Tuesday, January 23

NTV NEWS

नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पद तथा गोपनीयताको शपथ/३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीबाट पनि शपथ ग्रहण ।

नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पद तथा गोपनीयताको शपथ/३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीबाट पनि शपथ ग्रहण ।

National
प्रधानमन्त्री/सपथ नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा हिजो आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नव निर्वाचित प्रधानमन्त्री देउवालाइ पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायम मुकायम प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली, सभामुख ओनसरी घर्ती लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । नव निर्वाचित प्रधानमन्त्री देउवाले हिजै सानो आकारको मन्त्रिपरिषद गठन गर्नु भएको छ । नवगठित मन्त्रिपरिषदमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री रहनु भएको छ । तीनै जना उपप्रधानमन्त्रीहरुले सोही समारोहमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु भयो । उपप्रधानमन्त्री गच्छदारले संघीय मामिला तथा स्था
दोस्रो चरणको स्थानीय निर्वाचन तोकिएकै मितिमा गर्ने मन्त्रिपरिषदको पहिलो बैठकको निर्णय/भूकम्पपछिको पुनर्निर्माणलाइ तीव्रता दिइने ।

दोस्रो चरणको स्थानीय निर्वाचन तोकिएकै मितिमा गर्ने मन्त्रिपरिषदको पहिलो बैठकको निर्णय/भूकम्पपछिको पुनर्निर्माणलाइ तीव्रता दिइने ।

National, Politics
मन्त्रिपरिषद्/बैठक सरकारले स्थानिय तह दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हिजो बसेको मन्त्रिपरिषदको पहिलो बैठकले २०७४ साल माघ ७ गतेभित्र दोस्रो चरणको स्थानिय तहको निर्वाचन तथा प्रदेश र संघको निर्वाचन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले संविधान कार्यान्वयन गर्ने, भूकम्पपछिको पुननिर्माणको गतिलाई तिव्र पार्ने निर्णय पनि गरेको छ । आर्थिक समृद्धिलाई महत्व दिने, शान्ति प्रक्रियालाई पुरा गर्ने लगायतका निर्णयहरु बैठकले गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।।
नयाँ सरकारमा कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु पठाउने माओवादी केन्द्रको निर्णय/महराले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री र जनार्दन शर्माले गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुने ।

नयाँ सरकारमा कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु पठाउने माओवादी केन्द्रको निर्णय/महराले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री र जनार्दन शर्माले गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुने ।

Politics
माओवादी बैठक नयाँ सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्नुहुने भएको छ । बालुवाटारमा आज बसेको माओवादी केन्द्रिीय कार्यालय बैठकले महरालाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा पठाउने निर्णय गरेको हो । त्यस्तै जनार्दन शर्मालाई गृहमन्त्रीमा पठाउने निर्णय भएको छ । त्यसैगरी प्रभु साहलाई विना विभागीय मन्त्रीमा पठाउने विषयमा छलफल भएको प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो । कांग्रेस पार्टीसंगको छलफलपछि पार्टीबाट सरकारमा सहभागि हुने अन्य मन्त्रीहरुको बारेमा टुंगो लाग्ने पनि प्रवक्ता पम्फा भुषालले बताउनु भयो ।।
नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पद तथा गोपनीयताको सपथ गर्नु हुँदै/आजै सानो आकारको मन्त्रिपरिषद गठन हुने ।

नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पद तथा गोपनीयताको सपथ गर्नु हुँदै/आजै सानो आकारको मन्त्रिपरिषद गठन हुने ।

National, Politics
प्रम/सपथ नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनीयताको सपथ लिनु भएको छ । आजै नव निर्वाचित प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद गठन समेत गर्नु भएको छ । नवगठित मन्त्रिपरिषदमा विजय कुमार गच्छदार उपप्रधानमन्त्री तथा स्थानीय विकास, कृष्णबहादुर महरा उपप्रधानमन्त्री तथा परराष्ट्र र गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री तथा शिक्षामन्त्री रहनु भएको छ । यसैगरी ज्ञानेन्द्र बहादुर कार्की मन्त्री अर्थ र फर्मुल्लाह मनसुर श्रम तथा रोजगार मन्त्री हुनु भएको छ । यसैगरी गृहमन्त्रालयको जिम्मेवारी जनार्दन शर्मालाइ दिइएको छ भने नेकपा माओवादी केन्द्रका प्रभु शाह विनाविभागीय मन्त्रीको रुपमा रहनु भएको छ । नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिनु भएको छ । सपथग्रहण समारोहपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा पद बहाल गर्ने कार्य
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले काबुलमा गत हप्ता भएको बम विस्फोटनमा मृत्यु हुनेको सङख्या १ सय ५० पुगेको जानकारी दिनुभएको छ ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले काबुलमा गत हप्ता भएको बम विस्फोटनमा मृत्यु हुनेको सङख्या १ सय ५० पुगेको जानकारी दिनुभएको छ ।

