Tuesday, January 23

NTV NEWS

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी तिव्ररुपमा अगाडी बढेको निर्वाचन आयोगको भनाई/समानुपातिकतर्फ १ करोड मतपत्रको छपाई सकिएको जानकारी ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी तिव्ररुपमा अगाडी बढेको निर्वाचन आयोगको भनाई/समानुपातिकतर्फ १ करोड मतपत्रको छपाई सकिएको जानकारी ।

National, Politics
निर्वाचन आयुक्त/पत्रकार निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी तिव्ररुपमा अगाडी बढेको बताएको छ । निर्वाचन आयोगमा पत्रकारसंग कुरा गदै पमुख निर्वाचन आयुक्त डाक्टर अयोधि प्रसाद यादवले आन्तरिक तथा बाह्य दुवै तयारी सन्तोषजनक ढंगले अगाडी बढेको बताउनु भयो । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि निर्वाचन कार्यालय स्थापना भैसकेको, निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी र सामग्री सहित जनशक्ति खटाइ सकिएको प्रमुख निर्वाचन आयुक्त डाक्टर यादवले जानकारी दिनुभयो । स्वच्छ, निश्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सरकारबाट शान्ति सुरक्षाको पूर्ण प्रतिवद्धता आएको जनाउदै उहाँले निर्भिक भएर निर्वाचनमा सहभागि हुन सम्पूर्ण राजनीतिक दल तथा आम मतदातालाई आग्रह गर्नुभयो । समानुपातिक तर्फको १ करोड मतपत्रको छपाई सकिएको पनि उहाँले जानकारी दिनुभयो ।।
अफगानिस्तानको मस्जिदमा अर्को बम आक्रमण/कम्तीमा ६० जनाको मृत्यु ।।

अफगानिस्तानको मस्जिदमा अर्को बम आक्रमण/कम्तीमा ६० जनाको मृत्यु ।।

World News
अफगानिस्तान/बम आक्रमण अफगानिस्तानको मस्जीदमा भएको छुट्टा छुट्टै बम आक्रमणमा कम्तीमा ६० जना मारिएका छन् । काबुल स्थीत एउटा शिया मस्जीदमा बन्दुकधारीले गोली चलाउदै बम आक्रमण गर्दा ३९ जना र अर्को घोर प्रान्तमा त्यस्तै आक्रमणमा २० जना मारिएका हुन् । इस्लामिक स्टेटले सो आक्रमणको जीम्मेवारी लिएको छ । आफगानिस्तानले सो आक्रमणको अनुसन्धान गरिरहेको छ । सो घटनाको विस्तृत विवरण आउन बाकी रहेकोले मृतकको संङख्या अझ बढ्न सक्ने सरकारी अधिकारीले जनाएका छन् । यो एक हप्तामा अफगानिस्तानमा गराइएको बम विस्फोटनमा १७६ जनाको मृत्यु भेसकेको छ ।।
राष्ट्रपति विद्यादेवी भण्डारीले बालमन्दिरका बालिकालाई हिजो गुन्यूचोलो प्रदान गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बालमन्दिरका बालिकालाई हिजो गुन्यूचोलो प्रदान गर्नुभयो ।

Politics
राष्ट्रपति/गुन्युचोली राष्ट्रपति विद्यादेवी भण्डारीले बालमन्दिरका बालिकालाई हिजो गुन्यूचोलो प्रदान गर्नुभयो । लक्ष्मीपूजाको अवसर पारेर राष्ट्रपति भण्डारीले ६ देखि १६ वर्षका ४३ बालिकालाई गुन्यूचोलो प्रदान गर्नुभएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा स्वस्ती वाचनसहित आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले लक्ष्मीपूजा गर्नुका साथै यी बालिकाहरुलाई गुन्यूचोलो प्रदान गर्नुभयो ।।
नेपाली खेलाडीले जापानमा अन्तराष्ट्रिय प्रतियोगिता जितेका छन् ।

नेपाली खेलाडीले जापानमा अन्तराष्ट्रिय प्रतियोगिता जितेका छन् ।

Sports
जापान बक्सिङ/नेपाली खेलाडी नेपाली खेलाडीले जापानमा अन्तराष्ट्रिय प्रतियोगिता जितेका छन् । नेपाली किक बक्सर अबिरल घिमिरेले जापानमा ब्राजिलका बक्सरलाई पराजित गरी होष्ट कप किंगस नागोया फाईट उपाधि जितेका छन् । जापानको नागोयामा सम्पन्न प्रतियोगितामा १८ बर्षिय खेलाडी घिमिरेले ब्राजिलका बक्सर एलेन सोर्सलाई पराजित गरेका थिए । नेपाली खेलाडी घिमिरेले ब्यबसायिक प्रतियोगिता खेलिसकेका ब्राजिलका बक्सरलाई पराजित गर्न सफल हुनुलाई महत्वपुर्ण उपलब्धि मानिएको छ।।
तिहारमा देउसी–भैलो खेल्न मादलको उच्च माग हुनेभएकाले झापाका मादल बनाउने व्यवसायीहरुलाई अहिले भ्याईनभ्यार्ई भएको छ ।

तिहारमा देउसी–भैलो खेल्न मादलको उच्च माग हुनेभएकाले झापाका मादल बनाउने व्यवसायीहरुलाई अहिले भ्याईनभ्यार्ई भएको छ ।

