Friday, September 22

World News

इराकको कुर्द समुदायका नेता मासुद वारजानीद्वारा छुट्टै कुर्द राज्य स्थापना गर्ने घोषणा/इराक सरकारद्वारा माग अस्वीकार ।

इराकको कुर्द समुदायका नेता मासुद वारजानीद्वारा छुट्टै कुर्द राज्य स्थापना गर्ने घोषणा/इराक सरकारद्वारा माग अस्वीकार ।

World News
इराक/कुर्द इराकको कुर्दिस्तान प्रान्तका नेता मासुद वारजानीले इराकबाट कुर्दहरु छुट्टिन चाहेको घोषणा गर्नुभएको छ । यसै महिना हुने जनमत संग्रहमा कुर्दिस्तानलाई छुट्टै राज्य बनाउने बिषयमा मतदान गराउन वारजानीले केन्द्र सरकारसँग माग गर्नुभएको छ । इराकको केन्द्रिय सरकारले कुर्दिस्तानको मागलाई अस्वीकार गरे कुर्दहरुले आफ्नो सिमाना आफैं निर्धारण गर्ने वारजानीले बताउनुभएको छ । इराक सरकारले कुर्दिस्तानको प्रस्ताव गैर सम्बैधानिक भएकोले स्वीकार गर्न नसकिने बताएको छ ।।
मेक्सिकोमा हिजो आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५८/२ सय भन्दा बढी घाइते/उद्धार कार्य जारी ।।

मेक्सिकोमा हिजो आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५८/२ सय भन्दा बढी घाइते/उद्धार कार्य जारी ।।

World News
मेक्सिको/भुकम्प अपडेट मेक्सिकोमा हिजो आएको भुइँचालोमा परी मृत्यु हुनेको संङख्या ५८ पुगेको छ । टावास्को, ओक्साका र चियापास प्रान्तमा धेरै घर भत्किएकाले उद्धार र खोजी कार्य शुरु गरिएको छ । राष्ट्रपति एन्रीक पेना निटोले २ शय जना घाईते भएको जानकारी दिनुभएको छ । ८ दशमलब १ रेक्टर स्केलको सो भुकम्प त्यस क्षेत्रमा सय वर्ष यता गएको सबैभन्दा शक्तिशाली हो । जुचितान नगरका मेयर ग्लोरिया सान्चेजुले सो शहरमा विनाश भएको उल्लेख गर्नु भएको छ । दुर्गम गाउँहरुबाट विस्तृत विवरण आउन बाँकी रहेकोले मृतक र घाईतेको संङख्या बढ्न सक्ने जनाईएको छ । ठुलो भुकम्प गएपछि हिजो दिनभरि साना तिना परकम्प महशुस गरिएको स्थानियले जनाएका छन् ।।
इजरायली लडाकू विमानद्वारा सिरियाका रासायनिक हतियार भण्डारमा क्षेप्यास्त्र आक्रमण/इरानले सिरियामा हतियार निर्माण गरिरहेको इजरायलको भनाइ ।।

इजरायली लडाकू विमानद्वारा सिरियाका रासायनिक हतियार भण्डारमा क्षेप्यास्त्र आक्रमण/इरानले सिरियामा हतियार निर्माण गरिरहेको इजरायलको भनाइ ।।

World News
इजरायल/आक्रमण इजरायली हवाई सेनाले सिरियाको पश्चिमी भागमा हवाई आक्रमण गरेको छ । सिरियाको मास्यफमा रसायनिक हतियार निर्माण भइरहेको भन्ने पश्चिमी राष्ट्रहरुले जनाएपछि इजरायलले सो आक्रमण गरेको हो । इजरायलले लेवनानको भूमि प्रयोग गरी जमिनबाट जमिनमै हान्ने क्षेप्यास्त्र प्रहार गरेको पनि उल्लेख छ । यसैबीच राष्ट्रसंघीय मानव अधिकार नियोगले सिरियाको सेनाद्वारा हालै बिद्रोहीका अखडामा रासायनिक हतियार प्रयोग गर्दा ८३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । सिरियाका राष्ट्रपति बशर अल असदले सन् २०१३ यता खान से खुनमा कुनै आक्रमण नगरिएको दावी गर्नुभएको छ । इजरायलले सिरियामा इरानको सहयोगमा क्षेप्यास्त्र निर्माण भइरहेको जनाएको छ । सिरियामा रासायनिक हतियारको विकास र प्रयोग रोक्न पछिल्लो हवाई आक्रमण गरिएको र त्यसमा २ जना सिरियाली सैनिकको मृत्यु भएको इजरायली पक्षले पुष्टि गरेको छ ।।
क्यारेबियन क्षेत्रमा आएको इर्मा आँधीले बार्बुडा र एन्टीगुआ टापुका ९० प्रतिशत  घर ध्वस्त /  आँधीको वेग प्रतिघन्टा २ शय ९५ किलोमिटर

