Monday, November 20

NTV NEWS

अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गरेका छन्

अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गरेका छन्

Sports
हङकङ/नेपाललाइ स्वर्ण अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गरेका छन् । त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै चारजना धावकहरु पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घण्टा एक मिनेटको समयमा पूरा गरी नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । प्रतियोगितामा विश्वका विभिन्न देशका पाँच हजार खेलाडीले भाग लिएका थिए । हङकङको साई कुङदेखि ट्युन मुनसम्मको दूरीमा सम्पन्न सो विश्वप्रतिस्पर्धा हङकङमा निकै प्रख्यात मानिन्छ ।।
शतबीज छरी आज बालाचतुर्दशी पर्व मनाइँदै/शतबीज छर्दा पितृको उद्धार भई सबैको कल्याणहुने धार्मिक विश्वास ।

शतबीज छरी आज बालाचतुर्दशी पर्व मनाइँदै/शतबीज छर्दा पितृको उद्धार भई सबैको कल्याणहुने धार्मिक विश्वास ।

National
पशुपति/वालाचतुर्दशी हिन्दु धर्मावलम्बी नेपालीहरुको धर्मप्रतिको आस्था र विश्वास आज फेरी पशुपतिनाथ लगायत मुलुकभरका शिवालयहरुमा प्रतिबिम्बित भएको छ । यस वर्ष दिवङ्गत भएकाकाहरुको सम्झनामा सतबिज छर्नेहरुको भीडले बाला चतुदर्शी पर्वको महिमालाई उजागर गरेको छ । मङ्सिर कृष्ण चतुर्दशी अर्थात आजका दिन शिवमन्दिर र देवालयहरुमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइँदैछ ।  हिजो राती शिवालयहरुमा जाग्राम बसेर महादीप बाल्ने र आज सबेरै शतबीज छर्ने चलन छ । बालाचतुर्दशीका अवसरमा काठमाण्डैको पशुपतिनाथ सहित देशभर रहेका शिवमन्दिरहरुमा शतबीज छर्नेहरुको भीड लागेको छ । श्रद्धालुहरू बिहान सबेरै उठेर शरीर शुद्धिपछि जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ र लावाका साथै मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदोका टुक्राहरू छर्दै पशुपति क्षेत्रका देवीदेवताका मन्दिरहरू परिक्रमा गर्दछन् ।। बालाचतुदर
राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स यूएइको ४ दिने औपचारिक भ्रमण पूरा गरी हिजो स्वदेश फर्कनुभयो

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स यूएइको ४ दिने औपचारिक भ्रमण पूरा गरी हिजो स्वदेश फर्कनुभयो

National
राष्ट्रपति/स्वदेश फिर्ता राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स यूएइको ४ दिने औपचारिक भ्रमण पूरा गरी हिजो स्वदेश फर्कनुभयो । अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको  निमन्त्रणामा राष्ट्रपति भण्डारी युएईको भ्रमणमा जानुभएको थियो । राष्ट्रपति भण्डारीलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री विजय गच्छदारले स्वागत गर्नुभयो । राष्ट्रपतिको भ्रमणसँगै फर्कनुभएका आपूर्तिमन्त्री जयन्त चन्दले नेपालमा यूएइको लगानी बढाउने, यूएइमा कार्यरत नेपालीहरुको सुरक्षा र सुविधा वृद्धि गर्ने लगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो ।।
विकासका लागि स्पष्ट खाका लिएर आउने उम्मेदवारलाई मत दिने पक्षमा दोलखाका मतदाता/निर्वाचन विरोधी गतिविधिलाइ नियन्त्रण गरिने गृहको भनाइ ।

विकासका लागि स्पष्ट खाका लिएर आउने उम्मेदवारलाई मत दिने पक्षमा दोलखाका मतदाता/निर्वाचन विरोधी गतिविधिलाइ नियन्त्रण गरिने गृहको भनाइ ।

