शेयर/अपडेट – Nepal Television-Communication for Development
Sunday, January 21

Tag: शेयर/अपडेट

हप्ताको सुरुबाटै सुधार भएको शेयरबजार उकालो लाग्ने क्रम जारी

हप्ताको सुरुबाटै सुधार भएको शेयरबजार उकालो लाग्ने क्रम जारी

Business
शेयर/अपडेट यो हप्ताको सुरुबाटै सुधार भएको शेयरबजार उकालो लाग्ने क्रम जारी छ । यसक्रममा हिजो पनि नेप्से २५.१४ अंकले बढेर १५१६.०२ अंकमा पुग्यो । कारोबारमा आएका अधिकांस कम्पनीको सेयर मूल्य माथि चढे पछि बजार तिब्र गतिमा उकालो लागेको हो । बजार खुलेको २ घण्टामा १५२१ अंकसम्म पुगेको बजार फेरी केही सुस्त बनेर उकालो लागेको थियो । हिजो १६५ कम्पनीहरुको सेयर किनबेच भएको छ । बजार बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै ४ करोड रुपैंयाले बढेको हो । शेयरबजार २५ अंकले बढ्दा बजार पूँजीकरणमा पनि व्यापक सुधार देखिएको छ । हिजो चिलिमे जलविद्युतको सेयरमा अधिक कारोबार चाप रह्यो । अधिक कमाउनेको सूचीमा साना तथा मझौला कम्पनीको वर्चस्व छ ।।