Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

NTV NEWS

आर्थिक वर्ष २०७४/७५ का लागि करिव १२ खर्व ७९ अर्बको बजेट विनियोजन/ स्थानीय तहलाइ १० करोडदेखि सवा अर्बसम्म बजेटको व्यवस्था ।

आर्थिक वर्ष २०७४/७५ का लागि करिव १२ खर्व ७९ अर्बको बजेट विनियोजन/ स्थानीय तहलाइ १० करोडदेखि सवा अर्बसम्म बजेटको व्यवस्था ।

National
बजेट समग्र सघियता कार्यन्वन र भुकम्प पछिको पुन निर्माणालाइ मुख्य प्राथिमकतामा राख्दै सरकारले आव २०७४/७५ का लागि १२ खर्र्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका-संसद्को बैठकमा प्रस्तुत गर्नुभएको आयव्यय बजेटमा विनियोजित रकममध्ये चालु खर्च आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार अर्थात् ६२ दशमलव ८ प्रतिशत, पूँजीगततर्फ तीन खर्ब ३५ अर्ब २७ करोड ५९ लाख ७० हजार हजार अर्थात् २६ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार अर्थात् ११ प्रतिशत रहेको रहेको छ । बजेटले ७.२ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। सविधान कार्यन्वनमा जोड दिँदै दिगो शमावेशी उच्च बृदिदर हासिले लक्ष बजेटले राखेको छ । सघियता कार्यन्यन, आन्तरीक उत्पादन बृदि, समयबद्ध पुन निर्माण र सार्वाजनीक निर्माणको
बंगालको खाडीमा आएको समुन्द्री आँधीबाट श्रीलंकामा १८० जनाको मृत्यु/बंगलादेशमा पनि उच्चतम सतर्कता ।

बंगालको खाडीमा आएको समुन्द्री आँधीबाट श्रीलंकामा १८० जनाको मृत्यु/बंगलादेशमा पनि उच्चतम सतर्कता ।

World News
बंगलादेश/आँधी खतरा बंगलादेशमा मोरा नामक समुन्द्री आँधी आउने सम्भावना देखिएपछि सरकारले १० लाख मानिसलाई सुरक्षित ठाउँमा सार्ने तयारी गरिरहेको छ । चटगाउँ नजिकै ५ सय ठाउँमा सुरक्षित आश्रयस्थल खडा गरिएका छन् । सरकारले खतराको उच्चतम संकेत अर्थात तह १० को सूचना जारी गरेको छ । समुद्रबाट टाढा पर्ने बस्तीहरुमा तह-८ को सुरक्षा सावधानी सूचना जारी गरिएको छ । श्रीलंकामा मनसुनी वर्षाबाट १ सय ८० जनाको मृत्यु भएको र सोही मनसुनी हावाहुरी बंगालको खाडीतर्फ मोडिएर बंगलादेश पुगेको हो । श्रीलंकामा मनसुनी वर्षा, पहिरो र आँधीबाट १४ वर्षयताकै सबैभन्दा बढी क्षति भएको छ ।।
दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते गर्ने सरकारको निर्णय

दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते गर्ने सरकारको निर्णय

Uncategorized
सबैलाइ सहभागी गराउन निर्वाचनको मिति सारिएको सरकारका प्रवक्ताको भनाइ । सरकारले स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मिति सार्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठकले दोश्रो चरणको निर्वाचन यही असार ९ गते शुक्रबार गर्ने निर्णय गरेको हो । पहिलो चरणको निर्वाचनमा असहमति राख्दै सहभागी नहुने दलहरूलाई समेत निर्वाचनमा सहभागी गराउन जेठ ३१ गतेको निर्वाचनको मिति असार ९ गतेका लागि सारिएको सरकारका प्रबक्ता सूचना तथा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले मुस्लिम समुदायको पवित्र रमजान चाडलाई पनि ध्यानमा राख्दै निर्वाचन मिति सार्ने निर्णय गरिएको र मिति सार्ने प्रस्तावलाई छलफलका लागि व्यवस्थापिका–संसदमा लगिने पनि बताउनुभयो ।।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता  ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता ।

