निर्वाचन आयोग/फलोअप – Nepal Television-Communication for Development
Monday, December 11

Tag: निर्वाचन आयोग/फलोअप

प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा / ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह ।

प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा / ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह ।

National, Politics
निर्वाचन/तयारी पूरा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी सहित सबै सामग्री मतदान केन्द्रमा पुगेको छ । ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा भोली हुने मतदानका लागि सुरक्षा प्रबन्धसहित आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनका लागि एक लाख ५५ हजार कर्मचारी खटिएका छन् । यसैबीच प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले केही समययता भएका विष्फोटनका घटना निन्दनीय रहेको बताउदै सरकारले सुरक्षा व्यवस्थालाइ प्रभावकारी बनाइसकेकाले ढुक्क भएर मताधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो ।। निर्वाचन आयोग/फलोअप यसैबीच निर्वाचन आयोगले प्रतिनिसभा र प्रदेश तर्फको मतपरिणाम ४ दिनमा सार्वजनिक गरि सक्ने जनाएको छ । आयोगले हिजो गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त इश्वरी प्रसाद पौडेलले प्रतिनिधिसभा र प्रदेशस
प्रदेश नम्बर २ को निर्वाचनका लागि सुरक्षा व्यवस्था र जनशक्ति व्यवस्थापनको तयारी पूरा/भदौ ३० बाट ३ दिनसम्म मतदाता परिचयपत्र वितरण गरिने ।

प्रदेश नम्बर २ को निर्वाचनका लागि सुरक्षा व्यवस्था र जनशक्ति व्यवस्थापनको तयारी पूरा/भदौ ३० बाट ३ दिनसम्म मतदाता परिचयपत्र वितरण गरिने ।

National
निर्वाचन आयोग/फलोअप निर्वाचन आयोगले आगामी असोज २ गते निर्वाचन हुने ८ वटै जिल्लामा यही भदौ ३०, ३१ र असोज १ गते मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । तेस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्वर २ का १ सय ३६ वटै स्थानीय तहका मतदान केन्द्रहरुबाट आयोगले मतदाता परिचयपत्र वितरण गर्न लागेको हो । आयोगले परिचयपत्र वितरण संगै मतदाता लक्षित निर्वाचन शिक्षा कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ । मतदाता परिचयपत्रसंगै मतदाताहरुलाई नमुना मतदान र मतदाता शिक्षा कार्यक्रम मार्फत शिक्षा दिन लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।  आयोगले निर्वाचनका लागि आवश्यक कर्मचारी र जनशक्ति भोलिसम्म सबै स्थानीय तहमा खटाईसक्ने जानकारी दिदै सुरक्षा व्यवस्था, जनशक्ति र आवश्यक सामग्रीको तयारी पुरा भएको जनाएको छ । यसका साथै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू हुनुअघि सरुवा भएका कर्मचारीलाई यथा