Friday, April 20

NTV NEWS

कर्णाली प्रदेशसँग जोडिएका चीनतर्फको सबै नाका खोल्न कुटनीतिक पहल गर्ने प्रधानमन्त्रीको भनाइ/हिल्सा र मानसरोवर नाका संचालन गर्ने उल्लेख

कर्णाली प्रदेशसँग जोडिएका चीनतर्फको सबै नाका खोल्न कुटनीतिक पहल गर्ने प्रधानमन्त्रीको भनाइ/हिल्सा र मानसरोवर नाका संचालन गर्ने उल्लेख

National, Politics
हुम्ला/प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको चीनसँगको सबै नाका खोल्न आफूले कुटनीतिक पहल गर्ने बताउनुभएको छ । हुम्लाको सिमीकोट, हिल्सा लगायतका क्षेत्रको स्थलगत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले हिल्सा र मानसरोवर नाकालाइ सुचारु गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले चीनीयाँ पक्षसँगको सम्वादबाट नाका खोल्ने र विस्तार गर्न सरकार प्रयासरत रहेको बताउनुभयो । कर्णाली क्षेत्रलाइ सडक सञ्जालमा जोडी त्यहाँको प्रचूर सम्भावनाको उचित व्यवस्थापन गरेर मुलुकलाइ समृद्ध बनाउन सकिने भनाइ प्रधानमन्त्री ओलीको थियो ।।
वैशाख १५ गतेभित्र सबै राजमार्गको मर्मत गरिने भौतिक पूर्वाधारमन्त्रीको घोषणा/मर्मतको काम नभए जिम्मेवार कर्मचारी कारवाहीमा पर्ने

वैशाख १५ गतेभित्र सबै राजमार्गको मर्मत गरिने भौतिक पूर्वाधारमन्त्रीको घोषणा/मर्मतको काम नभए जिम्मेवार कर्मचारी कारवाहीमा पर्ने

District News, National, Politics
पर्सा/रघुविर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा गरिने बताउनुभएको छ । मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय सडकले विकासलाई गति दिने भएकाले आउँदो १५ दिनभित्र देशभरिकै राजमार्ग तथा सहायक राजमार्गको मर्मत पूरा गर्न सम्बन्धित कार्यालयलाई जिम्मा लगाइएको बताउनुभयो । पर्सामा हिजो आयोजित कार्यक्रममा मन्त्री महासेठले वैशाख १५ गतेभित्र राजमार्ग मर्मतको काम पूरा नभए सम्बन्धित कर्मचारीलाई कारबाही गरिने पनि बताउनुभयो ।।
गर्मी लागेसँगै डडेलधुराका अधिकांश स्थानमा पानीका मुहान सुक्न थाले/पिउने पानीको समस्या हुन थालेपछि स्थानीय चिन्तित

गर्मी लागेसँगै डडेलधुराका अधिकांश स्थानमा पानीका मुहान सुक्न थाले/पिउने पानीको समस्या हुन थालेपछि स्थानीय चिन्तित

District News, National
डडेलधुरा/पानीको मुहान सुक्दै गर्मी मौसम शुरु भएसँगै डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन् । वर्षा नभएको र ग्रामीण क्षेत्रमा सडक निर्माणले तिव्रता पाएसँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका हुन् । डडेल्धुराको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका  र अजयमेरु गाउँपालिकाका केही वडाहरुमा खानेपानीका मुहान सुकेका छन् । डडेल्धुराका विभिन्न स्थानमा रहेका पँधेरा सुकी सकेका छन् भने केही सुक्ने अवस्थामा रहेका छन् । मुहान सुक्न थालेपछि खानेपानीका धारामा समेत पानी आउन छोडेको छ । खानेपानीको अभाव हुन थालेपछि स्थानीयहरु टाढाटाढाका कुवा र धाराबाट पानी ओसार्न बाध्य भएका छन् ।।
सिरियाबाट अमेरिकी सेना फिर्ता नगर्न ट्रम्पलाई फ्रान्सका राष्ट्रपतिको आग्रह/संयुक्त शैन्य कारवाही आवश्यक रहेको उल्लेख

सिरियाबाट अमेरिकी सेना फिर्ता नगर्न ट्रम्पलाई फ्रान्सका राष्ट्रपतिको आग्रह/संयुक्त शैन्य कारवाही आवश्यक रहेको उल्लेख

