Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

ELECTION SPECIAL

चितवनको भरतपुर महानगरपालिकाको मतपत्र एकाएक च्यातेपछी-अनिश्चितकालका लागि मतगणना स्थगित

चितवनको भरतपुर महानगरपालिकाको मतपत्र एकाएक च्यातेपछी-अनिश्चितकालका लागि मतगणना स्थगित

ELECTION SPECIAL
चितवन/निर्वाचन मतगणना चितवनको भरतपुर महानगरपालिकाको मतगणना गएरातीदेखी रोकिएको छ । मतगणनामा खटिएका राजनितिक दलका प्रतिनिधिहरुले नै मतपत्र एकाएक च्यातेपछी बिबाद हुँदा अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत कबीप्रसाद न्यौपानेले बताउनुभयो । माओबादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा रहेकै बेला बडा नम्वर १९ को मतगणना गर्ने क्रममा मतपत्र च्यातिएपछी स्थिति तनावपूर्ण बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो । मतपत्र च्यातिएको बिषयमा निर्वाचन कार्यलयमा प्रतिबेदन पठाउने सो को जवाफ नआएसम्म मतगणना स्थगित रहने निर्वाचन अधिकृतले बताउनु भयो । मतगणनास्थलबाट प्रहरीले माओबादीका २ र एमालेका १ जना लाई पक्राउ गरेको छ । मत कसले च्यातेको हो भन्ने बारेमा आधिकारिक जानकारी दिईएको छैन् ।।
काठमाडौ महानगरपालिका प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य र उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी ।

काठमाडौ महानगरपालिका प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य र उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गी विजयी ।

Breaking News, ELECTION SPECIAL
मतगणना/काठमाण्डौ काठमाडौ महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी हुनुभएको छ । वहाँले ६४ हजार ९१३ मत प्राप्त गरी विजयी हुनुभएको हो । वहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी विजयी हुनुभएको छ । वहाँले ५८ हजार ९५२ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना जारी छ ।।   भरतपुर र चाँगुनारायणको मतगणना जारी । मतगणना/भरतपुर भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो विवरण अनुसार प्रमुख पदमा नेकपा एमालेका देवीप्रसाद ज्ञवालीले ३९ हजार ९७४ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३८ हजार ८६२ मत प्राप्त गर्नुभएको छ । उपप्रमुख पदमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले ४२ हजार ८४० मत र नेकपा एम
काठमाडौ महानगरपालिकाको मतगणना अन्तिम चरणमा-एमालेका विद्यासुन्दर शाक्यको फराकिलो अग्रता ।

काठमाडौ महानगरपालिकाको मतगणना अन्तिम चरणमा-एमालेका विद्यासुन्दर शाक्यको फराकिलो अग्रता ।

ELECTION SPECIAL
मतगणना/काठमाण्डौ बैशाख ३१ मा सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अब काठमाडौ र भरतपुर गरी दुईवटा महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना जारी छ । काठमाडौ महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६३ हजार १७६ मत र नेपाली कांग्रेसका राजुराज जोशीले ४४ हजार ११० मत प्राप्त गर्नुभएको छ । यसैगरी विवेकशील नेपाली दलका रन्जु दर्शनाले २२ हजार २० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखतर्फ नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ५६ हजार ४३५ मत, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार ८८६ मत र साझा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार निरुपमा यादवले १० हजार ८२६ मत प्राप्त गर्नुभएको छ ।।  भरतपुरमा पनि एमाले अगाडि । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेकपा एमालेका देवी
पोखरा-लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जीसी विजयी/ काठमाडौ र भरतपुरमा जारी मतगणनामा एमाले अगाडि ।

पोखरा-लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जीसी विजयी/ काठमाडौ र भरतपुरमा जारी मतगणनामा एमाले अगाडि ।

ELECTION SPECIAL
पोखरा लेखनाथ/मतगणना सम्पन्न पोखरा-लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका मानबहादुर जीसी विजयी हुनुभएको छ । वहाँले ६० हजार १ सय १८ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । वहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याउनु भएको छ । त्यस्तै उपप्रमुखतर्फ नेकपा एमालेकी मञ्जु गुरुङले ५४ हजार १०० ल्याएर बिजयी हुनुभएको छ । वहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका सरस्वती गुरुङले ४२ हजार ८७५ मत प्राप्त गर्नुभयो ।। काठमाडौ/मतगणना जारी बैशाख ३१ मा सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । अब काठमाडौ र चितवनको भरतपुर गरी दुईवटा मात्र महानगरपालिकाहरुको मतगणना जारी छ । काठमाडौ महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले ५७ हजार ८८८ मत र नेपाली कांग्रेसका राजुराज जोशीले ४० हजार ६४२ मत प्
बैशाख ३१ मा सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा ll