National
गृह प्रवक्ता/प्रतिकृया निर्वाचनका समयमा हुने कुनै पनि अवान्छित गतिविधिलाइ सरकारले निर्वाचन विरोधी गतिविधिका रुपमा लिइ कारवाही अघि बढाएको छ । जनताको मतदान गर्ने स्वबिवेकीय अधिकारलाइ प्रभावित गर्न खोज्नेहरुलाइ पक्राउ समेत गरीएको गृह मन्त्रालयले जनाएको छ । विगत केही दिनयता भएका गतिविधिलाइ सरकारले सुक्ष्म रुपमा अनुगमन गरेको र निर्वाचन विरोधी गतिविधिमा लाग्ने १ सय जना भन्दा बढिलाइ हातहतियार सहित नियन्त्रणमा लिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिनुभयो ।। दोलखा/निर्वाचन चहलपहल विकासका लागि स्पष्ट खाका लिएर आउने उम्मेदवारलाई मत दिने पक्षमा दोलखाका मतदाताहरु उभिएका छन् । दोलखामा बढेको चुनावी सरगर्मीका बीच घरदैलोमा आउने उम्मेदवारहरुसँग मतदाताहरुले जिल्लाको विकासका लागि स्पष्ट खाका खोज्ने गरेका छन् । दोलखामा आगामी मंसिर १० गते प्रतिनिधी तथ
मंसिर मसान्तभित्र भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने पुनर्निर्माण प्राधिकरणको तयारी/परम्परागत शैलीमै मुहार फेर्दै वसन्तपुर ।

मंसिर मसान्तभित्र भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने पुनर्निर्माण प्राधिकरणको तयारी/परम्परागत शैलीमै मुहार फेर्दै वसन्तपुर ।

National
पुननिर्माण/प्राधिकरण निर्णय राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर मसान्तभित्र भूकम्प प्रभावित सवै जिल्लाका प्रत्येक वडाहरुमा इन्जिनियर परिचालन गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको अध्यक्षतामा बसेको प्राधिकरणको बैठकले हालै नियुक्त गरिएका प्राविधिक जनशक्तिलाई अभिमूखीकरण तालिम दिएपछी मंसिर मसान्त सम्म प्रभावित ३१ जिल्लाका प्रत्येक वडामा खटाउने निर्णय गरेको हो । यसैगरी वैठकले भूकम्प प्रभावित सवै जिल्लाका गाँउपालिका र नगरपालिकामा रहेका थप ५४ हजार डकर्मीका लागि भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी तालिम संचालन गर्ने निर्णय गरेको जानकारी प्राधिकारणका प्रवक्ता यमलाल भुसालले दिनुभएको छ ।। वसन्तपुर/दरवार कथा काठमान्डौ उपत्यका लगायत विभिन्न जिल्लामा ७२ सालको विनाशकारी भुकम्पले क्षति पुर्याएका करिब ७ सय ५० सम्पदामध्ये विश्वसम्पदा सुचीमा सुचीकृत
भारतको राजधानी नयाँ दिल्लीमा बढेको प्रदुषणको स्तरमा केही कमी/नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेका आपतकालिन निर्णयहरु फिर्ता ।

भारतको राजधानी नयाँ दिल्लीमा बढेको प्रदुषणको स्तरमा केही कमी/नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेका आपतकालिन निर्णयहरु फिर्ता ।

World News
एशिया/भारत प्रदूषण भारतको राजधानी नयाँ दिल्लीमा बढेको प्रदुषण नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेका आपतकालिन निर्णयहरु फिर्ता लिएको छ । वायु प्रदुषणको दर गत हप्ता भन्दा केही सुधारोन्मुख रहेकाले आपतकालिन निर्णयहरु फिर्ता लिईएको अधिकारीहरुले बताएका छन् । प्रदुषण अत्यधिक बढेपछी नयाँ दिल्लीमा चिकित्सक र स्वास्थ्यकर्मीले गम्भिर स्वास्थ्य संकटको घोषणा गरेका थिए । गतहप्ता दिल्लीमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा ३० गुणा बढी प्रदुषण मापन गरिएको थियो । प्रदुषणको दर कायमै रहेपनि डरलाग्दोबाट नराम्रो स्तरमा उक्लिएकोले केही निर्णयमा हेरफेर गरिएको स्थानीय प्रशासनले जनाएको छ । आपतकालिन अवस्थाको घोषणा संगै दिल्लीमा ट्रकहरुलाई शहर पस्न र निर्माणका कामहरु गर्न रोक लगाईएको थियो । तर उर्जा उत्पादन केन्द्र, ईट्टा र गिट्टी प्रशोधन केन्द्रहरुको संचालनमा भने अझै पनि प्रतिबन्ध
लियोनार्दो दा भिन्चीले बनाएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला ४५ करोड अमेरीकी डलरमा विक्री भएको छ

लियोनार्दो दा भिन्चीले बनाएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला ४५ करोड अमेरीकी डलरमा विक्री भएको छ