World News
सिरिया/फ्रान्स म्याक्रोन फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिरियाबाट अमेरिकी सेना फिर्ता नगर्न र लामो समयसम्म राख्न आश्वस्त पारेको बताउनु भएको छ । अघिल्लो महिना राष्ट्रपति ट्रम्पले सिरियाबाट छिट्टै अमेरिकी सेना फिर्ता हुने बताउनु भएको थियो । शनिबार अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रुपमा सिरिया सरकार विरुद्ध रासाइनिक हतियारको प्रतिक्रिया स्वरुप आक्रमण गरेका हुन् । फ्रान्सेली राष्ट्रपति म्याकरनले राष्ट्रपति ट्रम्पलाई हवाई आक्रमणलाई निश्चित गर्न आश्वस्त पारेको बताउनु भयो । यस अघि सैन्य कारवाही फिर्ता गर्ने विषयमा कयौंपटक कुरा भएको थियो । राष्ट्रपति म्याकरनले टेलिभिजनसँगको प्रत्यक्ष अन्तरवार्तामा शनिवार सबेरै सिरियामा शुरु भएको संयुक्त शैन्य कारवाही आवश्यक रहेको तर यो सिरिया विरुद्ध युद्धको घोषणा नभएको बताउनु भयो ।।
पाँचथर गोल्डकपको उपाधी बिर्ता युनाइटेडलाई/फाइनलमा न्यु स्टार क्लब सुनसरी १ का विरुद्ध ४ गोलले पराजित

पाँचथर गोल्डकपको उपाधी बिर्ता युनाइटेडलाई/फाइनलमा न्यु स्टार क्लब सुनसरी १ का विरुद्ध ४ गोलले पराजित

District News, Sports
पाँचथर/फुटबल पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी बिर्ता युनाइटेडले जितेको छ । हिजो सम्पन्न फाइनल खेलमा न्यु स्टार कल्ब सुनसरीलाई १ का विरुद्ध ४ गोलले पराजित गर्दै बिर्ता युनाइटेडले उपाधी जितेको हो । बिर्ताका साथै पुष्प मादेन, नवयुग श्रेष्ठ, भुपेन लिम्बु र पुजन उप्रेतीले १-१ गोल गरे भने न्युस्टारका लागि एक मात्र गोल निसान लिम्बुले गरेका थिए । फिदिममा चैत २५ गतेबाट जारी दोस्रो संस्करणको पाँचथर गोल्डकप फुटबलमा बिर्ता युनाइटेडका नवयुग श्रेष्ठ सर्बोकृष्ट खेलाडी र सर्बाधिक गोलकर्ता घोषित भएका छन् । उनले प्रतियोगिताभर ६ गोल गरेका थिए । उपाधी विजेता बिर्ता युनाइटेडले ३ लाख ५ हजार ५ सय ५५ पुरस्कारसहित ट्रफि प्राप्त गरेको छ ।।
खेलको माध्यमबाट पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा पोखरा – तातोपानी साइकल दौड प्रतियोगिता आयोजना गरिएको छ

खेलको माध्यमबाट पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा पोखरा – तातोपानी साइकल दौड प्रतियोगिता आयोजना गरिएको छ

District News, Sports
कास्की/बाइक दौड खेलमन्त्री खेलको माध्यमबाट पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा पोखरा – तातोपानी साइकल दौड प्रतियोगिता आयोजना गरिएको छ ।  नयाँ बर्षको अबसर पारेर आयोजना गरिएको प्रतियोगिता पोखराबाट माछापुच्छ्रे गाउँपालिकाको तातोपानी सम्म ३० किलोमिटर दुरीमा सम्पन्न भएको छ । प्रतियोगितामा ६२ जनाले सहभागिता जनाएका थिए । प्रतियोगिताको उद्घाटन गर्दै यूवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले खेलको माध्यमबाट पर्यटन प्रबद्र्धन गरी राष्ट्रको आर्थिक समृद्धिमा टेवा पुरयाउन सकिने बताउनुभयो ।।
आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण अवसर आएको प्रधानमन्त्रीको भनाइ/आर्थिक विकासको लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता

आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण अवसर आएको प्रधानमन्त्रीको भनाइ/आर्थिक विकासको लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता

Business, District News, National, Politics
प्रधानमन्त्री/रारा संवोधन प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउनुभएको छ ।  निर्वाचनको सफलतासँगै नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले इतिहासले आर्थिक विकास र समृद्धिका लागि आफूहरुलाई अभूतपूर्व अवसर प्रदान गरेको बताउनुभएको हो । मुगुको राराताल क्षेत्रबाट आज देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले अबको सर्वोपरि राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रबिन्दु भनेको आर्थिक समृद्धि भएको बताउनुभयो । प्रधानमन्त्रीले 'विगतका गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई असाधारण तीव्रता दिइने बताउनु भयो । आफ्नो संवोधनका क्रममा प्रधानमन्त्री ‌ओलीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने र त्यसका लागि आवश्य
कर्णाली-रारा पर्यटन वर्ष शुरु/प्रधानमन्त्रीद्वारा मुगुकी एक बालिकालाइ विद्यालयमा भर्ना गरी राष्ट्रिय भर्ना अभियानको शुभारम्भ

