
अमेरिका/उत्तर कोरिया
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटेर कोरियाली प्रायद्वीपको तनाव अन्त्य गर्न तयार रहेको बताउनु भएको छ । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले केही शर्तहरु पालना गरेमा आफूले भेटेर सम्बन्ध सामान्य बनाउने पनि उल्लेख गर्नुभएको छ । राष्ट्रपति ट्रम्पका प्रवक्ता सीन स्पाइसरले उत्तर कोरियाको भड्काउवादी गतिविधि तुरुन्तै अन्त्य हुनुपर्ने बताउनु भएको छ । अमेरिका र उत्तर कोरियाबीच उच्चतहमा वार्ता गर्न अरु धेरै शर्तहरु नभएको अमेरिकी पक्षको भनाई छ । उत्तर कोरियाली नेताले २६/२७ वर्षकै उमेरमा राजनीतिमा प्रभाव जमाएर महत्वपूर्ण उपलब्धी प्राप्त गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा उल्लेख गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई चलाख व्यक्ति भनी प्रशंसा पनि गर्नुभएको छ । उत्तर कोरियाले आणविक हतियार र क्षेप्यास्त्र परीक्षण जारी