Saturday, August 19

NTV NEWS

धादिङ/निर्वाचन माहौल

धादिङ/निर्वाचन माहौल

ELECTION SPECIAL
स्थानीय निर्वाचनका लागी मनेनयन दर्ता भएसंगै पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा निर्वाचनको रौनक थपिएको छ । धादिङमा दलका नेता तथा कार्यकर्ताहरु आ–आफ्नो पाटीहरुलाई विजय गराउन मतदाताहरुको घर घरमा गई मत माग्न ब्यस्त भएका छन् ।।
निर्वाचन आयोग/स्पष्टीकरण

निर्वाचन आयोग/स्पष्टीकरण

ELECTION SPECIAL, National
निर्वाचन आयोगले ललितपुर महालक्ष्मी नगरपालिकामा सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिता विपरीत मोटरसाइकल र्‍याली निकालेको जनाउँदै प्रमुखका उम्मेदवार जनक थापालाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको छ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले अनुगमनको क्रममा सप्रमाण फेला पारी तत्काल र्‍याली रोक्न निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।।
संघीय गठबन्धन/कारवाही

संघीय गठबन्धन/कारवाही

Politics
गठबन्धनमा भएर पनि संविधान संशोधन विना पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी भएको भन्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाइ संघीय गठबन्धनको संयोजकको जिम्मेवारीबाट हटाइएको छ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको संघीय गठबन्धनको बैठकले गठबन्धनको निर्णय, मूल्य, मान्यता र सिद्धान्त विपरित अघि बढेको भन्दै यादवलाइ संयोजकको जिम्मेवारीबाट हटाएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ । हिजैको बैठकले संघीय गठबन्धनको संयोजकमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाइ सर्वसम्मतिले चयन गरेको जनाएको छ ।।
डडेलधुरा/पुल निर्माण

डडेलधुरा/पुल निर्माण

District News
डडेल्धुराको वुडर-जोगवुढा सडक खण्डको सुनखोलमा ३ महिनामै पक्की मोटरेवल पुल निर्माण गरिएको छ । डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकालाई जिल्ला सदरमुकामसंग जोड्ने एक मात्र वुडर-जोगवुढा सडकको सुनखोलामा निर्माण गरीएको पक्की मोटरेवल पुल ३ महिनामै सम्पन्न भएको हो । स्थानिय पुर्वाधार कृषि सडक आयोजना अन्तर्गत जिल्ला समन्वय समिति डडेल्धुराको १ करोड ७३ लाख रुपैंयाको  लागतमा  निर्माण भएको सो पुलको लम्वाई २५ मिटर रहेको छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता  भएपनि निर्माण शुरु गरेको ३ महिनामै काम पूरा भएको जिल्ला समन्वय समिति डडेल्धुराले जनाएको छ ।।
भोजपुर/एयरपोर्ट संचालन

भोजपुर/एयरपोर्ट संचालन

District News
बन्द भएको ५ महिनापछि भोजपुर विमानस्थल सञ्चालनमा आएको छ । विमानस्थल सञ्चलनमा आएसंगै भोजपुरका सिकिस्त विरामी, गर्भवती महिलाहरुलाई अन्य जिल्लाका अस्पातलमा जान सहज भएको छ ।।
चीन/पहिरो सजाय

चीन/पहिरो सजाय

World News
सन् २०१५ मा चीनको दक्षिणी सेन्जेन प्रान्तमा गएको पहिरोसँग सम्बन्धित ४५ जनालाई चीनले जेल सजाय तोकेको छ । सो पहिरोमा परी ७५ जना मारिएका थिए । पहिरो नियन्त्रण कार्यमा संलग्न ४५ जनाले लापरवाही गरेका कारण पहिरो गई ७३ जनाको मृत्यु भएको सम्बन्धमा सो क्षेत्रको पहिरो नियन्त्रणमा संलग्नको लापरवाही भेटिएपछि उनीहरुलाई चीनले जेल सजायँ तोकेको हो । ल्याण्डफिल साइट पुर्ने सेन्जेन प्रशासन व्युरोका प्रबन्धकलाई २० वर्ष जेल सजायँ तोकिएको छ । जेल सजाय पाउनेमध्ये २० जना सरकारी अधिकारी रहेको बताइएको छ । जेल सजाय दिइएकालाई आफ्नो अख्तियारीको दुरुपयोग गरेको आरोप छ ।।
नाइजेरिया/अपहरण मुक्त