World News
अफगानिस्तान/सम्मेलन अफगानिस्तानका राष्ट्रपति असरफ घानीले काबुलमा गत हप्ता भएको बम विस्फोटनमा मृत्यु हुनेको सङख्या १ सय ५० पुगेको जानकारी दिनुभएको छ । यसअघि मृतकको सङख्या ९० भनि उल्लेख गरिएको थियो । तालेवान र ईस्लामिक स्टेट विद्रोहीद्धारा चलाईएको हिसा रोक्न अफगान सरकार विफल भएको भनि विपक्षीहरुले टिप्पणी गरेका छन् । हेरात प्रान्तको एउटा मस्जितमा हिजो भएको बम विस्फोटमा ७ जनाको मृत्यु भएको छ । यसैबिच, अफगानिस्तानमा स्थायी शान्ति कायम गर्ने उपायका बारेमा छलफल गर्न राजधानी काबुलमा बहुपक्षीय सम्मेलन शुरु भएको छ । सम्मेलनमा युरोपेली संघ, अमेरिकाका १ जना उच्च सैनिक अधिकारीले अफगानिस्तानमा थप विदेशी सैनिक परिचालन नगरिए हिंसा झन फैलिन सक्ने चेतावनी दिनु भएको छ । अफगानिस्तानमा सन् २००१ मा तालेवान नेतृत्वको सरकारलाई अमेरिकी सेना परिचालन गरी हटाईए पछि विभिन्न हिंसात्मक गतिविधि भैरहेको छन् ।।
कतार/नाकाबन्दी

कतार/नाकाबन्दी

World News
कतार/नाकाबन्दी कतारसँग ६ वटा इस्लामिक राष्ट्रहरुले कूटनैतिक सम्बन्ध विच्छेद गरेको घटना अमेरिकाको इशारामा भएको अन्तर्राष्ट्रिय समाचार सूत्रहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि साउदी अरेबियाको रियाद्‍मा बोल्दै इस्लामिक उग्रवाद विरुद्ध सबै मिलेर लड्नुपर्ने उल्लेख गर्नुभएको थियो । कतारले इस्लामिक स्टेट बिद्रोहीलाई आर्थिक सहयोग दिएको आरोप लगाई साउदी अरेबिया, बहराइन, यूएई, यमन, लिबिया र माल्दिभ्सले गत सोमबारदेखि कतारसँग सम्बन्ध विच्छेद गरी नाकाबन्दी गरेका छन् । कतार सरकारले सो आरोप निराधार भएको प्रतिकृया दिएको छ । कतारमा ८ हजार अमेरिकी नागरिक सहित कैयन विदेशीहरु काम गर्दछन् । नाकाबन्दीले कतारको आर्थिक प्रगतिमा बाधा पुग्ने विश्लेषकहरुको भनाई छ । आतंकवादी र उग्रवादीलाई कतारले सहयोग जारी राखेसम्म नाकाबन्दी नहटाइने र कूटनैतिक सम्बन्ध पनि कायम नहुने ती ६ वटा राष्ट्रहरुल
नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल २-० गोलले पराजित भएको छ

नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल २-० गोलले पराजित भएको छ

Sports
नेपाल-भारत/फुटबल नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल २-० गोलले पराजित भएको छ । खेलको ५९ औँ मिनेटमा भारतले पहिलो गोल गरेको हो । ६७ औं मिनेटमा नेपालका कप्तान विराज महर्जन रातो कार्ड पाएर बाहिरिएका थिए । १० खेलाडीमा सिमित नेपाल विरुद्ध ७८ औं मिनेटमा भारतले दोस्रो गोल गरेर २–० गोल अन्तरले विजयी भएको हो । एसियन कपको तयारीमै रहेको भारतकै निमन्त्रणामा नेपाल भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो ।।
प्रथम प्रधानमन्त्री कप एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधीको लागी त्रिभुवन आर्मि क्लब र नेपाल पुलिस क्लब वीच फाइनल

प्रथम प्रधानमन्त्री कप एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधीको लागी त्रिभुवन आर्मि क्लब र नेपाल पुलिस क्लब वीच फाइनल

