Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

Tag: प्रधानमन्त्री

दोस्रो चरणको निर्वाचनमा सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको प्रधानमन्त्रीको भनाइ ।

दोस्रो चरणको निर्वाचनमा सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको प्रधानमन्त्रीको भनाइ ।

National
सबैको सहभागितामा निर्वाचन शान्तिपूर्ण सम्पन्न हुने विश्वास व्यक्त । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो चरणको निर्वाचनलाइ शान्त र स्वच्छ रुपमा सम्पन्न गर्न सरकारले आवश्यक तयारीसँगै सम्पूर्ण ध्यान केन्द्रित गरेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको १७ औं वार्षिक उत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । पहिलो चरणको निर्वाचनबाट संविधानको कार्यान्वयनसँगै लोकतन्त्रको सुदृढिकरणमा महत्वपूर्ण योगदान पुगेको विश्वास समेत प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभयो । पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनमा पनि मानव अधिकार आयोगको निरन्तर अनुगमन र पर्यवेक्षण आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको बताउँदै मानव अधिकार आयोगलाइ सक्षम र साधनस्रोत सम्पन्न त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डद्बारा राजीनामा।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डद्बारा राजीनामा।

Breaking News, National, Politics
प्रधानमन्त्री/सम्बोधन-राजीनामा प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा हिजो देशबासीका नाममा विशेष सम्बोधन गर्दै राजिनामाको घोषणा गर्नुभएको हो । राजनीतिको सबैभन्दा ठूलो समस्या इमानको कमी र उपयोगको संस्कृति भएको भन्दै प्रधानमन्त्रीले दलहरु र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रै पटक च्यातिएका उदाहरण उल्लेख गर्दै सत्ता साझेदारीका हकमा अहिलेसम्म कुनै पनि समझदारी पालना नभएको बताउनुभयो । आफूले नेपाली राजनीतिमा रहेको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै आफू अगाडि बढ्ने सम्बोधनका क्रममा बताउनुभयो । उहाँले आफ्नो कार्यकालको १० महिनाको छोटो अबधिमा सम्बिधान कार्यान्वयनमा देश धेरै अगाडि बढेको उल्लेख गर्दै शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्‍याउन सरकारले उल्ल
जनकपुर/प्रधानमन्त्री कार्यक्रम

जनकपुर/प्रधानमन्त्री कार्यक्रम

National
जनकपुर/प्रधानमन्त्री कार्यक्रम प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनजाति, आदिवासीहरुको माग सम्वोधन गर्न फुटेर होइन जुटेर अगाडि बढ्ने बेला आएको बताउनु भएको छ । जनकपुरधाममा आयोजित जनकपुर टुडेको १८ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले मधेश आन्दोलनका मुद्दालाई सम्वोधन गर्न आफू लागिपरेको र मधेशमा गाउँपालिका र नगरपालिकाको संख्या बढाउने कार्यको टुंगो लगाउने बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र राप्रपा सहितका राजनैतिक दलहरुले दोश्रो चरण जेष्ठ ३१ गतेको चुनावमा भाग लिन भएको हुँदा पहिलो चरण भन्दा अत्यधिक मत खस्ने र ठूलो उत्सवको दृश्य देखिने बताउनुभयो । उहाँले आफू मधेशकै जननिर्वाचित सांसदको हैसियतले प्रधानमन्त्री बन्ने सौभाग्य पनि प्राप्त भएकोले मधेशका मु
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त २०३ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ८३ र नेपाली कांग्रेसले ६९ स्थानमा विजय प्राप्त गरेका छन ।  त्यसैगरी माओवादी केन्द्रले ३५ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ८८, नेपाली कांग्रेसले ५९, नेकपा माओवादी केन्द्रले ३७, राप्रपा ५ र राष्ट्रिय जनमोर्चाले २ स्थानमा विजय हासिल गरेका छन् । पछिल्लो नतिजा अनुसार नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त १७५ स्थानको परिणाम अनुसार नेकपा एमाले ७४ र नेपाली कांग्रेस ६६ स्थानमा विजय भएको छ । त्यसैगरी माओवादी केन्द्रले ३१, राप्रपा र नयाँशक्ति पार्टी १-१ स्थान तथा २ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ७६, नेपाली कांग्रेसले ४५, नेकपा माओवादी केन्द्रले ३२, राप्रपा ४ र २ स्थानमा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरेका छन् । नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका र शिद्धलेक गाउँपालिकामा जित हासिल गरेको छ । त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एमालेले जित हासिल गरेको छ । यसैगरी स्याङजाको गल्याङ नगरपालिका, आँधीखोला गाउँपालिका, कालिगण्डकी गाउँपालिका, फेदिखोला गाउँपालिका, विरुवा गाउँ
व्यवस्थापिका संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय ।

