Saturday, August 19

Tag: उत्तर कोरिया/अमेरिका तनाव

कोरियाली प्रायद्वीपमा तनाव बढाउन अमेरिका जिम्मेवार भएको उत्तर कोरियाको दावी/ उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम नरोक्ने ।।

कोरियाली प्रायद्वीपमा तनाव बढाउन अमेरिका जिम्मेवार भएको उत्तर कोरियाको दावी/ उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम नरोक्ने ।।

World News
उत्तर कोरिया/अमेरिका तनाव उत्तर कोरिया अमेरिका विरुद्ध आक्रोशित भएको छ । सर्वसम्मत रुपले राष्ट्रसंघले लगाएको नयाँ प्रतिबन्धको नेतृत्व र सहयोग गर्ने अमेरिकाले यसका लागि मूल्य चुकाउने उत्तर कोरियाले प्रतिकृया दिएको छ । राष्ट्रसंघीय नयाँ प्रतिबन्धले उत्तर कोरियाको सार्वभौमप्रति प्रहार गरेको उल्लेख गर्दै अमेरिकाको वार्ताको नयाँ प्रस्तावलाई उत्तर कोरियाले अस्वीकार गरेको छ । राष्ट्रसंघीय प्रतिबन्धको वास्ता नगर्ने र आफ्नो आणविक कार्यक्रम पनि नरोक्ने उत्तर कोरियाले प्रष्ट पारेको छ । हिजो मनिलामा पत्रकारहरूसँग उत्तर कोरियाली प्रवक्ता बाङ वाङ ह्युकले कोरियाली प्रायदीपको तनाव र उत्तर कोरियाको आणविक कार्यक्रमका लागि अमेरिका जिम्मेवार रहेको स्पष्ट पार्नुभयो ।।