Saturday, August 19

Tag: इराक/मोसुल अपडेट

इराकको मोसुल शहरमा सरकारी सेनाको नियन्त्रणपछि पनि छिटपुट संघर्ष/ सर्वसाधारण अलपत्र ।

इराकको मोसुल शहरमा सरकारी सेनाको नियन्त्रणपछि पनि छिटपुट संघर्ष/ सर्वसाधारण अलपत्र ।

World News
इराक/मोसुल अपडेट इराकी सेनाले मोसुल शहरलाई इस्लामिक स्टेट विद्रोहीको नियन्त्रणबाट आफ्नो कब्जामा लिएको जनाए पनि फाटफुट संघर्ष जारी छ । अमेरिकाको सहयोग र समर्थन प्राप्त इराकी सेनाले मोसुलमा रहेका मुट्ठीभर विद्रोहीलाई परास्त गर्ने काम भइरहेको जनाइएको छ । राष्ट्र संघीय मानवीय सहयोग संस्थाका प्रतिनिधि लिसी ग्रान्डेले मोसुलमा सयौं मानिस अलपत्र परेको हुनसक्ने जनाएका छन् । अलपत्र परेका व्यक्तिमा महिला, बालबालिका र वृद्धवद्धा रहेको पनि उल्लेख छ । इराकका प्रधानमन्त्री हैदर अल् आवादीले भ्रमको जालो फिजाएर बसेको आतंकवादी शक्तिलाई इराकी सेनाले परास्त गरेको घोषणा गर्नुभएको छ । मोसुल शहर इस्लामिक स्टेटका विद्रोहीलहरुले विस्फोटक पदार्थ छाडेको हुनसक्ने भएकाले कानुनी व्यवस्था र शान्ति सुरक्षा कायम राख्न केही समय लाग्ने पनि प्रधानमन्त्री आवादीले बताउनु भएको छ ।।