नाइजेरिया/अपहरण मुक्त

World News
३ वर्ष अघि बोको हराम समूहले अपहरण गरेका २ सय ७६ जना स्कुले किशोरी मध्ये ८० जनालाई मुक्त गरेको छ । इस्लामिक लडाकु समूह बोको हराम र नाइजेरियन सरकारबीच भएको वार्तापछि उनीहरुलाई मुक्त गरिएको बताइएको छ । अपहरण गरिएका मध्ये १ सय ९५ जना छात्रा अझै बेपत्ता रहेको बताइएको छ । मुक्त गरिएका ८० जना छात्रा नाइजेरियन सेनाको नियन्त्रणमा रहेको बताइएको छ । अपहरण गरिएका मध्ये धेरै क्रिस्चियन भएको र उनीहरुलाई धर्म परिवर्तन गराएर इस्लाम बनाइएको बताइएको छ ।।
सुनसरी/रेसम उद्योग बन्द

सुनसरी/रेसम उद्योग बन्द

District News, National
दक्षिण कोरियाको आर्थिक सहयोगमा झण्डै २० बर्षअघि सुनसरीको इटहरीमा स्थापित रेशम अनुसन्धान कार्यालय ३ बर्षदेखि ठप्प छ । उपसचिव सरहको कार्यालय प्रमुखको दरबन्दी रहेको रेशम अनुसन्धान कार्यालय २ बर्षदेखि कार्यालय प्रमुख विहिन भएको छ । कार्यालयले किसानद्धारा उत्पादन भएको कोकुन खरिद र त्यसको प्रशोधन कार्य गर्न छाडेपछि दक्षिण कोरियाबाट आयात भएको रेशम धागो प्रशोधन उपकरण खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन् । किसानहरुबाट उत्पादित कोकुन खरिद नहुनु र मुल्य बृद्धि समेत नहुँदा किसानहरु त्यसतर्फ किम्वुखेतीबाट विस्थापित भएका हुन् ।।
महिलामैत्री/म्याराथन

महिलामैत्री/म्याराथन

Sports
    फेन्ड्स अफ लाजिम्पाटले काठमाण्डौले आयोजना गरेको चार किलोमिटर महिला मैत्री म्याराथनमा बालिका केसीले १२ मिनेट ४९ सेकेन्डमा दौड पूरा गरी प्रथम भएकी छन् । त्यसैगरी इना घले १५ मिनेट ६४ सेकेन्डमा दौड पूरा गरी दोस्रो भइन् भने देवीकला गुरुंग १७ मिनेट २८ सेकेन्डमा दौड पूरा गरी तृतिय भइन्। प्रथम हुनेलाइ २० हजार द्वीतियलाइ १५ हजार र तृतियलाइ १० हजार रुपैया पुरस्कार प्रदान गरीएको फेन्ड्स अफ लाजिम्पाटले जनाएको छ । सो प्रतियोगिताको उपराष्ट्रपति नन्द बहादुर पुनले काठमाण्डौमा हिजो उद्‍घाटन गर्नुभएको हो ।।
धनकुटा/किसान फोन

धनकुटा/किसान फोन

District News
कृषि विकास मन्त्रालयले धनकुटाका ४३ जना अगुवा किसानलाई कृषि सूचना आदानप्रदान गरि कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्ने उदेश्यले निशुल्क मोवाइल फोन लगायतका सूचना सामग्रि वितरण गरेको छ । मन्त्रालयद्धारा धनकुटामा आयोजित कार्यक्रममा १४ लाख १९ हजार रुपैयाँ मुल्य पर्ने ४३ थान एनड्रोईड मोवाईल, तिनमा लाग्ने सीमकार्ड र बर्षात्को पानी नाप्ने रेनगेज उपकरण बितरण गरिएको हो । पहिलो चरणमा जिल्ला कृषि बिकास कार्यालय र पशुसेवा कार्यालयको सिफारिसमा परेका अगुवा किसानलाई ‘मेरो कृषि’ नामक एप मार्फत् कृषि सम्बन्धि सूचनाहरु उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । यसकालागि सरकारले किसानहरुलाई मासिक रुपमा १५ एमबी ईन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने छ ।।