Politics
महाभियोग/फिर्ता प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ ।प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई प्रस्ताव फिर्ता सम्बन्धी लिखित जानकारी दिँदै प्रस्ताव फिर्ता लिनुभएको हो । संवैधानिक अङ्गहरुका बीचमा सौहार्दता, सकारात्मक सहयोग र समझदारीको अपेक्षा गर्दै’ प्रस्ताव फिर्ता लिइएको सभामुखलाई दिइएको लिखित जानकारीमा उल्लेख छ । संसदमा बजेट प्रस्तुत गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव फिर्ता गर्नुपर्ने अडान राखेपछि प्रस्ताव फिर्ता लिइएको हो ।।
गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै/राष्ट्रिय सहमतिका साथ आर्थिक समृद्धिमा लाग्न राष्ट्रपतिको आग्रह ।

गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै/राष्ट्रिय सहमतिका साथ आर्थिक समृद्धिमा लाग्न राष्ट्रपतिको आग्रह ।

Breaking News, National, Politics
गणतन्त्र दिवस गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद्को सिफारिसमा दशौं गणतन्त्र दिवस, २०७४ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ७५९ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको छ ।। राष्ट्रपति/गणतन्त्र शुभकामना राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान
चितवनको भरतपुर महानगरपालिकाको मतपत्र एकाएक च्यातेपछी-अनिश्चितकालका लागि मतगणना स्थगित

चितवनको भरतपुर महानगरपालिकाको मतपत्र एकाएक च्यातेपछी-अनिश्चितकालका लागि मतगणना स्थगित

ELECTION SPECIAL
चितवन/निर्वाचन मतगणना चितवनको भरतपुर महानगरपालिकाको मतगणना गएरातीदेखी रोकिएको छ । मतगणनामा खटिएका राजनितिक दलका प्रतिनिधिहरुले नै मतपत्र एकाएक च्यातेपछी बिबाद हुँदा अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत कबीप्रसाद न्यौपानेले बताउनुभयो । माओबादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा रहेकै बेला बडा नम्वर १९ को मतगणना गर्ने क्रममा मतपत्र च्यातिएपछी स्थिति तनावपूर्ण बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो । मतपत्र च्यातिएको बिषयमा निर्वाचन कार्यलयमा प्रतिबेदन पठाउने सो को जवाफ नआएसम्म मतगणना स्थगित रहने निर्वाचन अधिकृतले बताउनु भयो । मतगणनास्थलबाट प्रहरीले माओबादीका २ र एमालेका १ जना लाई पक्राउ गरेको छ । मत कसले च्यातेको हो भन्ने बारेमा आधिकारिक जानकारी दिईएको छैन् ।।
अमेरिकाको मिसिसिपी राज्यमा पारिवारिक विवादका कारण भएको गोलिकाण्डमा ८ जनाको मृत्यु ।

अमेरिकाको मिसिसिपी राज्यमा पारिवारिक विवादका कारण भएको गोलिकाण्डमा ८ जनाको मृत्यु ।

World News
अमेरिका/गोलिकाण्ड अमेरिकाको मिसिसिपी राज्यको लिङ्कन काउन्टीमा भएको गोलीकाण्डमा एकजना प्रहरी अधिकृतसहित ८ जनाको मृत्यु भएको छ । प्रहरीले विली कोरी गाड्वोल्ट नामक व्यक्तिलाई शंकास्पद अभियुक्तको रुपमा पक्राउ गरी वयान लिएको छ । गोलीकाण्ड एउटै घटनासँग जोडिएपनि बिभिन्न तीन ठाउँमा भएको थियो । सबै घटना सौतेती मामिला र पारिवारिक विवादसँग सम्बन्धित रहेको जनाइएको छ । पक्राउ परेको व्यक्तिले आफू संसारमा जिउन लायक नभएको हुनाले उक्त वितण्डता मच्चाएको बयान दिएको छ । मिसिसिपीका गभर्नर फिल व्राइन्टले घटना दुखद भएको र घटनामा मारिने प्रहरी अधिकृत ज्यादै इमान्दार भएको प्रतिक्रिया दिनुभएको छ । अमेरिकाका बिभिन्न स्थानमा पारिवारिक र अन्य विवादका कारण दिनहुँजसो गोलिकाण्ड हुने गरेका छन् ।।
प्रमख तीन दल र आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालबीच को बैठक सहमतिका लागि थप छलफल गर्ने निष्कर्षसहित टुङ्गिएको छ ।

