Saturday, August 19

Tag: कमल थापा/पत्रकार

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

Politics
कमल थापा/पत्रकार राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपाले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको हो । उहाँले सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गरेको र राप्रपा विभाजनमा समेत परोक्ष भूमिका निर्वाह गरेको आरोप लगाउनुभयो । अध्यक्ष थापाले षडयन्त्रपूर्वक पार्टी विभाजन गर्ने केही व्यक्तिको प्रयास निन्दनीय र दुर्भाग्यपूर्ण रहेको पनि बताउनुभयो । उहाँले केहीको किर्ते हस्ताक्षर रहेको र केही केन्द्रीय सदस्यहरु पार्टीको मूल प्रवाहमा नै रहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिनुभयो ।।