Friday, April 20

Tag: प्रम/विशेष सम्बोधन/संसदप्रधानमन्त्री

छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित र सुदृढ बनाउने प्रधानमन्त्रीको प्रतिबध्दता/भारत भ्रमणमा बिगतमा भएका समझदारी र सम्झौताको कार्यान्यनमा जोड दिइने

छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित र सुदृढ बनाउने प्रधानमन्त्रीको प्रतिबध्दता/भारत भ्रमणमा बिगतमा भएका समझदारी र सम्झौताको कार्यान्यनमा जोड दिइने

National, Politics
प्रम/विशेष सम्बोधन/संसदप्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उहाँले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिनुभएको हो । मुलुकको समृद्धिका लागि छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध, भरपर्दो, मैत्रीपूर्ण, समानता, पारस्परिक लाभ र विश्वासयुक्त वातावरणका आधार विकास गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले छिमेकी मुलुकलाई विकासका साझेदार बनाउने सरकारको अभीष्ट रहेको स्पष्ट पार्दै शंकारहित र भरपर्दो मित्रता कायम गर्ने सरकारको नीति रहेको बताउनुभयो । उहाँले छिमेकसँगको मित्रतापूर्ण सम्बन