Friday, June 23सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

Tag: पवन कुमार सारडा

मोरङ व्यापार संघमा सारडाको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन

Business
मुलुककै सबैभन्दा जेठो व्यापारिक संगठन मोरङ व्यापार संघको ३१ औं कार्यकारिणी समिति चयन गरिएको छ । मोरङ व्यापार संघ २००८ सालमा स्थापना भएको हो । विराटनगरमा सम्पन्न ६२ औं साधारण सभाले सांसद पवन कुमार सारडाको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको हो । पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पवन कुमार सारडाले राजनीतिक स्थिरता कायम नभए सम्म उद्योग व्यापार फष्टाउन नसक्ने भएकाले राजनीतिक दलहरुलाई सहमति र सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले आगामी बजेट उद्योगी व्यवसायी मैत्री आउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।।