Tuesday, July 25

National

काठमाडौको त्रिपुरेश्वर-नागढुङ्गा सडक विस्तारमा भएको ढिलाइले सर्वसाधारणलाइ सास्ती

काठमाडौको त्रिपुरेश्वर-नागढुङ्गा सडक विस्तारमा भएको ढिलाइले सर्वसाधारणलाइ सास्ती

National
शहरी विकास मन्त्रालय अनुगमन राजधानीलाई मुलुकका बाँकी जिल्लाहरुसंग जोड्ने प्रमुख सडक त्रिपुरेश्वर नागढुङ्गा सडक विस्तारको काममा भईरहेको ढिलासुस्तीले सडक प्रयोगकर्ता हैरान भएका छन् । विग्रिएका सडकले एकातिर सवारी चालकहरु मारमा परेका छन् भने अर्का तर्फ सडकमा उडेको धुलोले स्थानीयको स्वास्थ्य जोखिम समेत बढाएको छ ।। राजधानीलाई अन्य जिल्लाहरुसंग जोड्ने प्रमुख नाका नागढुङ्गा देखि त्रिपुरेश्वरसम्मको सडक बिस्तार गर्नका लागि २ बर्ष अघी सम्झौता भएको थियो । सम्झौता अनुरुप काम भएको भए यो सडकहुदै राजधानी भित्रने र बाहिरिने सवारी साधन र यात्रुहरुले कुनै सास्ती भोग्नु पर्ने थिएन । तर विस्तारका नाममा भत्काएर अलपत्र छाडिएको यो सडक अहिले लाखौंको पिडा बनेको छ । सम्झौता सम्पन्न भएदेखि हाल सम्म सडकको दुई तिहाई काम भैसक्नुपर्ने हो । तर यसअवधिमा मुस्किलले २५ प्रतिशत मात्र काम भएको सडक बिस्तार आयोजनाका अधिका
योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित/विधेयकमा आधारभूत शिक्षा, स्वास्थ्य र सामाजिक सहयोगको व्यवस्था ।

योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित/विधेयकमा आधारभूत शिक्षा, स्वास्थ्य र सामाजिक सहयोगको व्यवस्था ।

National
व्यवस्थापिका संसद/बैठक व्यवस्थापिका–संसद्ले ‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित गरेको छ । संसद्को बैठकमा श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । यसैगरी मन्त्री मन्सुरले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयक, २०७४’ प्रस्तुत गर्नुभयो । यसैबीच संसदको बैठकको शुन्य तथा विशेष समयमा सांसदहरुले उठाउनु भएका प्रश्नहरुको जवाफ दिदै गृहमन्त्री जनार्दन शर्माले महिला विरुद्धको हिंसा मानवता विरोधी भएको बताउँदै दोषीलाइ कारवाही गरिने बताउनुभयो । गृहमन्त्री शर्माले पहिरोका कारण सिन्धुपाल्चोकमा क्षतिग्रस्त लार्चा पुलको सट्टामा जतिसक्दो छिटो बेलीबृज स्थापना गरी त्यहाँको आवागमन सुरु गर्न सरकार लागी परेको जानकारी पनि दिनुभयो ।।
संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीको भनाइ/प्रजनन स्वास्थ्य सम्बन्धी ऐन छिटै ल्याइने ।

संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीको भनाइ/प्रजनन स्वास्थ्य सम्बन्धी ऐन छिटै ल्याइने ।

National
प्रम/लुम्बिनी विश्वविद्यालय लुम्बिनी बौद्ध विश्वविद्यालयको आठौं विश्व विद्यालय सभा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बस्यो । बैठकमा लुम्बिनी बौद्ध विश्वविद्यालयको गत वर्षको कार्यक्रमको समीक्षा गरिनुका साथै आगामी वर्षका कार्यक्रमहरुको बिषयमा छलफल भएको थियो । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बुद्धका उपदेश कुनै सम्प्रादय वा देशको लागि मात्र नभई विश्वकै शान्तिका लागि महत्वपूर्ण भएको बताउनुभयो । भगवान गौतम बुद्धको जन्म नेपालको लागि सौभाग्यको बिषय हो भन्दै प्रधानमन्त्रीले गौतम बुद्धले विश्व शान्ति एकता र सहकार्यको सन्देशलाई जोड दिनुभएको बताउनुभयो । कार्यक्रममा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले व्यक्तिगत स्वार्थ, आफ्नो मात्र भलाई, शक्तिको दुरुपयोग, मानवीय मूल्य मान्यताको तिरस्कार जस्ता विषय आज मुख्य समस्याका र
नारायणगढ-मुगलिङ सडक बिस्तारको कामले गति लिन सकेन/सडकका कारण पर्यटन व्यवसायमा समेत प्रतिकुल असर परिरहेको व्यवसायीहरुको भनाइ ।

