Wednesday, September 20

Politics

हिजो मतदान सम्पन्न भएका प्रदेश नम्बर २ का विभिन्न स्थानीय तहमा मतगणना कार्य हुँदै/कतिपय स्थानमा मतगणना सुरु हुन बाँकी ।

हिजो मतदान सम्पन्न भएका प्रदेश नम्बर २ का विभिन्न स्थानीय तहमा मतगणना कार्य हुँदै/कतिपय स्थानमा मतगणना सुरु हुन बाँकी ।

National, Politics
मतगणना सुरु/बिभिन्न हिजो मतदान सम्पन्न भएका १ सय ३५ स्थानीय तह मध्ये १ सय १९ वटा स्थानीय तहको मतगणना अहिले जारी छ । बाँकी १६ वटा स्थानमा पनि मतगणना सुरु गर्ने तयारी भईरहेको छ । सप्तरीको राजविराज नगरपालिकाको एक वडामा भने पर्सी मात्र मतदान हुने भएकाले त्यस पछी मात्रै मतगणना गर्ने कार्यक्रम छ ।। मतपरिणाम विजयी/सिरहा+पर्सा सिरहाको कर्जन्हा नगरपालिकाको वडा नं. १ को वडा अध्यक्ष पदमा माओवादी केन्द्रका मोहनबहादुर खत्री ३०३ मत ल्याएर विजयी भएका छन । खत्रिका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका वागबहादुर कुँवर दनुवारले २०२ मत प्राप्त गरेका छन । त्यस्तै लहान नगरपालिकाको वडा नं. २ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका सियाराम यादव ३४९ मत ल्याएर विजयी भएका छन् । यादवका निकटतम प्रतिदन्दी संघीय समाजवादी फोरम नेपालका शिव नारायण महतोले २२७ मत ल्याएका थिए । यसैगरी भगवानपुर ग
भौगौलिक विकटताका कारण मतदाता परिचयपत्रसहितका निर्वाचन सामग्रीहरु पुर्‍याउन नसकिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरगरपालिका वडा नम्वर १३ गोबरगाढामा हेलिकोप्टरबाट सामग्रीहरु पठाईएको छ ।

भौगौलिक विकटताका कारण मतदाता परिचयपत्रसहितका निर्वाचन सामग्रीहरु पुर्‍याउन नसकिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरगरपालिका वडा नम्वर १३ गोबरगाढामा हेलिकोप्टरबाट सामग्रीहरु पठाईएको छ ।

District News, Politics
सप्तरी/निर्वाचन सामग्री भौगौलिक विकटताका कारण मतदाता परिचयपत्रसहितका निर्वाचन सामग्रीहरु पुर्‍याउन नसकिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरगरपालिका वडा नम्वर १३ गोबरगाढामा हेलिकोप्टरबाट हिजो सामग्रीहरु पठाईएको छ । कोशी टापुमा अवस्थित उक्त बस्तीमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री पठाईएको हो । कुल ५ सय ७६ मतदाता रहेको सो वडामा हिजैदेखि मतदाता परिचयपत्र वितरण शुरु गरियो । कुल ९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरीका २ सय ९५ मतदान स्थल र ४ सय ६१ ओटै मतदान केन्द्रमा मतदाता परिचयपत्र शुक्रवारैदेखि वितरण भईरहेको छ । कुल ८ सय ५६ जनप्रतिनीधि चयन हुने सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै भारत र नेपालका सुरक्षा अधिकारीहरुको सहमतीमा असोज २ गतेसम्मकालागि बोर्डर सिल गरिएको छ ।।
प्रदेश नम्बर २ मा भोलि हुने निर्वाचनका लागि तयारी पूरा/ सुरक्षा व्यवस्था विश्वासिलो बनाइएकोले निर्धक्कसँग मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह ।

प्रदेश नम्बर २ मा भोलि हुने निर्वाचनका लागि तयारी पूरा/ सुरक्षा व्यवस्था विश्वासिलो बनाइएकोले निर्धक्कसँग मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह ।

National, Politics
निर्वाचन/मौनअवधि प्रदेश नं २ मा भोलि हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण, मतदाता शिक्षा लगायतका कार्य भइरहेको र निर्वाचनको मौन अवधिको पालना समेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । तेस्रो चरणमा प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका ८ जिल्लामा भोलि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । मतदानका लागि ३ हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ । प्रदेश नं २ का १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि २६ लाख ६४ हजार ९५० मतदाता रहेका छन् भने ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ । अघिल्ला निर्वाचनको अनुभवका आधारमा तेस्रो चरणको निर्वाचनको मतगणनालाई चुस्त र व्यवस्थित तु
सरकारको सयदिन पूरा/समय सिमाभित्र सबै निर्वाचन सम्पन्न हुने आधार सुनिश्चित हुनु मुख्य उपलब्धि भएको सरकारका प्रवक्ताको भनाइ ।

