प्रम संग भियतनामका सहायक विदेश मन्त्रीद्वारा भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउले आज शिष्टाचार भेट गर्नुभएको छ । 

PM

 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भियतनामले हासिल गरेको आर्थिक विकास र युद्धपछिको पुनर्निर्माणमा गरेको प्रगतिबाट आफू प्रभावित भएको बताउनुभयो । प्रधानमन्त्रीले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै भियतनामीको स्वाभिमानप्रति आफ्नो उच्च सम्मान रहेको पनि बताउनुभयो । प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा नेपाल अघि बढिरहेको पनि बताउनुभयो । सो अवसरमा कृषि, प्रविधि, जलविद्युत् र पर्यटनमा नेपालले भियतनामसँग सहकार्य गर्न इच्छुक रहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो । भियतनामका विदेशमन्त्री चाउले नेपालमा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा चाउले जलविद्युत्को क्षेत्रमा भियतनामले पनि नेपालसँग सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभएको थियो ।।

 

 

 

NTV Special

Public Corner:

Description:

Upload File :

Poll