Tuesday, July 25

Business

हिमाली क्षेत्र हुम्लाका विपन्न महिलाहरु आत्मनिर्भरको बाटो रोज्न थालेका छन् ।

हिमाली क्षेत्र हुम्लाका विपन्न महिलाहरु आत्मनिर्भरको बाटो रोज्न थालेका छन् ।

Business, District News
हुम्ला/महिला आत्मनिर्भर हिमाली क्षेत्र हुम्लाका विपन्न महिलाहरु आत्मनिर्भरको बाटो रोज्न थालेका छन् । सधैं बालबच्चा र घरको कामधन्दामा व्यस्त रहँदै आएका महिलाहरुको पछिल्लो समय सिलाई कटाईप्रति आकर्षण बढ्न थालेको हो । महिला तथा बालबालिका कार्यालय हुम्लाको आर्थिक सहयोग र जिल्ला घरेलु कार्यालयको व्यवस्थापनमा राष्ट्रपति महिला उत्थान कार्यक्रमले संचालन गरेको तालिममा जिल्लाका सातवटै गाउँपालिकाका विपन्न महिला तथा विद्यालय छाडेका किशोरीहरुको सहभागिता रहेको छ । घरको आर्थिक अवस्था कमजोर हुन थालेपछि हुम्ला जिल्लाका विपन्न र एकल महिला तथा किशोरीहरुले सो तालिम सुरु गरेका हुन् ।।
नेपालका विकासमा सहयोग पुर्‍याउँदै आएका अन्तराष्ट्रिय दाता समुदाय एवं बिकास साझेदारहरुले संघियता ब्यवस्थापनका लागि स्थानीय सरकारको क्षमता बिकासमा जोड

नेपालका विकासमा सहयोग पुर्‍याउँदै आएका अन्तराष्ट्रिय दाता समुदाय एवं बिकास साझेदारहरुले संघियता ब्यवस्थापनका लागि स्थानीय सरकारको क्षमता बिकासमा जोड

Business
अर्थ मन्त्रालय/पत्रकार नेपालका विकासमा सहयोग पुर्‍याउँदै आएका अन्तराष्ट्रिय दाता समुदाय एवं बिकास साझेदारहरुले संघियता ब्यवस्थापनका लागि स्थानीय सरकारको क्षमता बिकासमा जोड दिएका छन् । अर्थ मन्त्रालयले हिजो आयोजना गरेको छलफलमा साझेदार संघ संस्थाका प्रतिनिधीहरुले स्थानीय सरकारको क्षमता विकास, पूँजीको निर्माण र खर्चको गुणस्तरमा ध्यान पुर्‍याउन सुझाव दिएका हुन् ।  छलफलमा उनिहरुले भुकम्पपछिको पुनः निर्माणमा भएको ढिलाइप्रति चिन्ता ब्यक्त गर्दै पुनः निर्माण कार्य छिटो सम्पन्न गर्न स्थानीय सरकार मार्फत कार्य आगाडी बढाउनुपर्ने सुझाव दिए । कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक संबृद्धि प्राप्तीनै सरकारको मुख्य एजेण्डा भएको भन्दै स्थानीय तहमा आर्थिक बृद्धिका लागि विकास साझेदारहरुबाट सहयोगको अपेक्षा गर्नुभयो ।।
सरकारले गत आर्थिक बर्षमा खर्च गरेको रकममध्ये करिब ४० प्रतिशत रकम काठमाण्डौ जिल्लामा खर्च

सरकारले गत आर्थिक बर्षमा खर्च गरेको रकममध्ये करिब ४० प्रतिशत रकम काठमाण्डौ जिल्लामा खर्च

Business
महालेखा नियन्त्रक/पत्रकार सरकारले गत आर्थिक बर्षमा खर्च गरेको रकममध्ये करिब ४० प्रतिशत रकम काठमाण्डौ जिल्लामा खर्च गरेको छ । सरकारले ३ सय १२ अर्ब रुपयाँ काठमाण्डौ जिल्लामा खर्च गरेको हो । यसैगरि सरकारले उठाउने लक्ष्य राखेको कुल राजस्व ५ सय ६५ अर्ब मध्ये २४ प्रतिशत अर्थात् १ सय ३३ अर्ब रुपयाँ काठमाण्डौ जिल्लाबाट मात्र संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मुलुकका विभिन्न ठाउँहरुमा सञ्चालित आयोजनाको मुख्य कार्यालय काठमाण्डौमा हुनु, वैदेशिक तथा आन्तरिक ऋणको साँवा तथा ब्याजको भुक्तानी काठमाण्डौबाटै हुने गरेका कारण बढी खर्च देखिएको जानकारी दिइएको हो ।।
धितोपत्र बजारमा यो साता चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार रुपैया बराबरको शेयर कारोबार

