निर्वाचन आयोग/पत्रकार – Nepal Television-Communication for Development
Monday, December 11

Tag: निर्वाचन आयोग/पत्रकार

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान हुन अब ३ दिन बाँकी/आज मध्य रातीबाट मौन अवधि शुरु हुने/सबै तयारी पूरा भएको निर्वाचन आयोगको भनाइ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान हुन अब ३ दिन बाँकी/आज मध्य रातीबाट मौन अवधि शुरु हुने/सबै तयारी पूरा भएको निर्वाचन आयोगको भनाइ ।

District News, National, Politics
निर्वाचन आयोग/पत्रकार प्रतिनीधिसभा तथा प्रदेशसभा सदस्यको यही मंसीर २१ गते हुने निर्वाचनको मतदान हुन अव ३ दिन मात्र बाँकी छ । आउँदो विहिवार हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा उम्मेदवारहरूले प्रचारप्रसार गर्न र भोट माग्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ । यसैबीच निर्वाचनका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन आयोगले हिजो गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डाक्टर अयोधीप्रसाद यादवले अब निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभएको हो । प्रमुख आयुक्त डा. यादवले २१ गते मतदान सम्पन्न भएपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लाको मतगणना सुरु हुने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा निर्वाचन आय
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने प्रमुख निर्वाचन आयुक्तको भनाइ/निर्वाचन हुनेमा ढुक्क रहन आग्रह ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने प्रमुख निर्वाचन आयुक्तको भनाइ/निर्वाचन हुनेमा ढुक्क रहन आग्रह ।

National, Politics
निर्वाचन आयोग/पत्रकार प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न हुने कुरामा कुनै शंका नगर्न सबै दल एवं मतदातालाइ आग्रह गर्नुभएको छ । निर्वाचन आयोगमा पत्रकार सम्मेलनको आयोजना गरी तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नेगरी आयोगले तयारी तीव्र रुपमा अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि गत असोज २९ गते राजनैतिक दलहरुले समानुपातिक तर्फको उम्मेदवारहरुको बन्दसूची बुझाइसकेका छन् । अहिले उम्मेदवारहरुको बन्दसूचीको जाँचबुझ गर्ने काम भइरहेको सो अवसरमा जानकारी दिइयो ।। निर्वाचन आयोग/कुटनीतिक निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको ७५ प्रतिशत तयारी सकिएको जनाएको छ । नेपालस्थित बिभिन्न कुटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरुलाई आसन्
प्रदेश नम्वर २ मा हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन/ उत्साहपूर्वक सहभागी हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह ।

प्रदेश नम्वर २ मा हुने स्थानीय तह निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन/ उत्साहपूर्वक सहभागी हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह ।

National, Politics
निर्वाचन आयोग/पत्रकार प्रदेश नम्वर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आज हुने उम्मेदवार मनोनयनमा सहभागी हुन निर्वाचन आयोगले सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आग्रह गरेको छ । आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले निर्वाचनलाई जनप्रतिनिधि चयन गर्ने उत्सवका रुपमा लिन सबैलाई आग्रह गर्नुभयो । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुका लागि निर्धक्कसँग उम्मेदवारी दर्ताको वातावरण रहेको बताउदै उहाँले त्यसमा बाधा पुर्याउने जो कोहीलाई कार्वाही गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिनुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं विश्वसनीय बनाउन आयोगले निर्वाचन आचार संहिता लागू गरेको, मतदाता शिक्षा र पर्यवेक्षण कार्यलाई प्रभावकारी बनाईएको पनि प्रमुख आयुक्त यादवले उल्लेख गर्नुभयो । बाढी र डुवानबाट प्रभावित ८ वटै जिल्ला
आउँदो मंसिरमा हुने निर्वाचनका लागि आचारसंहिता लागु/आचारसंहितालाइ कडाइका साथ पालना गर्न निर्वाचन आयोगको आग्रह ।

आउँदो मंसिरमा हुने निर्वाचनका लागि आचारसंहिता लागु/आचारसंहितालाइ कडाइका साथ पालना गर्न निर्वाचन आयोगको आग्रह ।

National, Politics
निर्वाचन आयोग/पत्रकार निर्वाचन आयोगले आउँदो मंसिर महिनामा हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिजोबाट आचारसंहिता लागु गरेको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण तयार गर्न आयोगले बुधबारबाट आचारसंहिता लागु गरेको हो । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवको अध्यक्षतामा हिजो बसेको बैठकले आचारसंहिता लागू गर्दै सबै निकायहरुलाई जानकारी गराउने निर्णय गरेको छ ।।
दोश्रो चरणको निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागिता/७० दशमलव ५ प्रतिशत मतदान/मतगणनाका लागि मतपेटिकाहरुको संकलन हुँदै ।

दोश्रो चरणको निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागिता/७० दशमलव ५ प्रतिशत मतदान/मतगणनाका लागि मतपेटिकाहरुको संकलन हुँदै ।

ELECTION SPECIAL, National
निर्वाचन आयोग/पत्रकार दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतदान मतदाताको उत्साहजनक सहभागितामा आज सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा ७० दशमलव ५ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार सबैभन्दा धेरै मत बाजुरामा ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ । सोलुको नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ को तिङ्लामा मतदाताहरु मतदानमा सहभागी भएनन् भने नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा २ मत मात्र खसेको छ । मतपेटिका संकलन दोस्रो चरणको निर्वाचन अन्तरगत आज ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका लागि आज मतदान सम्पन्न भएको छ । आज सम्पन्न मतदानबाट स्थानीइ सरकारका १५ हजार ३८ जना प्रतिनिधि निर्वाचित हुनेछन् । मतदानका बेला मौसम अनुकूल नहुने पूर्वानुमान गरिएको भएपनि केही मतदान स्थल बाहेक अन्य ठाउँमा आज मौसमले मतदानलाइ बाधा गरेन । बरु विगत केही दिन अ
दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भोलि मनोनयन दर्ता/उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक रुपमा सहभागी हुन प्रमुख आयुक्तको आग्रह ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भोलि मनोनयन दर्ता/उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक रुपमा सहभागी हुन प्रमुख आयुक्तको आग्रह ।

ELECTION SPECIAL, National
निर्वाचन आयोग/पत्रकार निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ मा  दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सम्पुर्ण तयारी पूरा गरेको छ । आयोगको कार्यालय कन्तिपथमा आज पत्रकार सम्मेलन गरी आयोगले तीन बटा प्रदेशको निर्वाचन तयारी पुरा भएको जानकारी दिएको हो । दोस्रो चरणको निर्वाचन कार्यतालिका अनुशार भोली विहान ८ बजेदेखी ४ बजे सम्म उम्मेदवारी मनोनयनको समय रहेको छ । आयोगले उत्साहपूर्ण रुपमा उम्मेदवारी मनोनयनमा सहभागिता जनाउन राजनीतिक दलहरुलाइ आग्रह गरेको गरेको छ । यसै गरी उम्मेदवारी दर्ता स्थलमा प्राकृतिक प्रतिकूलतालाई ध्यानमा राखेर आवश्यक सुरक्षित व्यवस्था र सुरक्षा र भौतिक व्यवस्था मिलाउन मु्ख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइसकिएको आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र कायम गरिएको छ भने  सुरक्षाकर्मी बाहेक ६