Tuesday, May 22

NTV NEWS

नेपाली काँग्रेसले भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत गरेको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ

नेपाली काँग्रेसले भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत गरेको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ

Politics
नेपाली कांग्रेस/विज्ञप्ती नेपाली काँग्रेसले भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत गरेको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । दुई देशबीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने अभिप्रायबाट आएको अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको काँग्रेसको ठहर छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहनुभएका बेला भारतीय सांसद आजादले नेपालको अखण्डतामाथि प्रहार हुने अभिव्यक्ति ट्वीट गर्नुभएको थियो । आजादको अभिव्यक्तिका सम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कूटनीतिक पहल गर्न माग गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।।
नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने सरकारको निर्णय/भारतका प्रधानमन्त्रीको भ्रमण नेपालको हितमा रहेको निश्कर्ष

नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने सरकारको निर्णय/भारतका प्रधानमन्त्रीको भ्रमण नेपालको हितमा रहेको निश्कर्ष

National, Politics
मन्त्रिपरिषद बैठक सरकारले आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रम यही जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ७ गते अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । त्यसैगरी मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भ्रमण सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ ।। संसद बैठक/विशेष समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालको स्वाधिनता र सार्भौमसत्ता विरुद्ध केही गतिविधि देखिएको भन्दै त्यसप्रति सांसदहरुले सरकारको
दुई नम्बर प्रदेशका मुख्यमन्त्रीको अभिव्यक्ति सर्वभौमसत्ता बिरोधी भएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण/झन्डाको बिषयमा स्पष्‍टिकरण माग

दुई नम्बर प्रदेशका मुख्यमन्त्रीको अभिव्यक्ति सर्वभौमसत्ता बिरोधी भएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण/झन्डाको बिषयमा स्पष्‍टिकरण माग

District News, National, Politics
राष्ट्रिय झण्डा/कारवाही यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त संबोधन गर्ने क्रममा राखिएको नेपालको झण्डा संबिधानमा उल्लेख भएको भन्दा फरक भएको भन्दै सरकारले चार जनालाई स्पष्टिकरण सोधेको छ । झण्डाको आकार र स्वरुपमा परिवर्तन भएको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रदेश नं २ का प्रमुख सचिव र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रसाशनिक अधिकृतलाई तीन दिनभित्र लिखित  स्पष्टिकरण पेश गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभएको छ ।।
कैलाली र कञ्चनपुरमा हावाहुरीबाट जनधनको क्षति/एकजनाको मृत्यु/विद्युत र संचार सेवा प्रभावित

कैलाली र कञ्चनपुरमा हावाहुरीबाट जनधनको क्षति/एकजनाको मृत्यु/विद्युत र संचार सेवा प्रभावित

District News, National
कैलाली-कञ्चनपुर/क्षति कैलालीमा आइतबार रातीको हुरिबतासले ठूलो क्षति भएको छ । करिब आधा घन्टासम्म चलेको हुरिबतासले कच्ची घरको धुरी खस्दा गौरीगङ्गा नगरपालिकाकी ५६ वर्षीया चारुमति बुढाको मृत्यु भएको छ । यसैगरी कैलारी गाउँपालिका हसुलियाकी २१ वर्षीया बेदनिया चौधरी र ४० वर्षीया शोभा चौधरी घाइते भएकी छिन् । हुरीबतासकै कारण गौरीगंगा नगरपालिकाको एक घरगोठमा आगोलागी समेत भएको छ । त्यसैगरी कैलालीकै चुरेपहाडी क्षेत्र सुगरखालमा २१ कच्ची घर र चार विद्यालयको छाना उडाएको छ । हुरिबतासबाट मालाखेती, धनगढीको विशालनगर र मोहनपुरमा समेत क्षति पुर्‍याएको छ । हुरिबतासले विद्युत र टेलिफोन सेवा प्रभावित हुनुका साथै आँप, लिची र केराखेतीमा क्षति पुगेको छ । यसैगरी कंचनपुरको लालझडी गाउँपालिकाका करिब डेढ सय परिवारको घरको छाना उडाइदिएको छ । हावाहुरीसंगै परेको पानीका कारण बन्दोबस्तीका समा
प्लेस्टाइनको गाजा क्षेत्रमा इजराइली सेनाले गरेको आक्रमणमा ५५ जनाको मृत्यु / २७ सय घाइते

