NTV NEWS – Page 124 – Nepal Television-Communication for Development
Monday, December 11

NTV NEWS

प्रमुख आयुक्त/निर्वाचन कार्यालय निरीक्षण

प्रमुख आयुक्त/निर्वाचन कार्यालय निरीक्षण

ELECTION SPECIAL, National, Politics
प्रमुख निर्वाचन आयुक्त डा आयोधिप्रसाद यादवले काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ललितपुर जिल्ला निर्वाचन कार्यालयको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले स्थानीय तहमा उम्मेदवारी दर्ता गराउन आएका उम्मेदवारसँग कुराकानी गर्दै उम्मेदवारी दर्तालाई सहज वातावरण बनाउन कर्मचारीहरुलाइ निर्देशन दिनुभयो । डा यादवले वैशाख ३१ गते हुने निर्वाचनका लागि उत्साहपूर्वक सहभागिता भएको बताउदै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो ।।
बार /ध्यानाकर्षण

बार /ध्यानाकर्षण

National, Politics
प्रधान न्यायाधीश शुशिला कार्की उपर ब्यवस्थापिका संसदमा दर्ता महाअभियोगको सम्वन्धमा उच्च अदालत बार एसोसिएसनले नेपाल बार एशोसिएसनको ध्यानआर्कषण गराएको छ । प्रधान न्यायाधीश शुशिला कार्की उपर लागाइएको महाअभियोग सम्वन्धमा  नेपाल बार मौन बसेको भन्दै उच्च अदाल बार एशोसिएशन पाटनको नेतृत्वमा पुगेको टोलीले साकेतिक विरोध सरुप नेपाल बारका अध्यक्ष शेर बहादुर केशीलाई ध्यान आर्कषण पत्र बुझाएको हो । न्यायपालिकालाई कमजोर बनाउने पूर्वग्राही उदेश्यले महाअभियोग प्रस्ताब दर्ता गरिएको सो प्रस्ताबले लोकतान्त्रीक मुल्य मान्यतामाथी निर्मम प्रहार गरेको उच्च अदालत बार एसोसिएसनको ठहर छ । ध्यान आर्कषण पत्र बुझदै बारका अध्यक्ष शेर बहादुर केशीले प्रधान न्यायाधीश शुशीलाकार्की माथी महाभियोग प्रस्ताब दर्ता गभिर विषय भएको भन्दै यस सम्वन्धमा थप छलफल गरि छिटै नेपाल बारले धारणा सार्वजनिक गर्ने बताउनु भयो ।।
सर्वोच्च/सुनुवाइ स्थगित

सर्वोच्च/सुनुवाइ स्थगित

National, Politics
नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासमा आज हुने भनिएको सुनुवाई स्थगित भएको छ । महानिरीक्षक नियुक्ति बदरको माग गर्दै प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटको सुनुवाइ आजका लागि तोकिएको थियो । गत चैत २८ गते सरकारले प्रहरी महानिरिक्षकमा प्रकाश अर्याललाइ नियुक्त गरेपछि सिलवालले कार्यसम्पादन मुल्यांकनमा आफ्नो नम्बर अर्यालको भन्दा बढि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।।
स्नुकर वर्ल्ड च्याम्पियन कप

स्नुकर वर्ल्ड च्याम्पियन कप

Sports
इङ्ल्याण्डका मार्क सेल्वीले विश्व स्नुकर च्याम्पियनशिपको उपाधी जितेका छन । इङ्ल्याण्डको शेफिल्डमा गएराति भएको फाइनलमा सेल्वीले आफ्नै देशका जोन हिगिन्सलाइ पराजित गरी उपाधी जितेका हुन । एक समय १० का विरुद्ध ४ अंकले पछि परेका सेल्वीले अन्ततः १५ का विरुद्ध १८ अंकले च्याम्पियनशिप जित्न सफल भए । शेल्वीको यो तेस्रो विश्व स्नुकरको उपाधी हो ।।
क्रिकेट खेल अन्तर्क्रिया

क्रिकेट खेल अन्तर्क्रिया

Sports
अन्तर्राष्ट्रिय क्रिकेट काँउन्सिल ICC ले नेपाल क्रिकेट संघ क्यानलाइ निलम्बन गरे पछी क्रिकेटमा देखा परेको समस्याबारे छलफल गर्न काठमाण्डौमा आज आयोजित अन्तर्क्रियामा समाधानको कुनै संकेत देखिएन। सरोकारवालहरुले पुरानै आडानमा केन्द्रित रही आ-आफ्नो भनाइ राखेपछी क्रिकेटमा लामो समयदेखी देखा परेको समस्या यथावत रहेको हो। नेपाली राष्ट्रिय क्रिकेटका कप्तान पारस खड्काले खेलाडीको काम खेल्ने हो भन्दै क्यानको आधिकारिकता सम्बन्धि विवादको समाधान चाडै निकाल्न आग्रह गरे। कार्यक्रमा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले क्रिकेटमा देखा परेको समस्याको समाधान हुनेमा आफु आसावादी रहेको बताउनु भयो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले परिषदको स्विकृति विना क्यानको निर्वाचन गराएकोले समस्या उत्पन्न भएको तर्क राख्नु भयो। अन्तर्क्रियामा ICC ले निर्माण गरेको क्रिकेट सल्लाहाकार समितिका संयोजक बसन्त चौधर
भन्सार आशिकुडा/कपिलवस्तु/बनारसी

