Tuesday, January 23

NTV NEWS

निर्वाचनको लागि निर्वाचन परिचयपत्र वितरण आज बिहानबाट सुरु

निर्वाचनको लागि निर्वाचन परिचयपत्र वितरण आज बिहानबाट सुरु

ELECTION SPECIAL
फोटोसहितको निर्वाचन मतदाता परिचय-पत्र वितरण कार्य आजदेखि सुरु भएको छ । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा आईतबार हुने स्थानीय तहको पहिलो चरणको निवार्चनमा मतदान गर्न मतदातालाई परिचय पत्र आज, भोलि र पर्सि बाँडिदै छ । मतदाता स्वयंम वा परिवारका सदस्यले सम्बन्धित मतदान केन्द्रमा गई मतदाता परिचय-पत्र संकलन गर्न सक्ने छन् । यसैबीच निर्वाचन हुने ३४ जिल्लाका बिभिन्न मतदान केन्द्रहरुमा मतदाता परिचय-पत्र संकलन गर्न आज बिहानदेखि मतदाताहरुको घुईचो लागेको छ ।।
पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेपछि सुरु हुने

पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेपछि सुरु हुने

Breaking News, ELECTION SPECIAL
यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न-गराउन निषेध गरिएको जनाएको छ । स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ । मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न नहुने उल्लेख छ ।।
पर्यवेक्षण कल सेन्टर स्थापना गरिने

पर्यवेक्षण कल सेन्टर स्थापना गरिने

ELECTION SPECIAL
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले निर्वाचन पर्यवेक्षणलाइ व्यवस्थित र तथ्यपरक बताउन राष्ट्रिय स्तरमा पर्यवेक्षण कल सेन्टर स्थापना गर्ने भएको छ । सो संस्थाले आयोजना गरेको पर्यवेक्षकहरुको अभिमुखीकरण तालिमका अवसरमा देशमा निर्वाचनका क्रममा पहिलो पटक यस खालको कल सेन्टर स्थापना गरिने बताइएको हो । यसैगरी कल सेन्टरमा सञ्चारकर्मीहरुका लागि मिडिया सेन्टर पनि स्थापना गरिने छ । नियोकले देश भरी नै निर्वान अघिको समग्र स्थिति अध्ययन गरिरहेको उल्लेख गर्दै मतदान पश्चात गणना, नतिजा प्रकाशन र विवाद निरुपण प्रक्रियाको समेत पर्यवेक्षण गर्ने जानकारी दिइएको छ । सो अवसरमा नियोकका अध्यक्ष सूर्य प्रसाद श्रेष्ठ, महासचिव गोपाल कृष्ण सिवाकोटी लगायतका वक्ताहरुले निर्वाचनलाइ स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षको सजगता आवश्यक पर्ने बताउनु भयो ।
सुरक्षाकर्मी तथा कर्मचारीहरु मतदान केन्द्रमा पुग्ने क्रम शुरु

सुरक्षाकर्मी तथा कर्मचारीहरु मतदान केन्द्रमा पुग्ने क्रम शुरु

ELECTION SPECIAL
काभ्रेपलाञ्चोक जिल्लामा सुरक्षाकर्मी तथा कर्मचारीहरु धमाधम मतदान केन्द्रहरुमा पुग्न थालेका छन् । काभ्रेका ६ वटा नगरपालिका र ७ वटा गाउपालिकामा मतदान सम्पन्न गर्नका लागि ३०७ वटा मतदान केन्द्रमा करिव १५ सय कर्मचारीहरू खटिएका छन । काभ्रेको बिकट मानिँदै आएको डाँडापारी, कोशीपारी,तिमाल लगायतका गाउँपालिकामा जाने सुरक्षाकर्मी तथा कर्मचारीहरु पहिले नै खटिइसकेका छन् भने सदरमुकाम आशपासका मतदान केन्द्रमा खटिने कर्मचारीहरु आजसम्ममा परिचालित भइसक्ने जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । भोलि विहानदेखि सम्बन्धित मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण गर्ने कार्यक्रम छ । स्थानिय निर्वाचनमा काभ्रेमा २ लाख ३० हजार ८ सय ४९ जना मतदाता सहभागि हुदैछन् ।
कृषि क्रान्ती र जलशक्तीको उपयोग देशलाई समृद्ध बनाइने काँग्रेश नेता पौंडेलको भनाइ

कृषि क्रान्ती र जलशक्तीको उपयोग देशलाई समृद्ध बनाइने काँग्रेश नेता पौंडेलको भनाइ

National
नेपाली काँगेसका बरिष्ठ नेता राम चन्द्र पौडेलले देशमा अब कृषि क्रान्ती गरेर पर्यटनको बिस्तार र जलशक्तीको उपयोग गरेर नेपाल लाई समृद्ध बनाउनु पर्ने बताउनु भएको छ । कास्कीको पोखरालेखनाथ महानगरपालिका आयोजित आम सभा लाई सम्बोधन गर्दै नेता पौडेलले देशमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्यौल भई रहेका बेला अब तराई मधेशका दल हरुपनि निर्वाचनमा सरिक हुने प्रतिबद्धता जनाई सकेको हुँदा अबको निर्वाचनमा सबैले शान्तीपूर्ण तरिकाले सहभागीता जनाउने बताउनुभयो ।
निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने दलहरुको प्रतिवद्धता

निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने दलहरुको प्रतिवद्धता

ELECTION SPECIAL, Politics
प्रमुख दलका शीर्ष नेताहरुले निर्वाचन आचारसहिताको अक्षरश पालनाको प्रतिवद्धता ब्यक्त गरेका छन् । नेपाली कांग्रेस नेकपा एमाले  माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका प्रमुख दलहरुले निर्वाचन आयोगले तयार पारेको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरी निर्वाचन आचार सहिता पालनाको प्रतिवद्धता ब्यक्त गरेका हुन । पहिलो चारणको निर्वाचनका लागि आयोगले गरेको तयारी र पछिल्ला घटनाक्रमको बारेमा दलहरुलाइ जानाकारी दिन आयोगले आज प्रमुख दलहरुलाइ छलफलको लागि आयोगको कार्यालय कान्तिपथ बोलाएको थियो । सोही बखत प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले निर्वाचन आचार सहिताको पालनामा दलहरुलाइ प्रतिवद्ध भएर लाग्न आग्रह गदै निर्वाचन तयारीको सम्वन्धमा जानकारी गराउनु भएको थियो । छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ नयाँ शक्ति नेपालका संयोजक बाबुराम भटराइले सरकारकामा रहद
पहिलोचरणको निर्वाचन सकिने बित्तिकै मत गणना गरिने

पहिलोचरणको निर्वाचन सकिने बित्तिकै मत गणना गरिने

ELECTION SPECIAL
निर्वाचन आयोगले पहिलोचरणको मतगणना सकिने बित्तिकै मतगणना गर्ने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले पहिलोचरणको निर्वाचन सकिने बित्तिकै मत गणना गरिने बताउनु भएको हो । निर्वाचन आयोगको जिम्मेवारी स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने भएकाले वैशाख ३१ गते निर्वाचन सम्पन्न गरिसकेपछि सम्बन्धित मतदान अधिकृतको कार्यालयमा मतपेटिका संकलन गरिसकेपछि तुरुन्तै मतगणना गरिने जानकारी दिनुभयो ।Pause राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले दोस्रो चरणको निर्वाचन आगामी जेठ ३१ गते नै हुने बताउँदै मितिका विषयमा हल्लाका पछि नलाग्न आग्रह गर्नुभयो । घोषित निर्वाचन हेरफेर भए आयोगले निर्वाचन गर्न नसक्ने पनि उहाँले स्पष्ट पार्नुभयो । वैशाख ३१ गतेको निर्वाचनका लागि २८, २९ र ३० गते मतदाता परिचयपत्र सम्बन्धित मतदान केन्द्रहरुबाट वितरण गरिंदै छ ।।
मन्त्रिपरिषद/बैठक

मन्त्रिपरिषद/बैठक

National, Politics
सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ अर्थात वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर गर्ने भएको छ । सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको हो । चीन सरकारले अगाडि सारेको यो अवधारणाको प्रस्तावलाई नेपालले महत्वका साथ हेरेको र यसबाट लाभ लिने विषयमा नेपालका स्वतन्त्र विद्वानको सुझाव लिएर अगाडि बढ्ने रणनीति तय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बैठकले राजविराजलगायत स्थानमा मधेस आन्दोलनमा मारिएका सन्जन महतो, आनन्द साह, पीताम्बरलाल मण्डल, वीरेन्द्र महतो र किरण यादव, मोरङमा मारिएका वासुदेव साह तथा ताप्लेजुङमा मारिएका वन रक्षक गणेशबहादुर शाहीलाई सहिद मान्ने निर्णय गरेको छ । त्यस्तै काठमाडौँ उपत्यकामा चार नयाँ सहर सुरुआत गर्ने निर्णय पनि भएको छ ।।
प्रधानमन्त्रीद्बारा मन्त्रिपरिषद विस्तार ।

प्रधानमन्त्रीद्बारा मन्त्रिपरिषद विस्तार ।

Breaking News, National
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । नवगठित मन्त्रिपरिषदमा नेपाल लोकतान्त्रिक फोरम सहभागी भएको हो । सो पार्टीका तर्फबाट पार्टी अध्यक्ष ले उपप्रधानमन्त्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसैगरी जितेन्द्रदेवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको र गोपाल दहितले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको नेतृत्व सम्हाल्नु भएको छ । नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले हिजै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको विरोधमा कमल थापा नेतृत्वको राप्रपा सरकारबाट बाहिरिएपछि यी तीनवटै मन्त्रालय नेतृत्व विहिन थियो ।।          
अमेरिका/बाराक ओवामा

अमेरिका/बाराक ओवामा

World News
अमेरिकाका पूर्व राष्ट्रपति बराक ओवामाले माइकल फ्लेनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त नगर्न सजग गराउनु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लेनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा नियुक्त गर्ने तयारी गरिरहनु भएको छ । ह्वाइट हाउसका प्रेस सल्लाहकार सिन स्पाइसरले पूर्व राष्ट्रपतिबाट असन्तुष्टि व्यक्त भएको स्वीकार गर्नुभएको छ । फ्लेनलाई सन् २०१४ मा सुरक्षा गुप्तचर संस्थाको प्रमुखबाट हटाइएको थियो । अमेरिकी सेनाका अवकाश प्राप्त  लेफ्टिनेन्ट जनरल फ्लेनले रसियासँगको सम्पर्क र सम्बन्धका बारेमा गलत जानकारी दिएको आरोप छ । त्यसै गरी फ्लेनको सल्लाहबाट काम गर्दा इस्लामिक स्टेट विद्रोही गतिविधि बढेको भनी उहाँको विरोध हुने गरेको छ ।।