Tuesday, May 22

Tag: भण्डारी फुटबल/ईटहरी

थ्री स्टार क्लब ईटहरीमा सम्पन्न मदन भण्डारी मेमोरियल अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि जित्न सफल/उपाधिसँगै १२ लाख रुपैयाँ पुरस्कार प्राप्त

थ्री स्टार क्लब ईटहरीमा सम्पन्न मदन भण्डारी मेमोरियल अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि जित्न सफल/उपाधिसँगै १२ लाख रुपैयाँ पुरस्कार प्राप्त

Sports
भण्डारी फुटबल/ईटहरी मनाङ–मस्र्याङदी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ईटहरीमा सम्पन्न मदन भण्डारी मेमोरियल अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । झण्डै दुई वर्षसम्म फुटबल खेल मैदान बाहिर रहेको थ्री स्टारका तर्फबाट बुद्ध चेम्जोङले गरेको गोल निर्णायक बनेको थियो । उपाधिसँगै थ्री स्टारले १२ लाख रुपैयाँ हात पारेको छ । थ्री स्टारका अनन्त तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए भने सोहि क्लबका प्रशिक्षक मेघराज केसीले उत्कृष्ट प्रशिक्षकको उपाधि हात पारे । उपविजेता मनाङ मर्स्याङदी क्लबले पाँच लाख रुपैयाँ जितेको छ । विजेता तथा उपविजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शिल्ड र उपाधि प्रदान गर्नुभयो ।।