Sports
प्रम कप क्रिकेट प्रथम प्रधानमन्त्री कप एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधीको लागी त्रिभुवन आर्मि क्लब र नेपाल पुलिस क्लब वीच फाइनल खेल हुने भएको छ। किर्तिपुर स्थि त्रि वि क्रिकेट मैदानमा आज भएको दोस्रो समिफाइनलमा आर्मिले पश्चिमान्चललाइ ४ विकेटले हराउदै फाइनलमा प्रवेश गर्यो। जितको लागी २ सय ३६ रनको लक्ष आर्मिले ४८ ओभर २ बल खेली ६ विकेटको क्षतिमा भेट्टायो। आर्मिलाइ जित दिलाउन सागर पुनले सर्वाधिक ६५, प्लेयर अफ दि म्याच राजेश पुलामिले अविजित ५५ तथा अनिल कुमार मण्डलले ४८ रनको योगदान गरेका थिए। यस अघि टस हारी ब्याटिङ गरेको पश्चिमान्चलले सौरभ खनालको ८२ र कृष्ण कार्किको ७५ रनको मद्दतले निर्धारित ४९ ओभर खेली ९ विकेटको क्षतिमा २ सय ३५ रन बनाएको थियो। बलिङ तर्फ आर्मिको लागि सागर पुन, जितेन्द्र मुखिया र सोमपाल कामिले समान २ विकेट लिए। प्रतियोगिताको फाइन खेल पर्सि विहिवार हुने छ।। प्रथम प्रधानमन्
नेकपा एमालेका नेता माधव कुमार नेपालले चीनमा छोटो अवधिमा भएको आर्थिक र भौतिक उन्नतिबाट नेपाललाइ पनि लाभ पुग्ने बताउनु भएको छ ।

नेकपा एमालेका नेता माधव कुमार नेपालले चीनमा छोटो अवधिमा भएको आर्थिक र भौतिक उन्नतिबाट नेपाललाइ पनि लाभ पुग्ने बताउनु भएको छ ।

Business
चीन तिब्बत/कल्चर नेकपा एमालेका नेता माधव कुमार नेपालले चीनमा छोटो अवधिमा भएको आर्थिक र भौतिक उन्नतिबाट नेपाललाइ पनि लाभ पुग्ने बताउनु भएको छ ।चीन तिब्बत कल्चर फोरमको काठमाडौमा आयोजित भेलालाइ सम्बोधन गर्दै नेता नेपालले केरुङ नाकासम्म चीनले रेल्वे लाइन निर्माण गरेपछि द्वीपक्षीय सम्पर्क झन सहज हुने उल्लेख गर्नुभयो । अर्थमन्त्री एवं उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीति प्रतिवद्ध रहेको र चीनसंगको परम्परागत सम्बन्धलाइ अझ सुमधुर बनाउनु पर्ने बताउनु भयो । चीन तिब्बत कल्चर फोरमका उपमहानिर्देशक आन छिइले नेपाललाई आर्थिक, संस्कृतिक, भौतिक र शैक्षिक क्षेत्रमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । नेपालका लागि चीनका राजदूत यु होङले बौद्ध धर्मको उद्गम थलो नेपाल र चीनको तिब्बतबीचको व्यापारिक सम्बन्ध अझ विस्तार गर्न सकिने उल्लेख गर्नुभयो ।भोलिसम्म चल्ने सो भेलामा चीनको स्वशासि
दुर्घटना मृत्यु/धादिङ

दुर्घटना मृत्यु/धादिङ

District News
दुर्घटना मृत्यु/धादिङ धादिङको थाक्रे गाँउपालीकास्थित पृथ्वी राजमार्गको सिम्ले बजारमा भएको सवारी दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् । भैरहवाबाट काठमाण्डौतर्फ आउदै गरेको यात्रुवाहक माईक्रो बस अनियन्त्रीत भई पैदल यात्रीहरुलाई ठक्कर दिँदा उनिहरुको मृत्यु भएको हो । थाक्रे गाँउपालीका सिम्ले बजार निवासी अन्दाजी २५ बर्षीय गंगा थापा र सोहि ठाँउका बन्दना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक शरद कुमार खत्रीले जनाकारी दिनु भयो । घाईते एक जननलाई उपचारका लागी काठमाण्डौ पठाईएको उहाँले वताउनु भयो । दुर्घटनापछि आक्रोसीत स्थानीयहरुले माईक्रो बसमा आगजनी गरेका छन् ।।