कर्णाली-रारा पर्यटन वर्ष शुरु/प्रधानमन्त्रीद्वारा मुगुकी एक बालिकालाइ विद्यालयमा भर्ना गरी राष्ट्रिय भर्ना अभियानको शुभारम्भ

Business, District News, National
प्रम/रारा पर्यटन बर्ष कर्णाली-रारा पर्यटन वर्ष शुभारम्भ भएको छ । यस अबसरमा आयोजना गरिएको रारा महोत्सव एवं रारा पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मुगुको रारा ताल किनारमा आयोजित कार्यक्रममा शुभारम्भ गर्नुभएको हो । कर्णाली-रारा पर्यटन वर्षको पहिलो दिन हिजो करिव १५ हजार आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेको जनाइएको छ । महोत्सवको उद्घाटन गर्नुहुदै प्रधानमन्त्री ओलीले सबै प्रदेश र क्षेत्रले आफ्ना मौलिक संभावनाबाटै सम्बृद्धीको बाटो पहिल्याउनु पर्ने बताउनुभयो । कोही नेपाली गरिव नहुन कोही नेपाली भोको नरहुन भन्ने लक्ष सहित सरकारले गरिवी निवारणका लागि काम गरिरहेकोले त्यसमा सघाउन सबैले आ-आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने पनि उहाँले बताउनुभयो ।
सिरियामाथि गरिएको संयुक्त सैनिक कारवाहीमा लक्ष्य प्राप्त भएको अमेरिकी राष्ट्रपतिको भनाई/आक्रमणको सैन्य शक्तिबाटै जवाफ दिने रुसको चेतावनी

सिरियामाथि गरिएको संयुक्त सैनिक कारवाहीमा लक्ष्य प्राप्त भएको अमेरिकी राष्ट्रपतिको भनाई/आक्रमणको सैन्य शक्तिबाटै जवाफ दिने रुसको चेतावनी

World News
अमेरिका/सिरिया अपडेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया माथि अमेरिकी नेतृत्वमा गरिएको सैनिक कारवाही सही रुपमा भएको बताउनुभएको छ । सिरियाका आक्रमणका सम्वन्धमा सामजिक सञ्जाल  ट्विटरमा टिप्पणी गर्नुहुदै राष्ट्रपति ट्रम्पले लक्ष प्राप्त भएको उल्लेख गर्नुभएको छ । अमेरिकी सेनाको नेतृत्वमा बेलायत र फ्रान्सको संयुक्त सेनाले सिरियाको रासायनिक हतियार भण्डारण गरिएको भनिएको राजधानी दमासकस र डौमा शहरमा हिजो बिहानै देखि आक्रमण गरेका थिए । संयुक्त सेनाले ती स्थानमा एक सय भन्दा बढी मिसाइल प्रहार गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । रुस र इरानले भने अमेरिकी नेतृत्वको आक्रमणको निन्दा गरेका छन् । आफ्नो सहयोगी सिरिया माथी अमेरिकी नेतृत्वमा आक्रमण भएको विषयलाइ गम्भिर रुपमा लिएको बताउदै रुसका राष्ट्रपति भाल्दिमिर पुटिनले आक्रमणको जवाफ सैन्य शक्तिबाटै दिने प्रतिक्रिया व्यक्
इस्लामिक स्टेट समूह बोको हरामको अपहरणमा परेका मध्ये ११२ जना अझै वेपत्ता / बेपत्तामध्ये १५ जना मात्रै जीवित रहेको आशंका

इस्लामिक स्टेट समूह बोको हरामको अपहरणमा परेका मध्ये ११२ जना अझै वेपत्ता / बेपत्तामध्ये १५ जना मात्रै जीवित रहेको आशंका

World News
नाइजेरिया/बालिका अपहरण इस्लामिस्ट समूह बोको हरामले नाइजेरियामा केहि वर्षअघि अपहरण गरेका २ सय ७६ जना छात्राहरुमध्ये १ सय १२ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता पारिएका स्थानीय चिबक स्कुलका बालिका मध्ये १५ जना मात्रै जीवित रहेको सो समूहसँग सम्पर्क भएका नाजेरियाली पत्रकारहरुले दावी गरेका छन् । चार वर्ष अघि बोको हराम समूहले २ सय ७६ जना स्कुले बालिकाहरुको अपहरण गरेको थियो । त्यस मध्ये धेरैजसो छात्राहरु अपहरण मुक्त भइसकेका छन् । सरकारले छात्राहरुको रिहाईका लागि वार्ता गरे पनि त्यो सफल हुन सकेको छैन । नाइजेरियाली सरकारका प्रवक्ताले सरकार बोको हरामसँग बेपत्ता रहेका १ सय १२ किशोरीहरुको सुरक्षित रिहाईका लागि छलफल भइरहेको जनाएको बिबिसीले उल्लेख गरेको छ ।।