प्लेस्टाइनको गाजा क्षेत्रमा इजराइली सेनाले गरेको आक्रमणमा ५५ जनाको मृत्यु / २७ सय घाइते

World News
इजरायल/गाजा हिंसा प्लेस्टाइनको गाजा क्षेत्रमा इजराइली सेनाले गरेको आक्रमणमा परी ५५ जना सर्वसाधारणको मृत्यु हुनुका साथै २ हजार ७ सय जना घाइते भएका छन् । गाजाका लागि सन् २०१४ को युद्ध पछिको सबैभन्दा हिंसात्मक दिन भएको प्लेस्टाइनी अधिकारीहरुले जनाएका छन् । इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्हुले इजरायल ध्वस्त बनाउन चाहने इस्लामिस्ट शासक हमासका विरुद्ध आफ्ना सैनिकहरुले प्रतिरक्षात्मक कारवाही गरेको बताउनु भएको छ । प्लेस्टाइनी नेताले गाजामा भएको नरसंहारको निन्दा गरेका छन् । यसै गरी संयुक्त राष्ट्र संघले सो घटनालाई गम्भीर मानव अधिकार उल्लंघन भएको बताएको छ । अमेरिकाले विवादस्पद जेरुसलममा दुतावास स्थापना गरेसँगै द्वन्द् शुरु भएको हो । अमेरिकाले प्यालेष्टिनीको ब्यापक विरोधका बाबजुद पनि आफ्नो राजदूताबासलाई तेल अभिभबाट जेरूसेलममा सारेको छ । प्यालेस्टाइनले पूर्
थ्रिस्टार क्लव उदयपुरमा जारी उदयपुर गोल्डकपको सेमिफाइनलमा / हिजोको खेलमा मोरङ ११ एक का विरुद्ध ४ गोलले पराजित

थ्रिस्टार क्लव उदयपुरमा जारी उदयपुर गोल्डकपको सेमिफाइनलमा / हिजोको खेलमा मोरङ ११ एक का विरुद्ध ४ गोलले पराजित

National, Sports
मणी शाह/निधन नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको निधन भएको छ । कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ अस्पताल भर्ना हुनुभएका शाहको हिजो साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । शाह ५१ वर्षको हुनुहुन्थ्यो । मणी शाहले १७ वर्षको उमेरमा सन् १९८५ मा बंगलादेशको ढाकामा भएको तेस्रो साफमा राष्ट्रिय टिमबाट खेल्नु भएको थियो । एशियाली खेलकुदमा सन् १९९८ मा राष्ट्रिय झण्डा बोकेर टिमकै नेतृत्व गर्नुभएको थियो । सन् १९८५ देखि १९९८ सम्म नेपाली राष्ट्रिय टोलीमा रहेर फुटबल खेल्नुभएका । मणीले मनाङ मस्र्याङ्दी, आरसीटी, एनआरटी, फ्रेण्डस, ब्वाइज क्लब, आरएनएसीबाट समेत फुटबल खेल्नुभएको थियो ।।
व्यवसायीको बन्दले काठमाडौ उपत्यकामा यातायात सेवा सामान्य प्रभावित/यातायात सञ्चालन नगर्ने समितिको तत्काल रुट खारेज गर्ने सरकारको तयारी

व्यवसायीको बन्दले काठमाडौ उपत्यकामा यातायात सेवा सामान्य प्रभावित/यातायात सञ्चालन नगर्ने समितिको तत्काल रुट खारेज गर्ने सरकारको तयारी

National, Politics
यातायात व्यवसायी/आन्दोलन यातायात व्यवसायीहरुले गरेको बन्दले अहिले काठमाडौ उपत्यकामा यातायात सेवा सामान्य रुपमा प्रभावित भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात ठप्प पार्ने घोषणा गरेसँगै आज सार्वजनिक सवारीका साधनहरु कम मात्र चलेका छन् । सवारीका साधन पर्याप्त उपलब्ध नहुँदा सर्वसाधारणलाई बिहानैदेखि केही समस्या परेको छ । यसैबीच सरकारले आज यातायात सेवा सञ्चालन नगर्ने समितिहरुको तत्काल रुट खारेज गर्ने जनाएको छ । सिन्डिकेट लगाउनेहरुसँग नझुक्ने रणनीति लिएको सरकारले आज सेवा नदिने सार्वजनिक सवारीको रुट परमिट खारेज गर्ने यातायात व्यवस्था विभागले जनाएको हो । यसक्रममा सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्नेविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने भएको छ । यसैबीच व्यवसायीले आन्दोलन गरेपनि सेवा बन्द नहुने प्रवन्ध मिलाइएको विभागले जनाएको छ । यसक्रममा काठ
फौजदारी अभियोगमा पक्राउ परेका सांसदको स्वतः निलम्बनबारे संसदको नियमावली मस्यौदा समितिमा विवाद/विवाद समाधान गर्न शिर्ष तहमा छलफल गरिने