Business
झापा/मादल तिहारमा देउसी–भैलो खेल्न मादलको उच्च माग हुनेभएकाले झापाका मादल बनाउने व्यवसायीहरुलाई अहिले भ्याईनभ्यार्ई भएको छ । ३ हजार देखी ५ हजार सम्मका बिभिन्न प्रकारका नयां मादल बनाएर बिक्रि गर्ने र पुराना मादलहरुमा खरि लाउने र मर्मत गर्ने काममा मादल व्यवसायीहरु व्यस्त भएका हुन् । झापा कमल गाउंपालिकाका एक व्यवसायीले मादल बनाउने पुख्यौंली पेसाबाटै ६ जनाको परिवार पालेर वार्षिक ५ लाख रुपैयाँ बढि कमाई गरिरहेको बताउछन् । उनले बनाएका मादलहरु खरिद गर्न झापा लगायत इलाम, सुनसरी, मारेरङ्गका मानिसहरु घरमै आउने गरेका छन् । पछिल्लो समयमा मादल बनाउने काठ, छाला र खरिमा प्रयोगहुने कच्चा पदार्थको अभाव हुदै गएको र नयां पुस्ताले मादल बनाउने काममा रुचि नदेखाउदा यो पेशा संकटमा पर्दैगएको व्यवसायीहरुको भनाई छ ।।
तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धनको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै/आजै नेवार समुदायमा म्हः पूजा गरिदै ।

तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धनको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै/आजै नेवार समुदायमा म्हः पूजा गरिदै ।

National
तिहार/गोबर्द्धन पूजा तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धनको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको पाइन्छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनाम
नयाँ नेपाल सम्वत् आजबाट सुरु/११३८ नेपाल सम्बत आज देशभर विविध कार्यक्रम गरी मनाइँदै ।

नयाँ नेपाल सम्वत् आजबाट सुरु/११३८ नेपाल सम्बत आज देशभर विविध कार्यक्रम गरी मनाइँदै ।

National
तिहार/नेपाल सम्वत् नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गराउनुभएको थियो । विसं २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत समेत चलाएको कार्यको मूल्याङ्कन गर्दै सरकारले २०५६ सालको नयाँ वर्षका दिनमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।। राष्ट्रपति/तिहार शुभकामना राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्व
निर्वाचन तयारीबारे प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल/ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न आयोगलाइ प्रधानमन्त्रीको सुझाव ।

निर्वाचन तयारीबारे प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल/ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न आयोगलाइ प्रधानमन्त्रीको सुझाव ।

National, Politics
प्रम/निर्वाचन आयोग/बालुवाटार प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सरकारका तर्फबाट निर्वाचन आयोगलाइ सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले हिजो प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा निर्वाचन आयोगलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन गर्न आयोगबाट भइरहेको तयारीप्रति सन्तोष व्यक्त गर्नुहुँदै प्रधानमन्त्री देउवाले निर्धक्कसँग निर्वाचनको काममा खट्न आयोग पदाधिकारीलाई सुझाव दिनुभयो । त्यसबखत प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले आयोगले आगामी मंसिर १० र २१ गतेको निर्वाचन कार्यतालिका अनुसार काम गरिरहेको जानकारी
प्यालेस्टाइनमा एकताको सरकार गठन गर्न हमास समूहले हतियार त्याग्नु पर्ने अमेरिकी अडान ।।

प्यालेस्टाइनमा एकताको सरकार गठन गर्न हमास समूहले हतियार त्याग्नु पर्ने अमेरिकी अडान ।।

World News
अमेरिका/प्यालेष्टाइन प्यालेस्टाइनमा एकताको सरकार गठन गर्नका लागि हमास समूहले हतियार त्याग्नु पर्ने अमेरिकाले जनाएको छ । हमासले हतियार परित्याग गरेपछि मात्रै सरकारमा सहभागी हुनसक्ने अमेरिकाले अडान लिएको हो । गाजा क्षेत्रमा प्रभावशाली रहेको हमास र प्यालेस्टाइनकै अर्को संगठन फताहबीच सहमति भएपछि अमेरिकाले सो अडान सार्वजनिक गरेको हो । सहमति कायम भएमा आउँदो डिसेम्बर १ देखि प्यालेस्टाइनमा सहमतिको सरकार गठन हुनेछ । अमेरिकी विशेषदूत जेसन ग्रीनब्लाटले हमासलाई आतंकवादी गतिविधि त्याग्न र इजरायललाई राज्यको मान्यता दिन आग्रह गरिएको बताउनु भएको छ । अमेरिकी अडानलाई प्यालेस्टाइनको हमासले ठाडो हस्तक्षेपको संज्ञा दिएको छ । प्यालेस्टाइनमा सन् २००७ मा दुई पक्षबीच संघर्ष भएपछि पश्चिमी किनारा र गाजा क्षेत्रमा फरक फरक प्रशासन कायम छ ।।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न संघ र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न संघ र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।

Politics
सुरक्षा परिषद/बैठक राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न संघ र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठक आगामी मंसिर १० र २१ गतेका लागि निर्धारित निर्वाचनको सुरक्षामा केन्द्रित रहेको रक्षामन्त्री भीमसेनदास प्रधानले जानकारी दिनुभयो । बैठकले स्थानीय तहको निर्वाचनमा प्रयोग गरिएको सुरक्षा विधिलाई अबको चुनावमा पनि प्रयोग गर्ने निर्णय गरेको छ । बैठकमा देशभरको सुरक्षा अवस्था र सम्भावित सुरक्षा चुनौतीका बारेमा समेत छलफल भएको थियो ।।