बैशाख ३१ मा सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा ll

ELECTION SPECIAL
तीनवटा महानगरपालिकाहरुको मतगणना जारी छ । काठमाडौ/मतगणना जारी बैशाख ३१ मा सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।  काठमाडौ महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले ५५ हजार ६८८ मत र नेपाली कांग्रेसका राजुराज जोशीले ३८ हजार ७३५ मत प्राप्त गर्नुभएको छ । यसैगरी विवेकशील नेपाली दलका रन्जु दर्शनाले २० हजार १९६ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखतर्फ नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ४९ हजार ३५० मत, राप्रपाका राजाराम श्रेष्ठले २९ हजार १३० मत र साझा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार निरुपमा यादवले ९ हजार ८५८ मत प्राप्त गर्नुभएको छ ।। चितवन-भरतपुर/मतगणना अपडेट चितवनबाट प्राप्त समाचार पछिल्लो नतिजाअनुसार भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका देवी ज्ञवालीले ३३ हजार १६४ मत प्राप्त गर्नुभएको छ भ
निर्वाचन आयोग-पछि थप गरेका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गराउन नसकिने ll

निर्वाचन आयोग-पछि थप गरेका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गराउन नसकिने ll

ELECTION SPECIAL
निर्वाचन आयोग/निर्णय निर्वाचन आयोगले सरकारले पछि थप गरेका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गराउन नसकिने जनाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरी हालै थप गरिएका स्थानीय तहमा निर्वाचन गराउन प्राविधिक रुपमा असम्भव भएको जनाएको छ । सरकारले हालै तराई मधेशका विभिन्न जिल्लामा २२ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको थियो । पछि थप भएका र त्यस क्रममा सिमाना मिलाइएका स्थानीय तहमा तत्काल निर्वाचन गर्न नसकिने भन्दै यस सम्बन्धमा पुनर्विचार गर्न निर्वाचन आयोगले सरकारसंग आग्रह समेत गरेको छ । प्रदेश नम्वर १, २, ५ र ७ मा गरी पहिले नै निर्धारण भएका ४६१ वटा स्थानीय तहको निर्वाचन भने तोकिएकै मिति जेठ ३१ मा सम्पन्न गर्न आयोग कटिवद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।।
तीनवटा महानगरपालिकाको मतगणना जारी/तीनै स्थानको प्रमुखमा एमालेका उम्मेद्वारको अग्रता ।

तीनवटा महानगरपालिकाको मतगणना जारी/तीनै स्थानको प्रमुखमा एमालेका उम्मेद्वारको अग्रता ।

Breaking News, ELECTION SPECIAL
काठमाडौ/मतगणना जारी बैशाख ३१ मा सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । २८३ स्थानीय तहमा भएको पहिलो चरणको निर्वाचनको २७९ तहको प्रमुख उपप्रमुखसहित, वडाअध्यक्ष र सदस्यहरुको नतिजा आइसकेको छ भने बाँकी ४ तहको आउने क्रम जारी छ । अहिलेसम्म सार्वजनिक भएको २७९ तहका प्रमुख तथा उपप्रमुखमा एमालेले अग्रता कायम गरेको छ ।  प्राप्त पछिल्लो नतिजा अनुसार एमालेले १२२, नेपाली कांग्रेसले १०४ र माओवादी केन्द्रले ४६ वटा स्थानीय तहको प्रमुख पद जित्न सफल भएका छन् । यसैबीच दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नरबहादुर श्रेष्ठ विजयी हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा एमालेकै कल्पना भण्डारी विजयी हुनुभएको छ । तीनवटा महानगरपालिकाहरुको मतगणना जारी छ । काठमाडौ महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले ४९ हजार २७७ मत र
पहिलो चरणको निर्वाचन अन्तर्गत ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी/उपप्रमुखमा कांग्ररेसकै गीता सत्याल विजयी

