Monday, June 26सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

Tag: बर्दिया

मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त २०३ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ८३ र नेपाली कांग्रेसले ६९ स्थानमा विजय प्राप्त गरेका छन ।  त्यसैगरी माओवादी केन्द्रले ३५ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ८८, नेपाली कांग्रेसले ५९, नेकपा माओवादी केन्द्रले ३७, राप्रपा ५ र राष्ट्रिय जनमोर्चाले २ स्थानमा विजय हासिल गरेका छन् । पछिल्लो नतिजा अनुसार नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक
बर्दियाको गुलरियामा हावाहुरी र असिना पानीबाट जनजीवन प्रभावित ll

बर्दियाको गुलरियामा हावाहुरी र असिना पानीबाट जनजीवन प्रभावित ll

District News, National
बर्दिया जिल्लाका विभिन्न स्थानमा आज आएको हावाहुरी र असिनापानीले जनजीवन नराम्ररी प्रभावित भएको छ । हावा हुरी र असिनापानीले गुलरियाको ९ र १० नम्बर वडाको खालेपुरुवा, कालाबञ्जर, रत्नापुर र टेपरी गाउँका करिव ५० परिवार नराम्ररी प्रभावित भएका छन् । हावाहुरीले घरको छानो उडाएपछि स्थानीय अन्यत्रै आश्रय लिन बाध्य छन् ।  हावाहुरीले रुख ढाल्दा ४० बढी विजुलीका पोल समेत लडेका छन् । विद्युत सेवा अवरुद्ध भएको छ । हावा हुरीकाकारण करिव ५० लाख बराबरको क्षतिभएको विद्युतप्राधिकरण गुलरिया शाखाले जनाएको छ । हावा हुरीले घरमा लगाएको जस्तापाता उडाउनुका साथै घरहरु भत्किदा केही ब्यक्तिहरु घाईते समेत भएका छन् । क्षतिको विवरण संकलन गरेर प्रकोप ब्यवस्थापन समितिको निर्णयअनुसार राहतउपलब्ध गराउने प्रमुखजिल्लाअधिकारी विष्णुबहादुर थापाले बताउनुभयो ।।