमान गरिए पनि त्यस बारे स्पष्ट तथ्य भने प्राप्त हुन सकेको छैन ।।