धितोपत्र बजारमा यो साता चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार रुपैया बराबरको शेयर कारोबार

Business
शेयर/समीक्षा धितोपत्र बजारमा यो साता चार अर्ब ७३ करोड ८२ लाख ६७ हजार रुपैया बराबरको शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १२ दशमलव ७२ प्रतिशत बढी हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२ दशमलव १८ अंकले बढेर अन्तिम दिन एक हजार ६३५ दशमलव ७५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ०८ अंकले बढेर ३४७ दशमलव ४५ अंकमा पुगेको छ । यो साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ ।।
एकवर्षको अवधिमा झण्डै ५० हजार विद्यार्थीले विदेशमा अध्ययन गर्न जानकालागि नो अब्जेक्शन लेटर लिएका छन् ।

एकवर्षको अवधिमा झण्डै ५० हजार विद्यार्थीले विदेशमा अध्ययन गर्न जानकालागि नो अब्जेक्शन लेटर लिएका छन् ।

Business, National
शैक्षिक मेला गएको एकवर्षको अवधिमा झण्डै ५० हजार विद्यार्थीले विदेशमा अध्ययन गर्न जानकालागि नो अब्जेक्शन लेटर लिएका छन् । विदेशमा अध्ययन गर्न चाहने यस्तै विद्यार्थीहरुलाई लक्षित गरी काडमाण्डौमा ११ औ शैक्षिक परामर्श मेला शुरु भएको छ । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी तथा तिनका अभिभावकको भीड हो यो । अतिराजनीतिकरणका कारण नेपालको शिक्षा गुणस्तरिय तथा समसापेक्ष नभएको भन्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्नुपर्ने सोचाई विद्यार्थी तथा अभिभावकको छ । गत आर्थिक बर्षमा झण्डै ५० हजार विद्यार्थीले विदेशमा अध्ययन गर्नकालागि शिक्षा मन्त्रालयबाट नो अब्जेक्शन लेटर लिएको अवस्थामा नेपालको शिक्षा प्रणाली प्रति अविश्वास देखिएको हो ।मुलुकमा १० वटा विश्वविद्यालय तथा ३ वटा मानित विश्वविद्यालयहरुले उच्च शिक्षा प्रदान गरिरहेपनि ती विश्वविद्यालयले दिने शिक्षा प्रति विद्यार्थी सन्त
नेपाल आयल निगमले बाराको अमलेखगंजदेखि भारतको रक्सौलसम्म इन्धन ल्याउनका लागि पाईपलाईनको रेखाकंन र पिलर राख्ने काम सुरु

नेपाल आयल निगमले बाराको अमलेखगंजदेखि भारतको रक्सौलसम्म इन्धन ल्याउनका लागि पाईपलाईनको रेखाकंन र पिलर राख्ने काम सुरु

Business, District News, National
बारा/इन्धन पाइपलाइन नेपाल आयल निगमले बाराको अमलेखगंजदेखि भारतको रक्सौलसम्म इन्धन ल्याउनका लागि पाईपलाईनको रेखाकंन र पिलर राख्ने काम सुरु गरेको छ । भारत सरकारको सहयोगमा निर्माण हुने पाईपलाईन पथलैया–बिरगंज ६ लेन सडकको निर्माणसंगै रेखाकंनको काम पनि शुरु गरिएको हो । भारतले मोतीहारीदेखी नेपालको अमलेखगंजसम्म ८० किलोमिटर पाईपलाईनको लागी बोलपत्र आह्वान गरेपछि आयल निगमले रेखांकन गर्ने र पिलर राख्ने कामलाई गती दिएको हो । अन्तराष्टिय मापदण्ड अनुसार बन्ने पाईपलाईनको रेखांकन गर्ने कार्यमा भारत सरकारको प्राबिधिक टोली समेत स्थलगत सहभागी भएको छ । रेखाङकन कार्य अबको १ महिना भित्रै सम्पन्न हुने आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनको ३ अर्ब भारतीय रुपैया लागत रहने यो परियोजनाको ३० प्रतिशत खर्च नेपालले ब्योर्होर्ने सम्झौता रहेको छ ।।
कर फर्छ्यौट आयोग ऐन खारेज गर्न अर्थमन्त्रालयलाइ अर्थ समितिको निर्देशन/ कर छली तथा अनियमितता गर्नेलाइ कारबाही गर्ने अर्थमन्त्रीको भनाइ ।

