Friday, September 22

Author: NTV

विजयी उम्मेदवार/मनाङ+मुस्ताङ

विजयी उम्मेदवार/मनाङ+मुस्ताङ

ELECTION SPECIAL
स्थानीय तहको पहिलो चरणमा सम्पन्न निर्वाचन अन्तर्गतका मतपरिणामहरु क्रमशः आउन थालेका छन ।२ स्थानीय तहमा निर्विरोध समेत गरि हालसम्म ९ स्थानीय तहको नतिजा प्राप्त भएको छ । (more…)
निर्वाचनको बेला शेयर बजारमा सामान्य वृद्धि ।

निर्वाचनको बेला शेयर बजारमा सामान्य वृद्धि ।

Business, ELECTION SPECIAL
हिजो नेप्से सूचक शुन्य दशमलव ६५ विन्दुले बढेर १६५९ दशमलव २३ विन्दुमा पुगेको छ । यसदिन १३९ कम्पनीको ६७ करोड ५५ लाख बराबरको कारोबार भयो । विकास बैंक, हाइड्रोपावर र अन्यबाहेक बाँकी सबै उपसमूह सकारात्मक भएका छन् । नेपाल टेलिकम र जलविद्युत तथा लगानी कम्पनीको वर्चस्व रहेको अन्य समूह सबैभन्दा धेरै ११.५७ अंकले तल झरेको छ । उत्पादनमूलक समूहको सूचक २५.३ अंकले बढेको छ । पुँजी बजारमा वर्चस्व राख्ने वाणिज्य बैंक समूहको सूचक २.६४ अंकले माथितिर लागेको छ । बिमा सूचक पनि ८.६५ अंकले माथि लागेको छ ।।
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी

स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी

ELECTION SPECIAL
पहिलो चरणको स्थानीय चुनावको मतगणना धमाधम भइरहेको छ । ३४ जिल्लाका २८३ स्थानीय तहमध्ये १५ स्थानीय तहको नतिजा आइसकेको छ । जसमा नेकपा एमाले ५, माओवादी केन्द्र ५, नेपाली काँग्रेसको ४ र स्वतन्त्रबाट एकजना विजयी भएका छन् । अन्य तहको नतिजा आउन बाँकी छ । यसैबीच भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनामा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार रेणु दाहाल ४ सय २४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । नेकपा एमालेका देवी ज्ञवालीले ४ सय ११ मत प्राप्त गर्नुभएको छ । महानगरपालिकाको वडा नम्बर १ को १ हजार मतगणना भएको छ । यसैगरी पोखरा-लेखनाथ महानगरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार मेयरमा नेकपा एमाले अग्रस्थानमा छ । नेकपा एमालेले ९ सय ३१ मत प्रमुख पदका लागि पाएको छ भने नेपाली कांग्रेसले ६ सय ६५ मत पाएको छ । त्यसैगरी उपमेयर पदमा नेकपा एमालेले ९०४ र नेपाली कांग्रेसले ६९५ मत प्राप्त गरेका छन् । यसैगरी काठमाडौ महानगरपाल
निर्विरोध चयन/डोल्पा+मनाङ

निर्विरोध चयन/डोल्पा+मनाङ

ELECTION SPECIAL
  डोल्पा जिल्लाको से-फोक्सुन्डो गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका तासि तुन्दुक गुरुङ निर्वाचित हुनुभएको छ भने उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दावा सन्दुक गुरुङ निर्वाचित हुनुभएको छ । यसैगरी मनाङको नार्फु गाउँपालिकाको अध्यक्षमा मिङ्मा छिरिङ लामा र उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै फुर्पा झोम्वा लामा निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी विभिन्न गाउँ, नगर र महानगरका वडाहरुको मत परिणाम पनि प्राप्त भइरहेका छन । यसक्रममा गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार हिक्मतबहादुर कुँवर प्यानलसहित विजयी हुनुभएको छ ।।
उत्तर कोरिया/क्षेप्यास्त्र

उत्तर कोरिया/क्षेप्यास्त्र

World News
उत्तर कोरियाले अर्को व्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनाले पहिचान नखुलेको एउटा क्षेप्यास्त्र उत्तर कोरियाको गुसङ शहरबाट प्रहार गरिएको र सो क्षेप्यास्त्र ७ सय किलोमिटरमाथि सम्म उडेको बताइएको छ । जापानले सो क्षेप्यास्त्र जापानी समुद्रमा खसेको जनाएको छ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण लगत्तै दक्षिण कोरियाका नयाँ राष्ट्रपति मुन जे ईनले राष्ट्रिय सुरक्षा परिषदको आपतकालिन बैठक बोलाउनुभएको छ । २ हप्ता अघि उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण केही मिनेट उडेर खसेको थियो ।।