भन्सार आशिकुडा/कपिलवस्तु/बनारसी

Business
कपिलवस्तुको मुख्य भन्सार कार्यालय कृष्णनगर भन्सारमा कम्प्युटर प्रणालीको प्रयोग गरेर काम गर्ने गरी आशिकुडा वर्ल्ड प्रणाली सुरु गरिएको छ । मेची भन्सार कार्यालयवाट उद्घाटन भएको आशिकुडा देशको छैठौं कार्यालयको रुपमा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयमा पनि शुरु गरिएको हो । कम्प्युटर सफ्टवेयरको उद्घाटन गर्दै अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले सुचना संचारको विकाससंगै काम पनि वैज्ञानिक ढङगले संचालन गनुपर्ने वताउनु भयो । भन्सार कार्यालय नंया प्रविधिसंगै अगाडी वढेको वताउदै उहाँले मुलक नयां संरचना अनुसार स्थानीय तह संचालनको लागी करको दायरा वढाउन सवैलाई आग्रह गर्नुभयो ।।
शेयर बजार

शेयर बजार

Business
  स्थानीय तहको निर्वाचनलाई धितोपत्र बजारले ‘हरियो झन्डा’ देखाएर स्वागत गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि तोकेको दिन आज धितोपत्र बजारमा करिब ९३ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल एक सय ४३ कंपनीका १५ लाख ४८ हजार कित्ता सेयर ९२ करोड ९० लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता सुरु भएसँगै बजार उकालो लागेको हो । स्टकको सेयर कारोबार मापक सूचक ७.५५ अङ्कले बढेर १६५८.३३ अङ्कमा पुगेको छ । नेप्से परिसूचक सूचक बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ । कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्सको चार करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै नेपाल एसबिआइ बैंक लिको कारोबार रकमका आधारमा दोस्रो भएको छ । आज समग्र समूहमध्ये बैंकिङ ६.८८, विकास बैंक १६.४३, जलविद्युत् ३.१६ र बिमा ७
सिरिया/आक्रमण

सिरिया/आक्रमण

World News
सिरियाको इराकी सिमाक्षेत्र नजीकै रहेको शरणार्थी शिविरमा इश्लामिक स्टेट (आइएस) समूहले गरेको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको छ । सिरियाली मानव अधिकारवादी संस्थाका अनुसार आइएस लडाकुले शिविरमा रहेका मानिसलाइ लक्षित गरी आत्मघाती विस्फोट गराएका थिए । सिरियाको हसाकेह प्रान्तमा विस्तापित जीवन विताउदै आएकाहरुको शिविरमा पाँच जना आक्रमणकारी प्रवेश गरेर विस्पोट गराएका थिए । आत्मघाती आक्रमणपछि आइएस लडाकू र ‘सिरियन डेमोक्रेटिक फोर्स’ का सुरक्षाकर्मीवीच झडप भएको थियो ।।
अमेरिका/उत्तर कोरिया

अमेरिका/उत्तर कोरिया

Breaking News, World News
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटेर कोरियाली प्रायद्वीपको तनाव अन्त्य गर्न तयार रहेको बताउनु भएको छ । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले केही शर्तहरु पालना गरेमा आफूले भेटेर सम्बन्ध सामान्य बनाउने पनि उल्लेख गर्नुभएको छ । राष्ट्रपति ट्रम्पका प्रवक्ता सीन स्पाइसरले उत्तर कोरियाको भड्काउवादी गतिविधि तुरुन्तै अन्त्य हुनुपर्ने बताउनु भएको छ । अमेरिका र उत्तर कोरियाबीच उच्चतहमा वार्ता गर्न अरु धेरै शर्तहरु नभएको अमेरिकी पक्षको भनाई छ । उत्तर कोरियाली नेताले २६/२७ वर्षकै उमेरमा राजनीतिमा प्रभाव जमाएर महत्वपूर्ण उपलब्धी प्राप्त गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा उल्लेख गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई चलाख व्यक्ति भनी प्रशंसा पनि गर्नुभएको छ । उत्तर कोरियाले आणविक हतियार र क्षेप्यास्त्र परीक्षण जारी
महानगर निर्वाचन कथा

महानगर निर्वाचन कथा

Politics
देशका चारवटै महानगरमा पहिलो चरणमै स्थानीय तहको निर्वाचन हुँदैछ । काठमाडौ, ललितपुर, कास्कीको पोखरा लेखनाथ र चितवनको भरतपुर महानगरपालिकामा हुने निर्वाचनमा विभिन्न दलहरुका साथै स्वतन्त्र उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ । काठमाडौ महानगरपालिकामा केन्द्रीय नेताहरुको नाम चर्चामा आएपनि ठूला दलहरुले स्थानीय तहकै राजनीतिमा सक्रिय नेताहरुलाइ उम्मेदवार बनाएका छन् ।