कर फर्छ्यौट आयोग ऐन खारेज गर्न अर्थमन्त्रालयलाइ अर्थ समितिको निर्देशन/ कर छली तथा अनियमितता गर्नेलाइ कारबाही गर्ने अर्थमन्त्रीको भनाइ ।

Business
अर्थ समिति/बैठक व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्छ्यौट आयोग ऐन खारेज गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । कर फर्छ्यौट आयोग ऐनमार्फत बनेको कर फर्छ्यौट आयोगले दिएको कर छुट विवादित र भ्रष्टाचारउन्मुख देखिएपछि समितिले खारेज गर्न निर्देशन दिएको हो । यसैगरी समितिले विगतमा भएको राजस्व छली र कर असुलीमा भएको अनियमितताका बिषयमा अध्ययन गरी २ महिनाभित्र सुझाब दिन ९ सदस्यीय उपसमिति समेत गठन गरेको छ । यसैबीच समितिको हिजोको बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जानकारी दिनुभयो । बैठकमा अर्थमन्त्री कार्कीले कर छली गर्ने व्यक्ति, फर्म वा संस्थाका पदाधिकारीको क्रियाकलापको अनुगमनबाट प्राप्त सूचनाको आधारमा छानबीन र अनुसन्धान गरी कारबाही गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गाना
मौद्रीक नीति

मौद्रीक नीति

Business
मौद्रीक नीति/छलफल बैंक तथा वित्तीय क्षेत्रका जानकारहरूले कुल पुँजी तथा निक्षेपमा कर्जा प्रवाहको अनुपात सिसिडी रेसियो मौद्रिक नीतिले पुरानै अवस्थामा फर्काइएकाले त्यसले निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा २० प्रतिशतका दरले बढ्न नसक्ने टिप्पणी गरेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रित रहेर काठमाडौमा हिजो आयोजित एक छलफलमा उनीहरूले अधिकांश बैंकहरु ८० प्रतिशतको सिसिडि अनुपातको नजिक रहेकाले चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाह बढी निक्षेप संकलन हुन नसकेमा थप कर्जा बढ्ने संभावना क्षीण रहेको बताए । पछिल्लो समय गठन भएका ७४४ स्थानीय तहमध्ये ४११ स्थानीय तहमा वाणिज्य बैंक नभएको अवस्थामा ती तहमा शाखा सञ्चालन गर्न मौद्रिक नीतिले बाध्यकारी व्यवस्था गरेकामा कार्यक्रमका सहभागीहरुले त्यसको स्वागत गरेका थिए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले संभव भएसम्म बैंक तथा व
धितोपत्र बजारमा यो साता चार अर्ब २० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार

धितोपत्र बजारमा यो साता चार अर्ब २० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार

Business
शेयर समीक्षा/अपडेट धितोपत्र बजारमा यो साता चार अर्ब २० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १६८ कम्पनीका १ करोड १४ लाख ३८ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । यो कारोबार रकम गत साताको भन्दा ५९ दशमलव ४३ प्रतिशत बढी हो । यसैगरी यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ४८ अङ्कले घटेर अन्तिम दिन १५८२ दशमलव ६७ अङकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ७१ अङ्कले घटेर ३३६ दशमलव ०४ अङ्कमा आइपुगेको छ ।।
निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न संसदको सार्वजनिक लेखा समितिद्वारा अर्थ मन्त्रालयलाई निर्देशन ।

निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न संसदको सार्वजनिक लेखा समितिद्वारा अर्थ मन्त्रालयलाई निर्देशन ।

Business, Politics
लेखा समिति/बैठक निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न व्यवस्थापिका-संसदको सार्वजनिक लेखा समितिले अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । समितिको हिजोको बैठकले ठूला करदाता कार्यालयले असार १३ गते एनसेलको लाभकर ६० अर्ब ७१ करोड निर्धारण गरेकाले सो रकम तत्काल असुल गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको हो । साथै एनसेल कतिपटक बिक्री वितरण र शेयर हस्तान्तरण भयो, के कति मूल्यमा कारोबार भयो र गरियो भन्नेबारेमा पनि सत्य तथ्य जानकारी उपलब्ध गराउन लेखा समितिले अर्थमन्त्रालय र ठूला करदाता कार्यालयलाई निर्देशन दिएको समितका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । लाभकर निर्धारण भए पनि नउठाउने र फेरि पनि छुट दिने प्रवृत्ति हावी हुन सक्ने भन्दै समितिले कर ऐनअनुसार ३५ दिनभित्रै रकम असुल गर्न निर्देश गरेको बताइएको छ । लेखा समितिको बैठकमा सांसदहरुले कर निर्धारण गरेर पन