Business, Entertainment
लियोनार्दो/चित्र बिक्री लियोनार्दो दा भिन्चीले बनाएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला ४५ करोड अमेरीकी डलरमा विक्री भएको छ । स्याल भेटर मुण्डी अर्थात सेभिएर अफ द वर्ल्ड नाम दिईएको सो चित्रकला हालसम्मकै उच्च मुल्यमा बिक्रि भएको हो । क्राइस्टको एउटा हात उठेको र अर्को हातले सिसाको गोलाकार वस्तु समातेको देखिने चित्रलाई अमेरिकाको न्युयोर्क शहरमा भएको लिलाम बढाबढमा एक परिचय नखुलेका ग्राहकले खरिद गरेको समाचारमा जनाईएको छ । सन् १९५८ मा उक्त चित्रकला लण्डनमा ६० डलरमा विक्री भएको थियो । लियोनार्दो दा भिन्चीको मृत्यु सन् १५१९ मा भएको थियो र उनका २० भन्दा कम चित्रकला अस्तित्वमा छन् । ती मध्ये स्यालभेटर मुण्डी नामक चित्रकला सन् १५०५ मा बनाइएको ठानिएको छ ।।
मलेशियामा जारी एसिसि यु-१९ एसिया कपको सेमिफाइनलमा नेपाल र अफगानिस्तानबीचको प्रतिस्पर्धा जारी/नेपाल ब्याटिङ गर्दै ।

मलेशियामा जारी एसिसि यु-१९ एसिया कपको सेमिफाइनलमा नेपाल र अफगानिस्तानबीचको प्रतिस्पर्धा जारी/नेपाल ब्याटिङ गर्दै ।

Sports
एसिसि यु-१९/एसिया कप एसिसि यु-१९ एसिया कपको सेमिफाइनलमा नेपाल र  अफगानिस्तानवीच मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा अहिले खेल भइरहेको छ । समुह ए बाट नेपाल उप विजेत भइ सेमिफाइनल प्रवेश गरेको हो भने अफगानिस्तान समुह विजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको हो । जारी खेलमा अफगानिस्तानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । समूह चरणमा भारतलाई पराजित गर्दै सेमिफाइनल पुगेको नेपाली खेलाडीहरु उच्च मनोबलका साथ मैदानमा उत्रिएका छन् ।
सुदुरपश्चिम भ्रमणका क्रममा प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेलधुरा पुग्दै/चुनाव विरोधी गतिविधिलाई सरकारले गम्भीर रुपमा लिएको वहाँको भनाइ ।

सुदुरपश्चिम भ्रमणका क्रममा प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेलधुरा पुग्दै/चुनाव विरोधी गतिविधिलाई सरकारले गम्भीर रुपमा लिएको वहाँको भनाइ ।

National
डडेलधुरा/प्रधानमन्त्री देउवा मध्य र सुदुरपश्चिमका बिभिन्न जिल्लाहरुको भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज गृहजिल्ला डडेलधुरा पुग्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवा निर्वाचन मिति घोषणा भएपछि पहिलोपटक गृहजिल्ला जान लाग्नुभएको हो । डडेलधुरामा दोस्रो चरणमा मंसीर २१ गते निर्वाचन हुँदैछ । नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ । प्रधानमन्त्री देउवा छैटौपटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । २०४८ पछि डडेलधुराबाट देउवा लगातार प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आउनु भएको छ । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट देउवा र बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खगराज भट्ट सहित ६ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।। कैलाली/प्रम-सुरक्षा गोष्ठी प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी नि
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ/अकुत सम्पत्ती आर्जनको अभियोगमा पक्राउ परेका संजय साह जेल चलान ।

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ/अकुत सम्पत्ती आर्जनको अभियोगमा पक्राउ परेका संजय साह जेल चलान ।

National
अख्तियार/विशेष अदालत वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । भ्रष्टाचारमा संलग्नता देखिएका कारण छानबिनका लागि महानिर्देशक पाण्डेलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । विभागकै शाखा अधिकृत कृतिबल्लभ पौडेल र नासु खड्ग केसीलाई १० लाख घुससहित नयाँ बानेश्वरको एक होटलबाट आयोगको टोलीले पक्राउ गरेको भोलिपल्टै पाण्डेलाई पक्राउ गरिएको हो । पक्राउ परेका पौडेल र केसीले महानिर्देशक पाण्डेको निर्देशनमा आफूहरुले रकम उठाएको भनी अख्तियारसमक्ष बयान दिएपछि पाण्डेलाई पक्राउ गरिएको हो । यसैबीच पक्राउ परेका तीनै जनालाई म्याद थपका लागि विशेष अदालतमा पेश गरेको छ । यसैबीच पूर्व सांसद संजय कुमार साहलाइ विशेष अदालतले कारागार चलान गरेको छ । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा साह विरुद्ध परेको मुद्दामा सुनुवाइ गर्दै विशेष अदा
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink