Monday, February 19

Tag: फूटबल फाइनल

राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवलाइ/ टाइब्रेकरमा त्रिभुवन आर्मि क्लब पराजित

राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवलाइ/ टाइब्रेकरमा त्रिभुवन आर्मि क्लब पराजित

Sports
फूटबल फाइनल २८ औं राखेप कप राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगीताको उपाधी नेपाल पुलीस क्लवले जितेको छ । टाई ब्रेकरमा त्रिभुवन आर्मिलाई हराउदै पुलिस उपाधी जित्न सफल भएको हो । घोराहीको भरतपुर खेल मैदानमा त्रिभुवन आर्मि र नेपाल पुलिस क्लव बिच भएको फाइनलमा निर्धारित ९० मिनेट सम्म कुनै पनि गोल हुन नसकेपछि सिधै टाई ब्रेकरमा खेलाईएको थियो । टाई ब्रेकरमा आर्मीका राजिव गुरुङले प्रहार गरेको बल गोलमा परिणत हुन नसकेपछि पुलीस क्लव बिजयी भएको हो । तेस्रो स्थानका लागी भएको अर्को खेलमा शसस्त्र प्रहरि बल एपिएफ विजयी भएको छ । निर्धारित समयमा सुदुर पश्चिमसँग २/२ गोलको बराबरी भएपछि टाई ब्रेकरबाट एपिएफ बिजयी भएको हो । माघ २ गतेदेखी दाङमा सुरु भएको राष्ट्रिय च्याम्पेनसिप पुरुष फुटबल प्रतियोगीतामा तिन बिभागिय टिम सहित ८ टिमको सहभागिता रहेको थियो ।।