सरकारको सयदिन पूरा/समय सिमाभित्र सबै निर्वाचन सम्पन्न हुने आधार सुनिश्चित हुनु मुख्य उपलब्धि भएको सरकारका प्रवक्ताको भनाइ ।

National, Politics
सरकारको/सय दिन सरकार संचालनको १ सय दिन उपलब्धीमुलक रहेको सरकारले बताएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले १ सय दिनको कार्यकाल सफल रहेको बताउनु भएको हो । संविधान कार्यन्वनका लागि संविधानले तोकेको समय सिमाभित्र तिनै तहको निर्वाचन सम्पन्न हुने आधार सुनिश्चितताका लागि निर्वाचन मिति घोषणा, आवश्यक कानुनको निर्माण र तेस्रो चरणमा निर्वाचमा सवै दलहरुले भाग लिने बातावरण बनाउनु सरकारका मुख्य सफलता भएको मन्त्री बस्नेतले बताउनुभयो । पत्रकार सम्मेलनमा उपप्रधानमन्त्रीद्धय कृष्णबहादुर महरा र गोपलमान श्रेष्ठले सरकारको मुख्य कार्य संविधान कार्यान्वयन रहेको भन्दै त्यस कार्यमा सरकार सफल रहेको बताउनुभयो । प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमण र उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्र
तेस्रो चरण अन्तरगत प्रदेश नम्बर २ को निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण गरिँदै/आजै मध्य रातिदेखि मौन अवधि शुरु हुने ।

तेस्रो चरण अन्तरगत प्रदेश नम्बर २ को निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण गरिँदै/आजै मध्य रातिदेखि मौन अवधि शुरु हुने ।

National, Politics
निर्वाचन आयोग/अपडेट स्थानीय तहको तेस्रो चरणमा प्रदेश नं २ मा असोज २ गते हुने निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण गरिंदैछ । २ नम्बर प्रदेशका विभिन्न ८ जिल्लास्थित मतदान केन्द्रहरुबाट आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । यसैगरी आज राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने पनि आयोगले जनाएको छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेल राजनीतिक दल, दल तर्फका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सबै सञ्चार माध्यमहरु समेत कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।। रौतहट/निर्वाचन कर्मचारी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लाहरुमा कर्मचारीहरु कार्यस्थलमा खटिन थालेका छन् । रौतहटमा हिजोदेखि व
दुई नम्बर प्रदेशका ८ वटै जिल्लाहरुमा चुनावी प्रसार प्रसार तीव्र/दलहरु आ-आफ्नो पक्षमा मत माग्न व्यस्त ।

दुई नम्बर प्रदेशका ८ वटै जिल्लाहरुमा चुनावी प्रसार प्रसार तीव्र/दलहरु आ-आफ्नो पक्षमा मत माग्न व्यस्त ।

National, Politics
रौतहट/निर्वाचन चहलपहल प्रदेश नम्वर २ मा असोज २ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । यसैबीच उम्मेदवारहरुले प्रचार प्रसार तिब्र बनाएका छन् । रौतहटमा केन्द्रीय तहका नेता एवं स्थानीय कार्यकर्ताहरु उम्मेदवारका साथ घरदैलो कार्यक्रममा व्यस्त छन् । रौतहटको १६ वटा नगरपालिका र २ गाउँपालिकामा ४ हजार ५ सय ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रौतहटमा अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी ३ प्रकारका मतदान केन्द्र रहेका रहेका छन् । निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जानकारी दिनुभयो ।। पर्सा/निर्वाचन तालिम पर्सा जिल्लाका विभिन्न स्थानीय तहका मतदानस्थल एवं मतदानकेन्द्रहरुमा खटिएका सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको तालिम सम्प
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका कारण मंत्रीपरिषद विस्तार गरिएको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका कारण मंत्रीपरिषद विस्तार गरिएको बताउनुभएको छ ।

