Saturday, August 19

Tag: प्रम-विमस्टेक-उद्घाटन

विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठक काठमाडौमा सुरु /दक्षिण र दक्षिणपूर्वी एशियाको मुख्य समस्या गरिवीसँग लड्न सामूहिक प्रयासमा प्रधानमन्त्रीको जोड ।

विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठक काठमाडौमा सुरु /दक्षिण र दक्षिणपूर्वी एशियाको मुख्य समस्या गरिवीसँग लड्न सामूहिक प्रयासमा प्रधानमन्त्रीको जोड ।

National
प्रम/विमस्टेक उद्घाटन बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक सदस्य राष्ट्रका मन्त्रीस्तरीय बैठक काठमाडौमा शुरु भएको छ । बैठकको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले यस क्षेत्रकै साझा र प्रमुख चुनौतीको रुपमा रहेको गरिवी निवारणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभयो । प्राकृतिक विविधता, स्रोत र साधनको प्रचुर सम्भावना रहेको बिमस्टेक क्षेत्रका राष्ट्रहरुले आफ्ना विविधताहरुको सामुहिक प्रयोगबाटै क्षेत्रीय विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । व्यापार, लगानी, भ्रष्टाचार निवारण र सूचना प्रविधिको प्रयोगबाटै आर्थिक विकास र त्यसबाटै क्षेत्रीय शान्ती सम्भव हुने बताउनुभयो । कार्यक्रममा आमन्त्रीत सदस्य मुलुकका परराष्ट्र मन्त्रीहरुलाई स्वागत गर्नुहुदै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले यातायात सञ्जाल र उर्जाक