Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

Tag: प्रचण्ड

जनकपुर/प्रधानमन्त्री कार्यक्रम

जनकपुर/प्रधानमन्त्री कार्यक्रम

National
जनकपुर/प्रधानमन्त्री कार्यक्रम प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनजाति, आदिवासीहरुको माग सम्वोधन गर्न फुटेर होइन जुटेर अगाडि बढ्ने बेला आएको बताउनु भएको छ । जनकपुरधाममा आयोजित जनकपुर टुडेको १८ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले मधेश आन्दोलनका मुद्दालाई सम्वोधन गर्न आफू लागिपरेको र मधेशमा गाउँपालिका र नगरपालिकाको संख्या बढाउने कार्यको टुंगो लगाउने बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र राप्रपा सहितका राजनैतिक दलहरुले दोश्रो चरण जेष्ठ ३१ गतेको चुनावमा भाग लिन भएको हुँदा पहिलो चरण भन्दा अत्यधिक मत खस्ने र ठूलो उत्सवको दृश्य देखिने बताउनुभयो । उहाँले आफू मधेशकै जननिर्वाचित सांसदको हैसियतले प्रधानमन्त्री बन्ने सौभाग्य पनि प्राप्त भएकोले मधेशका मु
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त २०३ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ८३ र नेपाली कांग्रेसले ६९ स्थानमा विजय प्राप्त गरेका छन ।  त्यसैगरी माओवादी केन्द्रले ३५ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ८८, नेपाली कांग्रेसले ५९, नेकपा माओवादी केन्द्रले ३७, राप्रपा ५ र राष्ट्रिय जनमोर्चाले २ स्थानमा विजय हासिल गरेका छन् । पछिल्लो नतिजा अनुसार नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक
व्यवस्थापिका संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय ।

व्यवस्थापिका संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय ।

National, Politics
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेकोबैठकले सो निर्णय गरेको हो । यसैगरी निर्वाचनको क्रममा मारिएका दुई जना व्यक्तिलाई शहीद घोषणा गरी उहाँहरुका परिवारलाइ १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका नवराज पाठक र दोलखा जुगुका कुलबहादुर तामाङलाई (more…)
एमाले ५७ र कांग्रेस ५१ स्थानमा विजयी ।

एमाले ५७ र कांग्रेस ५१ स्थानमा विजयी ।

ELECTION SPECIAL
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त १३३ स्थानको परिणाम अनुसार नेकपा एमाले ५७ र नेपाली कांग्रेस ५१ स्थानमा विजयी भएको छ । त्यसैगरी माओवादी केन्द्रले २२, राप्रपा र नयाँशक्ति पार्टी १-१ स्थान तथा २ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । हालसम्म प्राप्त पछिल्लो मत परिणाम अनुसार रामेछापको मन्थली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका रमेश बस्नेत बिजयी हुनुभएको छ । त्यसैगरी रामेछापकै लिखु गाउँपालिकाको अध्यक्षमा एमालेकै गोविन्द खड्का विजयी हुनुभएको छ । रामेछापको दोरम्बा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कमानसिंह तामाङ विजयी हुनुभएको छ । सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकामा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । गोरखाको अजिरकोटमा नेपाली कांग्रेसका फणिन्द्र धिताल र उपप्रमुखमा चन्द्रमाया गुरुङ विजयी हुनुभएको छ । यसैगरी गोरखाको सिरानचोक
निर्वाचन पर्यवेक्षण

निर्वाचन पर्यवेक्षण

ELECTION SPECIAL
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताउनुभएको छ । निर्वाचन पर्यवेक्षण सम्बन्धी संस्थाहरुले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले एक साताभित्रै सबै परिणाम घोषणा हुने जानकारी दिंदै कसैलाइ पनि नआत्तिन आग्रह गर्नुभयो । दोस्रो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्रीको व्यवस्थापन आयोगले गरिसकेको जानकारी पनि दिनुभयो । पूर्व प्रमुख निर्वाचन आयुक्त एवम् नियोकका अध्यक्ष सूर्यप्रसाद शर्मा, नागरिक समाजका अग्रज एवम् जियोकका अध्यक्ष हिमालयशमशेर राणा, नेपाल कानुन समाजका कार्यकारी निर्देशक एवम् जियोकका सदस्य सचिव कृष्णमान प्रधान र सङ्कल्प नेपालकी अध्यक्ष लिली थापाले निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदाता र राजनीतिक दलले सहयोग गरेपनि मतगणनाको व्यवस्था चुस्त हुन नसकेको बताउनुभयो ।।
कृषि क्रान्ती र जलशक्तीको उपयोग देशलाई समृद्ध बनाइने काँग्रेश नेता पौंडेलको भनाइ

कृषि क्रान्ती र जलशक्तीको उपयोग देशलाई समृद्ध बनाइने काँग्रेश नेता पौंडेलको भनाइ

National
नेपाली काँगेसका बरिष्ठ नेता राम चन्द्र पौडेलले देशमा अब कृषि क्रान्ती गरेर पर्यटनको बिस्तार र जलशक्तीको उपयोग गरेर नेपाल लाई समृद्ध बनाउनु पर्ने बताउनु भएको छ । कास्कीको पोखरालेखनाथ महानगरपालिका आयोजित आम सभा लाई सम्बोधन गर्दै नेता पौडेलले देशमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्यौल भई रहेका बेला अब तराई मधेशका दल हरुपनि निर्वाचनमा सरिक हुने प्रतिबद्धता जनाई सकेको हुँदा अबको निर्वाचनमा सबैले शान्तीपूर्ण तरिकाले सहभागीता जनाउने बताउनुभयो ।
निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने दलहरुको प्रतिवद्धता

निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने दलहरुको प्रतिवद्धता

ELECTION SPECIAL, Politics
प्रमुख दलका शीर्ष नेताहरुले निर्वाचन आचारसहिताको अक्षरश पालनाको प्रतिवद्धता ब्यक्त गरेका छन् । नेपाली कांग्रेस नेकपा एमाले  माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका प्रमुख दलहरुले निर्वाचन आयोगले तयार पारेको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरी निर्वाचन आचार सहिता पालनाको प्रतिवद्धता ब्यक्त गरेका हुन । पहिलो चारणको निर्वाचनका लागि आयोगले गरेको तयारी र पछिल्ला घटनाक्रमको बारेमा दलहरुलाइ जानाकारी दिन आयोगले आज प्रमुख दलहरुलाइ छलफलको लागि आयोगको कार्यालय कान्तिपथ बोलाएको थियो । सोही बखत प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले निर्वाचन आचार सहिताको पालनामा दलहरुलाइ प्रतिवद्ध भएर लाग्न आग्रह गदै निर्वाचन तयारीको सम्वन्धमा जानकारी गराउनु भएको थियो । छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ नयाँ शक्ति नेपालका संयोजक बाबुराम भटराइले सरकारकामा रहद