नारायणगढ-मुगलिङ सडक बिस्तारको कामले गति लिन सकेन/सडकका कारण पर्यटन व्यवसायमा समेत प्रतिकुल असर परिरहेको व्यवसायीहरुको भनाइ ।

District News, National
चितवन/पर्यटन व्यवसाय असर नारायणगढ मुगलिङ सडक बिस्तारको कामले गती लिन नसक्दा त्यसको असर त्यहाँको पर्यटन व्यवसायमा समेत परेको छ । सडककै कारणले चितवन आउने पर्यटकहरुले बुकिङ रद्द गरिरहेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनु भयो । २ बर्षमा सम्पन्न गर्नुपर्ने सडक २८ महिना बितिसक्दा पनि ५१ प्रतिसत मात्र काम भएको छ । सडक बिस्तारसंगै पहिरोको जोखिम र घण्टौ जाममा बस्नुपर्ने अवस्थाका कारण ट्राभल एजेन्सीहरुले चितवनमा पर्यटक नपठाउने गरेको भनाई होटल व्यवशायी भेषराज दुवाडीको छ । चितवनमा वार्षिक १ लाख ७८ हजार सम्म पर्यटकहरु आउने गरेको तथ्यांक छ । तर पछिल्लो समयमा पर्यटकहरुको संख्या घटि रहेको पर्यटन व्यवसायीहरुले बताएका छन । उनीहरुले वैकल्पिक राजमार्गको खोजी गर्नुपर्ने अवस्था आएको उनीहरुले बताएका छन । त्रिभुवन राजपथ दक्षिणकाली हेटौडा राजमार्गसंगै भण्डार मलेखु चेपाङ मार्गको क
बागलुङको बडिगाड गाउँपालिका ग्वालीचौरमा बादिपमा जिप दुर्घटना/४ जनाको मृत्यु/६ जना घाइते ।

बागलुङको बडिगाड गाउँपालिका ग्वालीचौरमा बादिपमा जिप दुर्घटना/४ जनाको मृत्यु/६ जना घाइते ।

District News, National
बाग्लुङ/दुर्घटना मृत्यु बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । जलजलाबाट खर्वाङ तर्फ आउँदै गरेको सो जिप ब्रेक फेल भई सडकबाट झण्डै ७ सय मिटर तल खसेको थियो । सो दुर्घटनामा मृत्यु हुनेहरुमा वडिगाड गाउँपालिकाका हुमेन काउचा, मुक्त पाइजा, नर वहादुर शेर्वुजा  र गाडिचालक तुल वहादुर पुन रहेका छन । घाइते मध्ये भिमबहादुर सेर्वुजा, टेकबहादुर पाइजा र दिपशिखा पाइजाको अवस्था गम्भीर रहेको बताइएको छ । सो दुर्घटनामा बालमति पाइजा, दिनेश पाइजा र भिम बहादुर श्रीस घाइते भएका छन । घाइतेहरुलाइ थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लैजाने प्रयास भइरहेको जनाइएको छ ।।
व्यवस्थापिका– संसद्को हिजोको बैठकमा मन्त्रिपरिषद्को विस्तारमा भएको ढिलाइबारे ध्यानाकर्षण गराउँदै सांसदहरुले आगामी माघ ७ गतेभित्र प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्ने वातावरण बनाउन माग

व्यवस्थापिका– संसद्को हिजोको बैठकमा मन्त्रिपरिषद्को विस्तारमा भएको ढिलाइबारे ध्यानाकर्षण गराउँदै सांसदहरुले आगामी माघ ७ गतेभित्र प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्ने वातावरण बनाउन माग

National
व्यवस्थापिका संसद/बैठक व्यवस्थापिका– संसद्को हिजोको बैठकमा मन्त्रिपरिषद्को विस्तारमा भएको ढिलाइबारे ध्यानाकर्षण गराउँदै सांसदहरुले आगामी माघ ७ गतेभित्र प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्ने वातावरण बनाउन माग गर्नुभएको छ । बैठकको विशेष समयमा सांसदहरुले सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठनमा ढिलाइ गरेकाले प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुनेमा आंशका व्यक्त गर्नुभयो । उहाँहरुले बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि विवादास्पद कम्पनीलाई छनोट गरिएको बताउँदै यसबाट स्थानीयवासीलाई मुआब्जा वितरण र आयोजनाले गति लिने कार्य प्रभावकारी हुन नसक्ने बताउनुभयो । व्यवस्थापिका–संसद्को अर्को बैठक आज पनि बस्नेछ ।।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने राहदानी विभाग पहिलो सरकारी निकाय बन्न सफल ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने राहदानी विभाग पहिलो सरकारी निकाय बन्न सफल ।