फौजदारी अभियोगमा पक्राउ परेका सांसदको स्वतः निलम्बनबारे संसदको नियमावली मस्यौदा समितिमा विवाद/विवाद समाधान गर्न शिर्ष तहमा छलफल गरिने

National, Politics
भक्तपुर/नियमावली मस्यौदा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा पक्राउ परेका सांसद स्वतः निलम्बन हुने–नहुने भन्ने विवाद समाधान गर्न शिर्ष तहमा छलफल गर्ने भएको छ । संघीय संसदको नियमावली मस्यौदा समितिमा विवाद भएपछि शीर्ष तहमा छलफल गरिने भएको हो । सभामुख कृष्णवहादुर महराले हिजो बोलाउनुभएको सर्वदलीय बैठक निष्कर्ष नसकेपछि समितिले आज शिर्ष तहबाट सहमतिको प्रयास खोज्ने र भोलि निर्णायक बैठक बस्ने जनाएको छ । फौजदारी अभियोगमा परेका सांसद स्वतः निलम्बन हुने यसअघिकै व्यवस्थाले निरन्तरता पाउनुपर्ने पक्षमा सत्तारुढ दलका सांसदहरु छन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अभियोग प्रमाणित नहुँदै निलम्बनको प्रावधान राख्न नहुने अडान लिएको छ । बैठकपछि सभामुख महराले समितिभित्रैबाट सहमति खोज्न आफुले सुझाव दिएको बताउनुभयो । गत फागुन २२ गते बसेको प्रतिनिधि सभाको बैठकले ’प्रतिनिध
पार्टी एकीकरणका लागि एमाले र माओवादी केन्द्रको शीर्ष तहमा छलफल/एकता घोषणाको मिति अझै टुंगो लाग्न सकेन

पार्टी एकीकरणका लागि एमाले र माओवादी केन्द्रको शीर्ष तहमा छलफल/एकता घोषणाको मिति अझै टुंगो लाग्न सकेन

Politics
प्रम/प्रचण्ड बालुवाटार भेट नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणका विषयमा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो २ पटक भएको छलफलमा दुई पार्टीको एकता मिति छिट्टै तय गर्ने बारेमा उहाँहरुबीच कुराकानी भयो । पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षहरुबीच पछिल्लो समय एकताकै विषय लिएर पटक-पटक छलफल भएको छ । दुवै पार्टीले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन दुवै अध्यक्षहरुलाई जिम्मा दिएको छ ।।
भारतको उत्तर प्रदेश र राजस्थान राज्यमा धुलोसँगै आएको आँधीमा परी हालसम्म १ सय ९ जनाको मृत्यु/कैयौं घाइते

भारतको उत्तर प्रदेश र राजस्थान राज्यमा धुलोसँगै आएको आँधीमा परी हालसम्म १ सय ९ जनाको मृत्यु/कैयौं घाइते

World News
भारत/धुले आँधी मृत्यु भारतको उत्तर प्रदेश र राजस्थानमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा १ सय ९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । मृत्यु हुनेहरुमा धेरैजसो घरभित्र सुतिरहेका मानिसहरु परेको समाचारमा उल्लेख छ । अत्यधिक धूलो मिश्रित आँधीका कारण आँधि प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध हुनुका साथै भौतिक सम्पत्तिमा क्षति पुगेको छ । बेलाबेला आइरहने भएकोले ती क्षेत्रमा आँधीलाई सामान्य मानिए पनि यति धेरै संख्यामा मानिसहरुको हताहति भएको भने यो पहिलो पटक हो । । आँधीका कारण उत्तर प्रदेशमा मात्रै कम्तीमा ७३ जनाको मृत्यु भएको छ । त्यसको आधाभन्दा बढी आग्रा जिल्लामा सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।।