दशरथ रंगशाला पुननिर्माण – Nepal Television-Communication for Development
Sunday, January 21

Tag: दशरथ रंगशाला पुननिर्माण

नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको दशरथ रंगशालाको पुननिर्माणमा ढिलाइ/ आगामी साफ खेलकूद बारेको अन्यौल कायमै

नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको दशरथ रंगशालाको पुननिर्माणमा ढिलाइ/ आगामी साफ खेलकूद बारेको अन्यौल कायमै

National
दशरथ रंगशाला पुननिर्माण नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको दशरथ रंगशालाको पुननिर्माणमा ढिलाइ हुदा विगत दुइ वर्ष देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कुनैपनि खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको छैन । अबको एक वर्षभित्र रंगशालाको पुननिर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेपनि पुर्वाधार अभावमा २०१९मा नेपालले आयोजना गर्नुपर्ने १३ औ दक्षिण एसियाली खेलकुद साफ प्रतियोगिता प्रभावित हुने हो कि भन्ने अन्यौलता कायमै छ ।।  कुनै समय दर्शकको आवाजले गुञ्जायमान हुने नेपालको एकमात्र अन्तराष्ट्रिय स्तरको रंगशाला आजभोली शुन्य छ । भुकम्पबाट क्षति पुगेको रंगशालाका संरचना बन्न नसक्दा न त कुनै प्रतियोगिता सञ्चालन हुन सकेको छ न त रंगशाला परिसरमा कुनै चहलपहल नै छ । भौतिक पुर्वाधारको अभावमा खेलकुदको स्तर खस्किरहेका बेला रंगशाला पुननिर्माणमा भैरहेको ढिलाइले खेलाडीहरुलाइ झनै निराश बनाएको छ ।