पहिलो चरणको निर्वाचन अन्तर्गत ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी/उपप्रमुखमा कांग्ररेसकै गीता सत्याल विजयी

ELECTION SPECIAL
ललितपुर विजयी स्थानिय तहको पहिलो चरणको निर्वाचनका क्रममा सहभागि ४ वटा महानगरपालिकाहरुमध्ये ललितपुर महानगरपालिकाको विजयी उम्मेदवारको नाम घोषणा गरीएको छ। ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी हुनुभएको छ। उहाले २४ हजार ६ सय ६६ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्दि नेकपा एमालका हरीकृष्ण व्यन्जनकारले २४ हजार ३ सय १ मत ल्याउनुभएको छ। उप प्रमुखमा पनि नेपाली कांग्रेसकै गीता सत्याल १९ हजार २ सय ३६ मत ल्याइ विजयी हुनुभएको छ। वहाका निकटतम प्रतिद्वन्दी साझा पार्टीकी शोभा शाक्यले १४ हजार ४ सय ३३ मत ल्याउनुभएको छ।। स्थानिय तहको निर्वाचनका क्रममा सहभागि अन्य ३ वटा महानगरपालिकाहरुको मतगणना भने जारी छ। काठमाण्डो/मतगणना जारी स्थानिय तहको निर्वाचनका क्रममा सहभागि अन्य ३ वटा महानगरपालिकाहरुको मतगणना भने जारी छ। काठमाडौ महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परि
प्रमुख निर्वाचन आयुक्त/मोरङ

प्रमुख निर्वाचन आयुक्त/मोरङ

District News, ELECTION SPECIAL
प्रमुख निर्वाचन आयुक्त/मोरङ प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले सरकारले स्थानीय तहको संख्या बढाएको भएपनि जेठ ३१ गते निर्वाचन गर्न निर्वाचन आयोग सक्षम रहेको बताउनु भएको छ । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले केही प्राविधिक र व्यवस्थापकिय समस्या आउने भएपनि तोकिएको समयमा नै निर्वाचन गराउन कुनै समस्या नहुने जानकारी दिनुभयो । उहाँले निर्वाचनमा सबै पक्षको सहभागिताका लागि निर्वाचन आयोगले लचकता अपनाएको धारणा व्यक्त गर्दै प्रधानमंत्री प्रचण्डले स्थानीय तहको संख्या बढाउदा राजनैतिक सहमति हुने भएकाले त्यसै अनुसारको तयारी गर्न आग्रह गर्नुभएको जानकारी दिनुभयो । एक प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त डाक्टर यादवले जेठ १५ गते आचारसंहिता विपरित नहुने गरी सरकारले बजेट ल्याउने विश्वास दिलाएको जानकारी दिनुभयो । उहाँले बजेट सामान्य प्रकृतिको आउने सरकारले स्पष्ट
निर्वाचनको बीचमा स्थानीय तह थप्ने सरकारको निर्णयप्रति नेकपा एमालेको आपत्ति ll

निर्वाचनको बीचमा स्थानीय तह थप्ने सरकारको निर्णयप्रति नेकपा एमालेको आपत्ति ll

ELECTION SPECIAL, Politics
केपी ओली/पत्रकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाइ शान्त र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने कार्यमा लाग्न सबैसँग आह्वान गर्नुभएको छ ।पहिलो चरणको स्थानीय तह निर्वाचनपछि पार्टीको धारणा सार्वजनिक गर्न पार्टी प्रचार विभागद्बारा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले सो धारणा राख्नुभएको हो । निर्वाचनको वातावरणलाइ विथोल्न सक्ने कुनैपनि काम नगर्न र यसमा गम्भीर हुन समेत निर्वाचन आयोग, सरकार तथा सत्तारुढ दलहरुलाइ एमाले अध्यक्ष ओलीले आग्रह गर्नुभयो । त्यसबखत एमाले अध्यक्ष ओलीले राष्ट्रिय दृष्टिकोणका साथ राष्ट्रिय सोच र चरित्र प्रदर्शित गर्न मधेशवादी दलहरुलाइ आग्रह गर्नुभयो । तराइका केही जिल्लामा स्थानीय तहको संख्या थप गर्ने र संरचना परिवर्तन गर्ने सरकारको निर्णयप्रति नेकपा एमालेको असहमति र गम्भीर आपत्ति रहेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।निर्वाचन