Politics
मोरङ/प्रचण्ड पत्रकार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालका कारण मंत्रीपरिषद विस्तार गरिएको बताउनुभएको छ । विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले मन्त्रीमण्डल विस्तारको कार्यलाई संक्रमणकालको अन्तिम अवस्थाको रुपमा बुझिदिन आगह गर्नुभयो । उहाँले प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल विस्तार गर्ने कार्य निर्वाचन आयोगसंगको स्विकृतीमा गरेको हुनसक्ने भन्दै प्रधानमन्त्री देउवाको बचाउ गर्नुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट मात्र स्थिर सरकार गठन हुनसक्ने बताउनुभयो ।।
प्रदेश नम्बर २ हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसार तीव्र/बिभिन्न दलका शीर्ष नेताहरु चुनावी प्रचारमा क्रियाशील ।

प्रदेश नम्बर २ हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसार तीव्र/बिभिन्न दलका शीर्ष नेताहरु चुनावी प्रचारमा क्रियाशील ।

National, Politics
निर्वाचान प्रचारमा शीर्ष नेता  प्रदेश नम्वर दुइमा दलहरुले निर्वाचन चिन्न पाएसँगै दलहरुले निर्वाचन प्रचार प्रसारलाइ बडाउदै लगेका छन । आफ्नो पक्षमा माहोल बनाउन प्रमुख दलका शीर्ष नेताहरु समेत यतिवेला प्रदेश नम्बर दुइमा मुकाम बनाएर निर्वाचन प्रसार प्रसारमा लागेका छन ।  सवै दलले चुनावी प्रतिष्ठको बिषय बनाएको प्रदेश नम्बर २ मा स्थानीय तहको मतदानको दिन नजिकिदै गर्दा दलहरुले चुनावी प्रचार प्रसारलाइ त्रिवता दिएका छन् ।  आफ्नो दललाइ प्रदेश नम्वर दुइ मा पहिलो दल बनाउने घोषणा गरेका प्रमुख दलका शीर्ष नेताहरु यति वेला  निर्वाचनको चुनावी आमसभालाइ संवोधन गर्न ब्यस्त छन् । नेपाली कांग्रेसबाट सभापति एव प्रधानमन्त्री शेर वहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शंसाक कोइराला लगायता नेताहरु चुनावी सभामा ब्यस्त हुनुहुन्छ भने एमालेले बरिष्ठ नेता माधब कुमार नेपालको नेतृ
निर्वाचन आयोगद्वारा आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक ।

निर्वाचन आयोगद्वारा आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक ।

National, Politics
निर्वाचन कार्यतालिका/सार्वजनिक निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगको हिजो बसेको बैठकले मतदानको लागि मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबारका दिन बिहान ७ बजे देखि ५ बजेसम्म समय निर्धारण गरेको छ । सार्वजानिक तालिका अनुशार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले उम्मेदवारको बन्द सूची असोज २९ गते पेश गर्नुपर्ने छ । भने उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाशन गर्ने मिति मंसिर ३ तोकिएको छ । यसैगरी प्रतिनिधी शभा र प्रदेश सभाका प्रत्यक्ष निर्वाचनतर्फ पहिलो चरणका उम्मेदवारको मनोनयन दर्ता कातिक ५ गतेका लागि तोकिएको भने उम्मेदवारलाई निर्वाचन चिह्न कात्तिक ८ गते प्रदान गरिने छ । यसैगरी दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनका ल
बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङका सबै क्षेत्रमा मुआब्जा रकम निर्धारण तथा तत्काल वितरण गर्न माग

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङका सबै क्षेत्रमा मुआब्जा रकम निर्धारण तथा तत्काल वितरण गर्न माग

District News, Politics
प्रम/बूढीगण्डकी बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङका सबै क्षेत्रमा मुआब्जा रकम निर्धारण तथा तत्काल वितरण गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै समितिले तत्कालीन २७ गाविस मध्ये ६ गाविसमा मात्र मुआब्जा वितरण गरिएकोमा अन्य गाविसका बासिन्दा अन्यौलमा रहेको जनाएको छ । मुआब्जा रकम कम भएका कारण वृद्धि गर्नुपर्ने माग गर्दै समितिले चिनियाँ कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिंदा शेयर, रोजगारी लगायत डुबानबासीको अधिकारको सुनिश्चितता नहुनेतर्फ पनि समितिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । त्यस बखत प्रधानमन्त्री देउवाले यस विषयमा उर्जा मन्त्रालय लगायत सरोकारवाला मन्त्रालय र निकायसंग समन्वय गरी आवश्यक निर्णय छिटो लिने आश्वासन दिनुभयो ।।