नेपाली महिला/सगरमाथा आरोहण

National
नेपाली महिला आरोही ल्हाक्पा शेर्पाले आठौं पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड भंग गरेकी छिन। उनले चीनको तिब्बततर्फ पर्ने सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गरेकी हुन। शखुंवासभाको मकालु गाउंमा जन्मनु भएका आरोही ल्हाक्पा ३ वटा छोरा छोरीकी आमा हुन। ४४ बर्षिया आरोही ल्हाक्पाले सन २००० मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी थिईन। नेपाली महिला आरोही स्वर्गीय  पासाङल्हामु शेर्पाले २०५० सालमा सगरमाथा आरोहण गरेपछि  अन्य नेपाली महिला आरोहीहरुले पनि सफलता प्राप्त गर्न प्रारम्भ गरेका थिए। यसैक्रममा आरोही  ल्हाक्पा दोश्रो नेपाली महिलाका रुपमा सगरमाथाको शिखरमा पुगेकी थिईन ।।
सवारी साधन/नियन्त्रण

सवारी साधन/नियन्त्रण

Breaking News, ELECTION SPECIAL
पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुन लागेको प्रदेश नम्ब ३, ४ र ६ मा आज सरकारले बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म अनुमति बिनाका सवारी साधनहरु चलाउन निषेध गरेको छ । यसैक्रममा आज बिहान ६ बजेसम्ममा काठमाडौमा बिना अनुमति चलाइएका २५ वटा सवारीका साधन नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका यी सवारीका साधनहरु साँझ ७ बजेपछि मात्र छाडिने बताइएको छ ।।
मन्त्रिपरिषद/बैठक

मन्त्रिपरिषद/बैठक

National, Politics
सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ अर्थात वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर गर्ने भएको छ । सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको हो । चीन सरकारले अगाडि सारेको यो अवधारणाको प्रस्तावलाई नेपालले महत्वका साथ हेरेको र यसबाट लाभ लिने विषयमा नेपालका स्वतन्त्र विद्वानको सुझाव लिएर अगाडि बढ्ने रणनीति तय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बैठकले राजविराजलगायत स्थानमा मधेस आन्दोलनमा मारिएका सन्जन महतो, आनन्द साह, पीताम्बरलाल मण्डल, वीरेन्द्र महतो र किरण यादव, मोरङमा मारिएका वासुदेव साह तथा ताप्लेजुङमा मारिएका वन रक्षक गणेशबहादुर शाहीलाई सहिद मान्ने निर्णय गरेको छ । त्यस्तै काठमाडौँ उपत्यकामा चार नयाँ सहर सुरुआत गर्ने निर्णय पनि भएको छ ।।
प्रधानमन्त्रीद्बारा मन्त्रिपरिषद विस्तार ।

प्रधानमन्त्रीद्बारा मन्त्रिपरिषद विस्तार ।

Breaking News, National
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । नवगठित मन्त्रिपरिषदमा नेपाल लोकतान्त्रिक फोरम सहभागी भएको हो । सो पार्टीका तर्फबाट पार्टी अध्यक्ष ले उपप्रधानमन्त्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसैगरी जितेन्द्रदेवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको र गोपाल दहितले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको नेतृत्व सम्हाल्नु भएको छ । नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले हिजै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको विरोधमा कमल थापा नेतृत्वको राप्रपा सरकारबाट बाहिरिएपछि यी तीनवटै मन्त्रालय नेतृत्व विहिन थियो ।।          
अमेरिका/बाराक ओवामा

अमेरिका/बाराक ओवामा

World News
अमेरिकाका पूर्व राष्ट्रपति बराक ओवामाले माइकल फ्लेनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त नगर्न सजग गराउनु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लेनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गर्ने तयारी गरिरहनु भएको छ । ह्वाइट हाउसका प्रेस सल्लाहकार सिन स्पाइसरले पूर्व राष्ट्रपतिबाट असन्तुष्टि व्यक्त भएको स्वीकार गर्नुभएको छ । फ्लेनलाई सन् २०१४ मा सुरक्षा गुप्तचर संस्थाको प्रमुखबाट हटाइएको थियो । अमेरिकी सेनाका अवकाश प्राप्त  लेफ्टिनेन्ट जनरल फ्लेनले रसियासँगको सम्पर्क र सम्बन्धका बारेमा गलत जानकारी दिएको आरोप छ । त्यसै गरी फ्लेनको सल्लाहबाट काम गर्दा इस्लामिक स्टेट विद्रोही गतिविधि बढेको भनी उहाँको विरोध हुने गरेको छ ।।
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci