Saturday, December 16

NTV NEWS

विजयी उम्मेदवारहरु/अपडेट

विजयी उम्मेदवारहरु/अपडेट

ELECTION SPECIAL
बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । हालसम्म प्राप्त २५५ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले १०५ र नेपाली कांग्रेसले ९७ स्थानमा विजय प्राप्त गरेका छन् । त्यसैगरी माओवादी केन्द्रले ४६ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन् । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । पछिल्लो मत परिणाम अनुसार धादिङको निलकण्ठ नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भिमप्रसाद ढुङ्गाना विजयी हुनुभएको छ । अब ४ वटा महानगरपालिका सहित ३३ वटा स्थानीय तहको परिणाम आउन बाँकी छ । महानगर बाहेक बाँकी जिल्लाको परिणाम आज वेलुकासम्म आउन सक्ने निर्वाचन आयोगले जनाएको छ । महा
व्यवस्थापिका संसद/आह्वान

व्यवस्थापिका संसद/आह्वान

National, Politics
राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदको तेस्रो अधिवेशन यही जेठ ८ गते सोमवार बस्ने गरी आह्वान गर्नु भएको छ । राष्ट्रपति भण्डारीले संबिधानको धारा २९६ को उपधारा ६ बमोजिम ८ गते सोमवार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा व्यवस्थापिका संसदको अधिवेशन बोलाउनु भएको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ ।।
मानव अधिकार आयोग

मानव अधिकार आयोग

National
 राष्ट्रिय मानवअधिकार आयोगले जघन्य मानवअधिकार उल्लङ्घनको घटनाका सम्बन्धित कोही कसैलाई पनि छुट नदिन आग्रह गरेको छ ।  आयोगले विज्ञप्तिमार्फत २०७२ साल भदौमा कैलालीमा आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएका सम्बन्धमा उचित छानबिन गर्न र आपराधिक घटनामा संलग्नलाई कुनै पनि उन्मुक्ति नदिन आग्रह गरेको हो ।  आयोगले जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति दिनु दण्डहीनतालाई प्रश्रय हो भन्दै यसबाट मानवाधिकारको संस्कृतिको विकासमा मद्दत नपुग्ने देखिएको जनाएको छ ।  आयोगले सो घटनाको सम्बन्धमा स्थलगत अनुसन्धान गरी गएको फागुनमा प्रतिवेदन दिइएको ध्यानाकर्षण गराउँदै आपराधिक घटनालाई राजनीतिक आवरण दिइनु गलत भएको जनाएको छ ।।
ब्राजिलका राष्ट्रपति मिसेल टेमरले सन् २०१० देखि करोडौं डलर घुस लिएको प्रमाण

ब्राजिलका राष्ट्रपति मिसेल टेमरले सन् २०१० देखि करोडौं डलर घुस लिएको प्रमाण

World News
ब्राजिलका राष्ट्रपति मिसेल टेमरले सन् २०१० देखि करोडौं डलर घुस लिएको प्रमाण फेला परेको त्यहाँको सर्वोच्च अदालतले प्रकाशित गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । राष्ट्रपति टेमरले ठूलो रकम घुस लिएको विवाद चर्किरहेको बेला त्यहाँको एउटा मासु प्रशोधन कम्पनीका मालिकले अदालतसमक्ष राष्ट्रपतिले घुस लिएको प्रमाण पेश गरेपछि नयाँ तथ्य सार्वजनिक भएको हो । यसअघि उहाँले विरोध र विवादका बावजुद आफूले राजिनामा नदिने दृढता व्यक्त गर्नुभएको थियो । ब्राजिलका बिभिन्न व्यापारिक संस्थाले अहिले अदालत समक्ष आफूहरुबाट बेलाबेलामा निर्वाचन र पार्टी गठबन्धनको नाममा करोडौं डलर चन्दा लिएको स्वीकार गरेका छन् । एक वर्षअघि त्यहाँका तत्कालिन राष्ट्रपति रुसेल डिल्मालाई महाअभियोग लगाएर टेमर सत्तामा आउनुभएको थियो ।।
निर्वाचन आयोग/दोस्रोचरण कार्यक्रम

निर्वाचन आयोग/दोस्रोचरण कार्यक्रम

ELECTION SPECIAL, National
  दोस्रो चरणमा हुने निर्वाचन ४३ जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुले आजबाट पुर्ण रुपमा सचालनमा आउने निर्वाचन आयोगले बताएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत  ४६१ स्थानीयतहमा यही जेष्ठ ३१ गते निर्वाचन हुँदैछ । १९ गते उम्मेदावारको मनोनय दर्ताको कार्यक्रम यस अघिनै तय भएको छ । यसैगरी आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मत सङ्केतन गर्न रातो रङको मसी प्रयोग गरिने निर्णय आयोगका प्रवक्ता शुर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।।  
स्थानीय तह निर्वाचन अन्तर्गत चारवटै महानगरपालिकाको मतगणना अपडेट ll

स्थानीय तह निर्वाचन अन्तर्गत चारवटै महानगरपालिकाको मतगणना अपडेट ll

ELECTION SPECIAL
काठमाडौ/मतगणना अपडेट  काठमाडौ महानगरपालिकाको जारी गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले १३ हजार ५५७ मत र नेपाली कांग्रेसका राजुराज जोशीले ९ हजार ४८८ मत प्राप्त गर्नुभएको छ । यसैगरी माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले १५५९ मत प्राप्त गर्नुभएको छ भने विवेकशील नेपाली दलका रन्जु दर्शनाले ५ हजार ५४७ मत र साझा पार्टीको प्रतिनिधित्व गर्ने स्वतन्त्र उम्मेदवार किशोर थापाले ४ हजार २ सय ३० मत प्राप्त गर्नुभएको छ ।। ललितपुर/मतगणना अपडेट त्यसैगरी ललितपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका चिरीबाबु महर्जनले १३ हजार ८४३ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार ६६३ मत प्राप्त गर्नुभएको छ । ललितपुर महानगरपालिकाको १५ नम्वर वडाको मतगणना गर्दै जाँदा ३१ वटा मत बढी भेटिएपछि त्यहाँको मतगणना हाललाई स्थगित गरिएको छ ।। कास्की
विजयी उम्मेदवारहरु/अपडेट

विजयी उम्मेदवारहरु/अपडेट

ELECTION SPECIAL
बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । हालसम्म प्राप्त २५२ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले १०३ र नेपाली कांग्रेसले ९७ स्थानमा विजय प्राप्त गरेका छन् । त्यसैगरी माओवादी केन्द्रले ४५ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन् । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । पछिल्लो मत परिणाम अनुसार धादिङको निलकण्ठ नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भिमप्रसाद ढुङ्गाना विजयी हुनुभएको छ । अब ४ वटा महानगरपालिका सहित ३३ वटा स्थानीय तहको परिणाम आउन बाँकी छ । महानगरहरु बाहेक परिणाम आउन बाँकी जिल्लाका प्रमुख निर्वाचन अधिकृतहरुका अनुसार आजसम्ममा सबै

भक्तपुर/सात दल बैठक

National, Politics
  दोश्रो चरणको स्थानीय तहको निर्वाचन अघिनै संबिधान संसोधन पारित गर्न प्रधानमन्त्रीले राखेको प्रस्ताव प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्वीकार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहालले दोश्रो चरणको निर्वाचन अघि नै संसोधन प्रस्ताव पारित गर्दे निर्वाचनको वातावरण बनाउन प्रस्ताव गर्नुभएको थियो । नेकपा एमालेका नेताहरुले संसोधन प्रस्तावका बिषयमा आफ्नो पार्टीको विमती रहेको भन्दै संसोधन पारित गर्न सहयोग नगर्ने बताउनुभएको हो । बैठकमा एमाले नेताहरुले स्थानीय तहको संख्या थप गर्ने सरकारको तयारी प्रति पनि आपत्ती जनाएका छन् । बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले अहिलेको अबस्थामा संसोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभयो । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठकमा संविधान संसोधन र स्थानीय तहको संख्य
काठमाडौ/मतगणना अपडेट

काठमाडौ/मतगणना अपडेट

ELECTION SPECIAL
काठमाडौ महानगरपालिकाको जारी गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले १०४१७ मत र नेपाली कांग्रेसका राजुराज जोशीले ६८८५ मत प्राप्त गर्नुभएको छ । यसैगरी माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले ११२३ मत प्राप्त गर्नुभएको छ भने विवेकशील दलको प्रतिनिधित्व गर्ने रन्जु दर्शनाले ४०५३ मत र साझा पार्टीको प्रतिनिधित्व गर्ने स्वतन्त्र उम्मेदवार किशोर थापाले ३२२८ मत प्राप्त गर्नुभएको छ ।  त्यसैगरी उपप्रमुखतर्फ नेपाली कांग्रेसका हरिप्रभा खड्गीले ९१७६ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ५६२९ मत, माओवादी केन्द्रकी सुशील पौडेलले १४९१ मत र साझा पार्टीकी निरुपमा यादवले १९५३ मत प्राप्त गर्नुभएको छ ।। ललितपुर/मतगणना अपडेट त्यसैगरी ललितपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका चिरीबाबु महर्जनले ११ हजार ७३१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमाले
समग्र नतिजा/विजयी जुलुश

समग्र नतिजा/विजयी जुलुश

ELECTION SPECIAL
बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त २२९ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ९४ र नेपाली कांग्रेसले ८५ स्थानमा विजय प्राप्त गरेका छन । त्यसैगरी माओवादी केन्द्रले ४४ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।  काठमाडौको टोखा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका प्रकाश अधिकारी ८८९५ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी उपप्रमुख पदमा नेकपा एमालेकै ज्ञानमाया डङ्गोल ८१०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका भीम न