National
राहदानी/परराष्ट्रमन्त्री राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको छ ।  राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सेवा प्रवाह गरेकामा विभागलाइ अन्तर्राष्ट्रिय गुणस्तर संगठनले सो प्रमाणपत्र प्रदान गरेको हो । प्रमाणिकरणसँगै नेपाल सरकारको निकाय मध्ये सो निकाय उत्कृष्ट र गुणस्तरिय सेवा प्रवाह गर्ने संस्था वनेको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णवहादुर महराले सार्वजनिक  गुणस्तरियता मापन गरि प्रदान गरिएको प्रमाणपत्र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णवहादुर महराले सार्वजनिक गर्नुभयो । त्यसबखत उपप्रधानमन्त्री महराले राहदानी विभाग गुणस्तरीय सेवा प्रदान गर्ने सरकारी संस्थामध्ये पहिलो संस्था वनेको भन्दै यसले अन्य सेवा प्रवाह गर्ने सरकारी निकायलाइ चुनौती थपिदिएको वत
आन्तरिक राजश्व विभागका निलम्वित महानिर्देशक चूडामणि शर्माका सम्बन्धमा मिसिल झिकाउने सर्वोच्च अदालतको आदेश ।

आन्तरिक राजश्व विभागका निलम्वित महानिर्देशक चूडामणि शर्माका सम्बन्धमा मिसिल झिकाउने सर्वोच्च अदालतको आदेश ।

National
सर्वोच्च/चुडामणि आदेश सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनको सुनुवाइका लागि मिसिल झिकाउने आदेश दिएको छ । सर्वोच्चको बृहत् पूर्ण इजलासले मिसिल झिकाउने आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । विशेष अदालतमा चलिरहेको मुद्दाको पनि फाइल मगाउने निर्णय गरी सर्वोच्चले सुनुवाइ स्थगन गरेको छ ।।
नेपाल टेलिभिजनको पदाधिकारी टोलीले नेपाल टेलिभिजनकै तेह्रथुम प्रसारण केन्द्रको स्थलगत अनुगमन

नेपाल टेलिभिजनको पदाधिकारी टोलीले नेपाल टेलिभिजनकै तेह्रथुम प्रसारण केन्द्रको स्थलगत अनुगमन

National
धनकुटा/नेटिभी निरीक्षण नेपाल टेलिभिजनको पदाधिकारी टोलीले नेपाल टेलिभिजनकै तेह्रथुम प्रसारण केन्द्रको स्थलगत अनुगमन गरेको छ । टोलीले उक्त प्रसारण केन्द्रको जिर्ण रहेको भवन मर्मत गर्नका लागि आवश्यक पहल गर्ने, केन्द्रसम्मको पहुँच मार्ग निर्माणमा पहल गर्ने र केन्द्रलाइ चाहिने आवश्यक सामाग्री छिटो उपलब्ध गराइ केन्द्रको स्तरउन्नतीका लगि पहल गर्ने जनाएको छ । प्रविधिको रुपान्तरणको चरणमा रहेको नेपाल टेलिभिजनले डिजिटाइजेसनको काम अघि बढाइरहेको छ । प्रसारणको गुणस्तर र पहुँच विस्तारको क्रममा नेपाल टेलिभिजनको टोलीले टेलिभिजनका क्षेत्रीय प्रसारण कार्यालयहरुको पनि अनुगमन निरीक्षण गरी आवश्यक पूर्वाधार बृद्दि तथा व्यवस्थापन गरिरहेको छ ।।
मालपोत कार्यालय भक्तपुरका ४ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

मालपोत कार्यालय भक्तपुरका ४ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

National
अख्तियार/घुस पक्राउ मालपोत कार्यालय भक्तपुरका ४ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको अभियोगमा पक्राउ गरेको छ । ५० हजार रुपैयाँ घुस सहित पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नासु राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गा पोखरेल छन् । सेवाग्राहीले दिएको उजुरीका आधारमा आयोगको टोलीले उनिहरुलाई ‘घुस रकम’सहित पक्राउ गरेको हो । अधिकृत श्रेष्ठले सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिएपछि मध्यपुर थिमिको एक रेष्टुरेण्टमा जग्गाधनी पुर्जा सेवाग्राहीलाई दिएको र त्यसलगत्तै आयोग टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । अभियुक्त चारै जनालाई आयोगको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