Saturday, August 19

Tag: अमेरिका/उत्तर कोरिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा उत्तर कोरिया विरुद्ध आक्रमणको पूर्ण तयारी गरिएको चेतावनी ।।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा उत्तर कोरिया विरुद्ध आक्रमणको पूर्ण तयारी गरिएको चेतावनी ।।

World News
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया विरुद्ध सैनिक कारवाही गर्न आफ्नो देश पूर्ण तयार रहेको बताउनु भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले विवेकहीन निर्णय नगर्ने कुरामा आफू विश्वस्त रहेको पनि अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई छ । उत्तर कोरियाली सरकारले अमेरिकी हवाई सेनाको अखडा रहेको ग्वाम टापुमा आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकी राष्ट्रपतिले सो प्रतिक्रिया दिनुभएको हो । अमेरिकी राष्ट्रपतिले आफू अमेरिका र सम्बद्ध राष्ट्रहरुको सुरक्षाप्रति गम्भीर रहेको पनि बताउनुभएको छ । यसैबीच रसियाका विदेशमन्त्री सेर्गेइ लाभरोभले अमेरिकी र उत्तर कोरियाबीचको वाकयुद्धले रसियालाई चिन्तित पारेको बताउनुभएको छ । जर्मनीका चान्सलर एन्जेला मर्केलले पनि युद्ध कुनैपनि समस्याको समाधान नहुने विचार व्यक्त गर्नुभएको छ ।।
अमेरिका विरुद्ध उठाइएको नकारात्मक कदमले उत्तर कोरियालाई ठूलो नोक्सानी हुने अमेरिकी राष्ट्रपतिको चेतावनी ।।

अमेरिका विरुद्ध उठाइएको नकारात्मक कदमले उत्तर कोरियालाई ठूलो नोक्सानी हुने अमेरिकी राष्ट्रपतिको चेतावनी ।।

World News
अमेरिका/उत्तर कोरिया अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरीका विरुद्ध उठाईएको नकरात्मक कदमले उत्तर कोरीयालाई ठुलो नोक्सान हुने चेतावनी दिनुभएको छ । उहाँले अन्य केही राष्ट्रहरुले भोगेको समस्या नभोग्न आफ्नो निर्णय संयमताका साथ लिन उत्तर कोरीयालाई चेतावनी दिनुभयो । उत्तर कोरीयाले अमेरीकी क्षेत्र गुआम नजिकै ४ वटा क्षेप्यास्त्र प्रहार गर्ने तयारी गरि रहेको खबर प्रति प्रतिक्रिया दिदै सो कुरा बताउनुभएको हो । हालसम्मै उत्तर कोरीयाले लामो तथा मध्यम दुरीको क्षेप्यास्त्र परिक्षण गरेपछि अमेरीका र उत्तर कोरीयाबिचको तनाव उचाईमा पुगेको छ ।।
उत्तर कोरियालाई आफ्नो शासन अन्त्य हुने तथा जनताको नाश हुने कुनै पनि काम नगर्न अमेरिकाको चेतावनी ।।

उत्तर कोरियालाई आफ्नो शासन अन्त्य हुने तथा जनताको नाश हुने कुनै पनि काम नगर्न अमेरिकाको चेतावनी ।।

World News
अमेरिका/उत्तर कोरिया अमेरिकी रक्षामन्त्री जीम म्याटिसले उत्तर कोरीयालाई आफ्नो शासन अन्त्य हुने तथा जनताको नाश हुने कुनै पनि काम नगर्न चेतावनी दिनु भएको छ । पेन्टागनका प्रमुख रक्षा मन्त्री म्याटिसले अमेरीका र अमेरीकी गठबन्धन राष्ट्रसँग युद्ध गर्ने निहु खोज्नु मुर्खता हुने बताउनुभयो । राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरीयालाई थप दबाब दिए लगत्तै उत्तर कोरीयाले अमेरीकी बमबर्षक विमानको आधार शिविर रहेको गुआममा आक्रमण गर्ने चेतावनी दिएपछि सो अमेरीकी चेतावनी आएको हो । अमेरीकी तथा उत्तर कोरीयाबिच युद्धको चेतावनीयुक्त भनाई सार्वजनिक हुन थालेपछि त्रसित अमेरीकी नागरिकलाई अमेरीकी विदेशमन्त्री रेक्स टिलरसनले तत्कालै कुनै अनिष्ट दुर्घटनाको आशंका नगर्न आग्रह गर्नु भएको छ ।।