व्यवस्थापिका संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय ।

National, Politics
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेकोबैठकले सो निर्णय गरेको हो । यसैगरी निर्वाचनको क्रममा मारिएका दुई जना व्यक्तिलाई शहीद घोषणा गरी उहाँहरुका परिवारलाइ १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका नवराज पाठक र दोलखा जुगुका कुलबहादुर तामाङलाई (more…)
एमाले ५७ र कांग्रेस ५१ स्थानमा विजयी ।

एमाले ५७ र कांग्रेस ५१ स्थानमा विजयी ।

ELECTION SPECIAL
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त १३३ स्थानको परिणाम अनुसार नेकपा एमाले ५७ र नेपाली कांग्रेस ५१ स्थानमा विजयी भएको छ । त्यसैगरी माओवादी केन्द्रले २२, राप्रपा र नयाँशक्ति पार्टी १-१ स्थान तथा २ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । हालसम्म प्राप्त पछिल्लो मत परिणाम अनुसार रामेछापको मन्थली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका रमेश बस्नेत बिजयी हुनुभएको छ । त्यसैगरी रामेछापकै लिखु गाउँपालिकाको अध्यक्षमा एमालेकै गोविन्द खड्का विजयी हुनुभएको छ । रामेछापको दोरम्बा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कमानसिंह तामाङ विजयी हुनुभएको छ । सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकामा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । गोरखाको अजिरकोटमा नेपाली कांग्रेसका फणिन्द्र धिताल र उपप्रमुखमा चन्द्रमाया गुरुङ विजयी हुनुभएको छ । यसैगरी गोरखाको सिरानचोक
निर्वाचन पर्यवेक्षण

निर्वाचन पर्यवेक्षण

ELECTION SPECIAL
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरणको स्थानीय तहको निर्वाचनको सबै परिणाम एक साताभित्र सार्वजनिक भइसक्ने बताउनुभएको छ । निर्वाचन पर्यवेक्षण सम्बन्धी संस्थाहरुले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले एक साताभित्रै सबै परिणाम घोषणा हुने जानकारी दिंदै कसैलाइ पनि नआत्तिन आग्रह गर्नुभयो । दोस्रो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामग्रीको व्यवस्थापन आयोगले गरिसकेको जानकारी पनि दिनुभयो । पूर्व प्रमुख निर्वाचन आयुक्त एवम् नियोकका अध्यक्ष सूर्यप्रसाद शर्मा, नागरिक समाजका अग्रज एवम् जियोकका अध्यक्ष हिमालयशमशेर राणा, नेपाल कानुन समाजका कार्यकारी निर्देशक एवम् जियोकका सदस्य सचिव कृष्णमान प्रधान र सङ्कल्प नेपालकी अध्यक्ष लिली थापाले निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदाता र राजनीतिक दलले सहयोग गरेपनि मतगणनाको व्यवस्था चुस्त हुन नसकेको बताउनुभयो ।।
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त ११७ स्थानको परिणाम अनुसार नेकपा एमाले ४७ र नेपाली कांग्रेस ४२ स्थानमा विजयी भएको छ । त्यसैगरी माओवादी केन्द्रले २०, राप्रपा र नयाँशक्ति पार्टी र जनमोर्चा १-१ स्थान तथा २ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसले ६४ स्थानमा, नेकपा एमालेले ६९ स्थानमा र माओवादीले २८ स्थानमा अग्रता कायम गरेको छ । हालसम्म प्राप्त परिणाम अनुसार सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकामा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । गोरखाको अजिरकोटमा नेपाली कांग्रेसका फणिन्द्र धिताल र उपप्रमुखमा चन्द्रमाया गुरुङ विजयी हुनुभएको छ । यसैगरी गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु गुरुङ विजयी हुनुभएको छ । सोही गाउँपालिकाकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै रीता देवकोटा विजयी हुनुभएको छ
निर्वाचनमा दलहरुको उत्साहजनक सहभागीताप्रति राष्ट्रपति खुशी

निर्वाचनमा दलहरुको उत्साहजनक सहभागीताप्रति राष्ट्रपति खुशी

ELECTION SPECIAL, National
राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरुको सहभागिता उत्साहजनक देखिएकामा खुसी व्यक्त गर्नुभएको छ । प्रमुख दलका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा उहाँले निर्वाचन सम्पन्न गर्न दलहरुबीच देखिएको उच्च समझदारीले संविधानमा उल्लिखित तीन तहका निर्वाचन निर्धारित मितिमा हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले भोलिदेखि हुन लागेको आफ्नो श्रीलङ्का भ्रमणका बारेमा दलका शीर्ष नेतालाई जानकारी गराउनुभएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । दलका नेताहरुले भ्रमणको सफलताको लागि राष्ट्रपति भण्डारीलाइ शुभकामना दिनुभएको थियो । सो भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो । यसैगरी नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष ए