क्यारेबियन क्षेत्रमा आएको इर्मा आँधीले बार्बुडा र एन्टीगुआ टापुका ९० प्रतिशत घर ध्वस्त / आँधीको वेग प्रतिघन्टा २ शय ९५ किलोमिटर

World News
क्यारिबियन आँधी क्यारेबियन क्षेत्रमा आएको इर्मा नामको समुन्द्री आँधीले बार्बुडा र एन्टीगुआ टापुका ९० प्रतिशत घर भत्किएका छन् । आँधीमा परी २ जनाको मृत्यु हुनाको साथै अन्य २ जना घाइते भएका छन् । सो आँधी ५ नम्बरको शक्तिशाली भएको र हाल भर्जिन टापुतर्फ मोडिएको छ । आँधीको वेग प्रतिघन्टा २ शय ९५ किलोमिटर रहेको अमेरिकी मौसमविदहरुले जनाएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले आँधीबाट क्यारेबियन क्षेत्रमा भएको क्षति निकै ठुलो भएको उल्लेख गर्नु भएको छ ।।
उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर नाकाबन्दी कडा पार्ने कार्य निरर्थक भएको रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको भनाइ ।

उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर नाकाबन्दी कडा पार्ने कार्य निरर्थक भएको रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको भनाइ ।

World News
उत्तर कोरिया/अपडेट रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले उत्तर कोरिया विरुद्ध नाकाबन्दी कडा पार्ने कदम निरर्थक हुने बताउनु भएको छ । अमेरिकाले उत्तर कोरिया विरुद्ध नाकाबन्दी कडा पार्ने प्रस्ताव राष्ट्रसंघीय सुरक्षा परिषदमा नयाँ प्रस्ताव पेश गर्ने तयारी गरेपछि रुसी राष्ट्रपतिले सो प्रतिक्रिया दिनुभएको छ । उत्तर कोरियाका जनताले घाँस खाएर पनि विदेशी नाकाबन्दीको सामना गर्ने रुसी राष्ट्रपतिको भनाई छ । सुदुर पूर्वी एशियामा उत्तर कोरियाको विषयलाई लिएर सैनिक गतिविधि बढ्दै गएको र कायम कदाचित युद्ध भएमा त्यसले विश्वव्यापी रुपमा विनाश निम्तिने पनि रुसी राष्ट्रपतिले बताउनुभएको छ । उत्तर कोरियाले हालैका वर्षहरुमा क्षेप्यास्त्र परीक्षण तीव्र पारेको र यसै हप्ता हाइड्रोजन बम समेत परीक्षण गरेपछि पूर्वी एशियामा तनाव बढेको छ । रसियाले कूटनैतिक माध्यमबाट समस्याको समाधान गर्नुपर्ने जनाएको छ भने
उत्तरकोरियाको पछिल्लो आणविक परीक्षणका बिषयमा सुरक्षा परीषदको आकस्मिक बैठकमा छलफल/उत्तर कोरियाले युद्ध निम्त्याएको अमेरिकी प्रतिकृया ।

उत्तरकोरियाको पछिल्लो आणविक परीक्षणका बिषयमा सुरक्षा परीषदको आकस्मिक बैठकमा छलफल/उत्तर कोरियाले युद्ध निम्त्याएको अमेरिकी प्रतिकृया ।

World News
युएन/उत्तर कोरिया उत्तर कोरीयाले हाईड्रोजन बम परीक्षण गरेको विषयमा राष्ट्रसंघीय सुरक्षा परिषदको आकष्मिक बैठकमा छलफल भएको छ । सो बैठकमा बोल्दै अमेरीकी प्रतिनिधि निकी हेलीले उत्तर कोरीयाले जबरजस्ती युद्ध निम्ताउने प्रयास गरेको बताउनुभयो । अमेरीकाले उत्तर कोरीयासँग युद्ध गर्न नचाहेको तर अमेरीकासँग पनि धैर्यको निश्चित सिमा रहेको राजदुत हेलीले बताउनुभयो । यसैबीच, उत्तर कोरीया विरुद्धको नाकाबन्दीलाई थप कडा पार्न अमेरीकाले राष्ट्रसंघमा नयाँ प्रस्ताव पेश गर्ने तयारी गरिरहेको छ । उत्तर कोरीयाको निकट सहयोगी राष्ट्र चीनले वार्ताबाट गतिरोध अन्त्य गर्न सुझाव दिएको छ भने स्वीटजरल्यान्डले मध्यस्तता गर्न तत्पर रहेको जनाएको छ । उत्तर कोरीयाले एकपछि अर्को क्षेप्यास्त्र र हाईड्रोजन बम परिक्षण गरेपछि दक्षिण कोरीयाले आफ्नो सुरक्षाप्रति ध्यान दिदै ५ वटा सैनिक अभ्यास गरेको छ । अमेरीका र उत्तर को
उत्तर कोरियाद्वारा शक्तिशाली आणविक बम परीक्षण/परीक्षणका कारण विश्वमै हलचल पैदा ।