प्रमख तीन दल र आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालबीच को बैठक सहमतिका लागि थप छलफल गर्ने निष्कर्षसहित टुङ्गिएको छ ।

Politics
चारदल/बैठक प्रमख तीन दल र आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालबीच हिजो साँझ भएको बैठक सहमतिका लागि थप छलफल गर्ने निष्कर्षसहित टुङ्गिएको छ । संविधान संशोधन, दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यथास्थितिमा संविधान संशोधनका पक्षमा दुईतिहाई बहुमत पुग्न कठिन रहेको र स्थानीय तहको दोस्रो निर्वाचनको मिति नजिकै आएकाले निर्वाचनपछि संविधान संशोधन पारित गरेर अघि बढ्ने गरी निर्वाचनमा सहभागी हुन राजपाका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।  बैठकमा राजपाका नेताहरुले आफ्नो मुख्य चासो प्राविधिक विषयमा भन्दा पनि संविधान संशोधनमै रहेको भन्दै संविधान संशोधन विधेयक पारित हुने वातावरण बनाउन प्रमुख तीन दललाई आग्रह गर्नुभएको थियो । छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु दोस्रो चरणको निर्वाचनपछि संव
आगामी आर्थिक वर्ष २०७४/७५ को आय र व्ययको वार्षिक बजेट आज अपरान्ह प्रस्तुत हुँदै/व्यवस्थापिका संसदको वैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित ।

आगामी आर्थिक वर्ष २०७४/७५ को आय र व्ययको वार्षिक बजेट आज अपरान्ह प्रस्तुत हुँदै/व्यवस्थापिका संसदको वैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित ।

National, Politics
संसद/आर्थिक सर्वेक्षण आगामी आर्थिक वर्ष २०७४/७५ को आय र व्ययको वार्षिक बजेट आज अपरान्ह प्रस्तुत हुँदैछ । अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेट वक्तव्य व्यवस्थापिका संसदको बैठकमा पेश गर्नुहुनेछ । यसैबीच चालु आर्थिक बर्षमा आर्थिक वृद्धिदर करिव ७ प्रतिशत हुने जानकारी सरकारले संसदलाइ गराएको छ । संसदको हिजोको वैठकमा यसबर्षको संस्थानहरुको प्रगति विवरण सहितको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बृद्धिदर ६ दशमलव ९४ प्रतिशत हुने जानकारी संसदलाई गराउनु भएको हो । लोडसेडिङ्को कमीले गर्दा लगानी वातावरणमा सुधार आएको र आपुर्ति व्यवस्थापन सहज हुँदा आर्थिक बृद्धि दुइ दशक यताकै बढि हुने उहाँको भनाइ थियो । समिक्षा अवधिमा कुल राजश्व परिचालन ३ खर्व ५३ अर्व रहेको र यस बर्षको अन्त सम्ममा यसको योगदान कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत पुग्ने
व्यवस्थापिका संसदको वैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित/आगामी आर्थिक वर्षको बजेट वक्तव्य भोलि आउने ।

व्यवस्थापिका संसदको वैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित/आगामी आर्थिक वर्षको बजेट वक्तव्य भोलि आउने ।

National, Politics
संसद/धन्यवाद पारित सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदले पारित गरेको छ । आज बसेको संसदको वैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाइ धन्यवाद दिंदै नीति तथा कार्यक्रम वहुमतले पारित गरेको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत नीति तथा कार्यक्रमलाइ थाँती राखेर संवैधानिक व्यवस्था, प्रतिपक्षको माग र निर्वाचन आचार संहिता लागेकोले यस्तो खालको राजनीतिक विवरण आएको बताउनु भएको थियो । आफुले देशलाई आर्थिक समृद्धि तर्फ लैजान खोजेकोले हिमाल, पाहाड तराइलाइ जोडेर देशलाइ अघि बढाउन खोजेको बताउदै अहिलेको देशको आर्थिक गतिशिलताको कुरामा जश जसले लिए पनि आफु खुशी हुने बताउनु भयो । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रको हैसियत निर्वाचनमा के होला भनेर आँकलन गरी चुनाउको वारेमा आफुले सोचेको भए अहिलेको चुनाउ हुन नसक