उत्तर कोरियाद्वारा शक्तिशाली आणविक बम परीक्षण/परीक्षणका कारण विश्वमै हलचल पैदा ।

World News
उत्तर कोरिया/आणविक परिक्षण अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले हिजो पनि एक शक्तिशाली आणविक परीक्षण गरेको छ । हिजो परीक्षण गरिएको बम कस्तो हो र कति शक्तिशाली हो भन्ने बिषयमा स्पष्ट हुन नसकेको सम्बन्धित अन्तर्राष्ट्रिय विज्ञहरुले जनाएका छन् । सो बम परीक्षण गर्दा परीक्षणस्थल र अन्य छिमेकी देशमा पनि यसको कम्पन आएको बताइएको छ । उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरिएको संकेत गरेको छ । सो परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणा धेरै शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । परीक्षणको कम्पनपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले यस्ता क्रियाकलापहरु जापानका लागि अस्वीकार्य भएको प्रतिकृया दिनुभएको छ । उत्तर कोरियाले पछिल्लो पटक गरेको यो परीक्षणका कारण संसारमा नै नयाँ हलचल पैदा भएको
अमेरिकाको लसएन्जेलसमा भीषण आगोलागी/आपतकालिन अवस्थाको घोषणा ।।

अमेरिकाको लसएन्जेलसमा भीषण आगोलागी/आपतकालिन अवस्थाको घोषणा ।।

World News
लस एन्जलस/डढेलो ऐतिहासिक डढेलो लागेको लस एन्जेलस शहरमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । ५ हजार एकड क्षेत्रफलमा फैलिएको सो डढेलोका कारण नजिकका सयौं घर खाली गराइएको छ । अहिलेसम्म कम्तीमा ३ वटा घर डढेलोले खरानी बनाएको छ भने शहरको मुख्य राजमार्ग बन्द गरिएको छ । लस एन्जेलसको सो डढेलो अन्य राज्यमा पनि फैलदै गएपछि मोनाटा र वाशिङटनमा पनि आपतकाल घोषणा गर्दै हजारौं बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिंदैछ ।।
उत्तर कोरियाद्वारा क्षेप्यास्त्रमा प्रयोग गर्न सक्ने क्षमताको हाइड्रोजन बम आफूसँग तयार रहेको दावी ।।

उत्तर कोरियाद्वारा क्षेप्यास्त्रमा प्रयोग गर्न सक्ने क्षमताको हाइड्रोजन बम आफूसँग तयार रहेको दावी ।।

World News
उत्तर कोरिया/हाइड्रोजन बम ब्यालिष्टिक क्षेप्यास्त्रमा जडान गरि प्रयोग गर्न सकिने अझ परिष्कृत आणविक हतियार आफूसँग तयार रहेको उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाको राष्ट्रिय समाचार संस्थाले त्यसका नेता किम जोङ उनले निरिक्षण गरेको एउटा हतियार हाईड्रोजन बम हो भनी तस्वीर सार्वजनिक गरेको छ । सो दाबीको स्वतन्त्र पुष्टि हुन नसकेको पश्चिमेली समाचार विज्ञ र संस्थाले जनाएका छन् । अन्तरराष्ट्रिय सम्बन्धीत विज्ञहरुले उत्तर कोरीयाले आणविक हतियार निर्माणमा प्रगति गरेको स्वीकार गरेता पनि क्षेप्यास्त्रमा जडान गर्न सकिने आणविक हतियार विकास गर्न सकेकोमा भने स्पष्ट हुन नसकिएको जनाएका छन् । उत्तर कोरियाले भने आफुसँग आणविक क्षेप्यास्त्र रहेको भन्दै श्रृङखलाबद्ध परिक्षण गर्दै अमेरीकी प्रशान्त क्षेत्र स्थीत गुवाम सम्म आक्रमण गर्ने चेतावनी दिएको छ ।।
भारतको मुम्बइमा एउटा घर भत्किँदा मृत्यु हुनेहरुको संख्या २१ पुग्यो / घरको भग्नावशेषबाट २१ जनाको उद्धार ।।

भारतको मुम्बइमा एउटा घर भत्किँदा मृत्यु हुनेहरुको संख्या २१ पुग्यो / घरको भग्नावशेषबाट २१ जनाको उद्धार ।।

World News
भारत/भवन भत्कियो भारतको मुम्बइमा एउटा घर भत्किँदा मृत्यु हुनेहरुको संख्या २१ पुगेको छ । अन्य २१ जनालाइ भत्किएको घरको भग्नावशेषबाट उद्धार गरिएको छ । तर अझै केही व्यक्ति अझै फँसेको हुनसक्ने आशंका गर्दै खोजी कार्य जारी राखिएको छ । भत्किएको ६ तले भवन करिव १ सयवर्ष पुरानो भएको बताइएको छ । घटना मुम्वइको व्यस्त र भीडभाडयुक्त भेन्डी बजार क्षेत्रमा भएको हो । घर भत्किएको सो क्षेत्रमा केहीदिन अघिको भारी वर्षापछि बाढी र डुबानमा परेको थियो ।।
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci